बन्द गर्नुपर्ने कुराहरु असाध्यै धेरै छन् नेपालमा । तर सम्पुर्ण बन्द गर्नुपर्ने कुरा बिर्सिएर सबै नेपालबन्द, जिल्लाबन्द र स्थानबन्द गर्न मै सबै दत्तचित्त भएर लागेका छन् । यो फोटो एकछिन हेर्नुहोस् त ।

जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label नोट अफ डिसेन्ट. Show all posts
Showing posts with label नोट अफ डिसेन्ट. Show all posts
प्रमोसन गरिनस् भनेर मेरो गीत अर्कैको नाममा राखियो
Posted by
-दिपध्वनी-
on Sunday, January 15, 2012
-शिव पँलास, गीतकार-
गीत मानविय संवेदना र अनुभुतिको कोमल र लयात्मक प्रस्तुति हो । जीवनलाई निकै नजिकबाट चियाउँन सक्ने भएकाले मैले सानैदेखि गीत लेख्न सुरु गरेको हुँ । मेरा एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । शिशिर योगीको स्वर तथा बीबी अनुरागीको संगीतमा रेकर्ड भएको माया गर्नुको अर्थ सिउँदो भर्नु होइन ले चार बर्ष अगाडी नै मलाई गीतकारका रुपमा चिनायो । यसबाहेक आधुनिक गीती एल्बम सप्तक, तिमी, निष्पट्ट र आउँदै गरेको खेम गुरुङको एल्बममा पनि मेरा केही गीतहरु समावेश गरिएका छन् ।
यसले अरु गीतकारहरुलाई झै मलाई पनि परिचय दिएको छ । भाइब्स् क्रियसनले बजारमा ल्याएको सन्तोष कोन्मेको पहिलो एल्बम मृत्युपछि ले भने मलाई पीडा दियो । यस एल्बममा कोमल हातमा र सुटुक्क मन गरी मेरा दुई गीतहरु छन् । विडम्बना, कोमल हातमा गीतको अडियोमा गीतकार शिव पँलास र भिडियोमा गीतकार भनेर गायक स्वयमको नाम उल्लेख गरिएको छ ।

झागाँझोली दुर्घटना मेरा पतिले गराएको होइन
Posted by
-दिपध्वनी-
on Thursday, December 15, 2011
देवुकुमारी आले थापा (मृतक चालककी श्रीमती)
गत असोज २६ गते सिन्धुली जिल्लाको झाँगाझोली गाविसको गैरीपुछार भन्ने ठाउँमा बस दुर्घटना भई चालकसमेत ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाको छानविन गर्न नेपाल सरकारले गठन गरेको आयोगको प्रतिवेदन बाहिर आएको छ ।
त्यस आधारमा हामी पीडीत पक्षले थाहा पायौं, आयोगको प्रतिवेदनमा चालक र यात्रुबीच झगडा भएको, चालक माथि कुटपिट भएको, कुटाई पछि परिवारलाई म अब फर्किन्न भनेर चालकले फोन गरेको, आत्मघात गर्ने उद्देष्यले उनले गाडी अनियन्त्रित किसिमबाट चलाएको भन्ने उल्लेख रहेछ ।
आयोगले सत्यतथ्य बुझेर मात्र गर्नुपर्नेमा पीडीतको परिवारलाई झनै पीडित र मर्माहत बनाउँने किसिमले प्रतिवेदन तयार गर्नु दुखद छ । दुर्घटना हुनु अघि चालक र श्रीमतीबीच कुराकानी भएकै छैन । सहचालक, नजिक सिटमा बस्ने जिवित घाइतेहरुसँग बुझ्दा पनि सत्यतथ्य थाहा पाउँन सकिन्छ ।

म यसकारण जान्न क्रिकेट हेर्न मैदानमा
Posted by
पानीफोटो
on Wednesday, December 7, 2011
-सलोनी बिष्ट-
क्रिकेट मलाई मन पर्छ । परिवारमा मेरो क्रिकेट प्रेमलाई अनौठो मान्दछन् । डेडीले समाचार हेर्न रिमोट मागिरहदा होस् या ममीले स्टारप्लस या सोनीका सिरियलहरु हेर्ने भन्दै च्यानल चेञ्ज गर्न कराईरहेका बेला, म क्रिकेट हेरिरहेकी हुन्छु । धेरैले भनेको सुन्छु, केटी मान्छे भएर के सारो क्रिकेट भनेर मरिहत्ते गरेकी ? तर मलाई यस्ता कुराले छुँदै छुदैन । म कसैको कुरा नसुनी क्रिकेट हेर्छु । अरु विस्तारै मेरो जिद्दीपनासँग आदी बन्दैछन्, म क्रिकेट प्रति थप क्रेजी बन्दैछु ।
क्रिकेटमा यति विघ्न क्रेजी भएपनि मैले क्रिकेट खेलिरहेको मैदानमा नै गएर भने कहिले पनि क्रिकेट हेरेको थिइन । टिभीको लाइभ हेर्दा प्रत्येक बलमा चिच्याईरहेका दर्शकले मलाई तान्ने गथ्र्यो । टिभीमा क्यामेराले देखाए भन्दा अरु तिर पनि आफ्नै आँखाले हेर्न लोभ मनमा रहिरहन्थ्यो । यो सबै कुराको अनुभव गर्ने मौका मिल्यो यसपालीको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा ।
विभिन्न कारणले अगाडीका खेलहरु टिभीमा नै हेर्न बाध्य भएँ । तर सबै कुरालाई पन्छाउँदै पहिलो पटक मैदानमा पुगेँ नेपाल र कुवेतको खेल हेर्न । तर त्यसबेला मेरो सबै रहरहरु खल्लो भए जब म मैदानमा पुगेँ अनि देखेँ आफ्नै आँखाले क्यामेराले नदेखाएको मैदानको कालो पक्ष । त्यही बेला सोचेँ अब म फेरि कहिले पनि क्रिकेट हेर्न भनेर जान्न क्रिकेट मैदानमा । म अब पुनः क्रिकेट हेर्न मैदानमा नजानुको कारण यस्ता छन्

नेपाल स्काउटमा गणतन्त्र आएन
Posted by
पानीफोटो
on Thursday, November 24, 2011
-राम प्रसाद भट्टराई, कपन-
एउटा आम मानिसले स्काउटलाई कसरी बुझेको छ ? यो प्रश्नको जवाफमा अधिकांश मानिसले स्काउटलाई पशुपतिमा वा अन्य स्थानमा लाग्ने मेलामा लाईन मिलाईरहेका स–साना बच्चाहरु भनेर बुझिरहेका छन् । तर के यति मात्र हो त स्काउटिङ ? पक्कै पनि होईन । यो सबै त नेपाल स्काउटको समयानुकुल परिर्वतन नहुनुको परिणाम हो । सन् १९०७ मा बेलायत बाट शुरु भएको स्काउट हाल विश्वको १७० भन्दा बढी मुलुकहरुमा स्वयम्सेवी संस्थाको रुपमा अनौपचारिक शिक्षा प्रदान गर्दै अघि बढिरहेको छ । तर दुर्भाग्य नेपाल स्काउटलाई भने कसैले शिक्षित गर्न सकेन । यसैले उही पुरातनवादी सोच र उही श्रीपेचको चाकरीवादले यसलाई अहिलेसम्म छोडेन ।

१६९ रुपैयाँ ५० पैसाले फरक पारेको राज्यको संवेदनशिलता
Posted by
दिपध्वनी
on Friday, October 14, 2011
बनेपा-सिन्धुली-बर्दिबास सडक-खण्डमा बिहीबार ४१ यात्रुको ज्यान जाने गरी बस दुर्घटना भयो । तर यो सो क्षेत्रमा भएको पहिलो सडक दुर्घटना भने होइन । यसअघि पनि सोही स्थानमा दुईपटक यात्रुबस दुर्घटना भएको थियो । २०६७ साल बैशाख १ गते सोही ठाउँमा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका थिए । त्यस्तै यसैबर्षको बैशाख २० गते भएको दुर्घटनामा १२ जनाको मृत्यु र १२ भन्दा बढी घाइते भएका थिए ।
यी घटनाहरुसँगै साना सवारी पनि मुस्किलले पार हुने पहाडका डरलाग्दा कच्ची सडकमा सरकारी अनुमति नपाउँदै व्यवसायीले बलजफ्ती गाडी कुदाउँदा दुर्घटना भएको तथ्य बाहिर आएको छ । यस्तो हुँदासम्म पनि सरकार भने 'ठूला सवारी नचलाउनू', सडक 'निर्माणकै क्रममा रहेको', 'निर्माण सघाउनलाई मात्रै ट्र्याक खोलिएकाले ठूला यात्रुवाहक बस कुदाउनु जोखिमपूर्ण भएको' 'कुनै पनि किसिमका गाडीलाई सवारी अनुमति नदिएको' जस्ता सूचना दिई सकिएको भनेर टक्टकिने काम गर्दैछ । एउटै देशका नागरिकहरु विमानमा र सडक दुर्घटनामा मृत्यु हुँदा देखाउँने संवेदनशिलतामा फरक छ सरकारको । के हवाईजहाजमा उड्नेले राज्यलाई आन्तरीक उडानमा कर बापत रु १६९.५० बुझाएकै कारण चासो र सडकमा गुड्नेले कर नबुझाएकै कारण वेवास्ता भएको हो ?

पत्रकार भनिने कै मुखमा बुझो लाईदिए पछि बोल्ने कसले ? लेख्ने कसले ?
Posted by
दिपध्वनी
on Monday, October 3, 2011
केही समय अघि मात्र नागरिक दैनिकमा 'समाचारको व्यापार' भन्ने शिर्षकमा 'दी हिन्दु' का ग्रामीण मामिलासम्बन्धी सम्पादकको एउटा कार्यक्रमको अभिव्यक्ति प्रकाशित गरेको थियो । जुन लेखले भारतको पीतपत्रकारिता झर्लगं पारेको थियो । हरेक कुरामा भारतिय हावा लाग्ने नेपाली संस्कृतिमा पत्रकारिता कसरी अछुतो रहन्थ्यो र ? पतित राजनीतिसँगै पत्रकारिता पनि पतित भएको उदाहरण यसैपालीको दशैंमा सार्वजनिक भयो । जरुरी काम भन्दै पत्रकारलाई सरकारी कार्यालयमा बोलाएर स्वास्थ्य तथा जनसँख्या मन्त्री राजेन्द्र महतोले ५ देखि ८ हजारका दरले पत्रकारलाई दशैँ भेटी दिएछन् । पहिलेका बर्ष हल्ला आउँथे । हल्लाले कारबाही गर्न सकिदैन रे, मानियो । यसपाली प्रमाण सहित कुरा सार्वजनिक भएको छ । तर कारबाही गर्नुको साटो कर्तुतलाई सामान्यकरण गरिदैछ, किन ?
देश कहाँ छ, हामी कता जाँदै छौं !
Posted by
-दिपध्वनी-
on Monday, July 18, 2011
-गायत्री भट्ट-
पाल्पाको गल्धामा झाडापखालाजस्तो सामान्य र समयमा नै औषधी पाए निको हुने रोगले ३० बर्षीय नरमती रुचालको मृत्यु भएको समाचार सञ्चारमन्त्रालयमा आइरहदा प्रधानमन्त्री झलनाथ खनाल भने सगरमाथा चढ्ने कर्मचारीलाई २ लाख रुपैयाका दरले पुरस्कार बाड्दै थिए । १ सय रुपैयाको औषधी पाएको भए नरमतीले ज्यान गुमाउँनु पर्ने थिएन । न उनका नाबालक राधा र पुष्पा टुहुरो हुनुपथ्र्यो । मुलुकका स्वास्थ्यकर्मीहरु गाउँमा बस्दैनन् । जिल्ला सदरमुकाममा खटिएका डक्टरदेखि गाविसमा काम गर्न नियुक्ति लिएका अहेव समेत सम्बन्धित गाउँ पुग्दैनन् । अनि एक्काईसौं शताब्दि भनेर फलाकिने समयमा पनि बेलैमा झाडापखाला जस्तो सामान्य रोगको उपचार नपाएर सर्वसाधारणको मृत्यु भइरहेको खबर आइरहेका छन् । दुई साता अघिमात्र झोलुंगे पुल नभएको कारण तुईन अड्याउँने खाँबो भाच्चिए पछि त्रिशुली नदिमा खसेर गोरखाबाट धादिङ पुग्न तुइन चढेकाको ज्यान गयो । त्यहाँ पनि समयमा नै पुल बनाइदिएको भए कोही टुहुरो बन्नु पर्ने थिएन ।

सुडान प्रकरणले मेटिन सक्छ गृहकै अस्तित्व
Posted by
पानीफोटो
on Tuesday, July 12, 2011
-उत्तम पुडासैनी-
सुडान घोटालमा सम्लग्न रहेको आरोपमा विशेष अदालतले डिएसपी दिनेश केसीलाई ३५ लाख धरौटी बुझाउँन आदेश दियो । धरौटी बुझाउँन नसकेपछि अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको छ । सुडान घोटालामा मुछिएका र उन्मुक्ति पाएकाहरुको तुलनामा उनी कनिष्ट प्रहरीमा पर्दछन् । भ्रष्टाचारको दुनियाँमा एउटा इतिहास निर्माण गर्ने प्रकृतिको सुडान घोटालामा जिम्मेवार प्रहरी अधिकारीहरुले आफु अन्यायमा परेको बताइरहदा ३४ मध्ये २५ प्रहरी अधिकारीहरुले अहिलेसम्म म्याद बुझिसकेका छैनन् । नेपालमा भ्रष्टाचारविरुद्ध जनमत तयार भइरहदा सुडान घोटालामा सम्लग्न जोकोहीप्रति कारवाहीको प्रक्रिया अघि बढाउँन अख्तियारले देखाएको उदासिनताले भने नेपालबाट भ्रष्टाचारको जरो उखेलिन सक्ने सम्भावनामा भने प्रशस्तै शंका उब्जाएको छ ।

अख्तियार किन नघेर्ने ?
Posted by
पानीफोटो
on Wednesday, June 8, 2011
मुम्बई रितिक रोशनले नेपालका बारेमा जथाभावी बोल्यो भनेर आन्दोलन भयो, दुई जनाको अकारणमा मृत्यु । इराकमा नेपालीहरुको भयानक हत्या भयो, बिरोधमा करोडौंको क्षति गराइयो । एउटा हिन्दी फिल्ममा गौतम बुद्ध भारतमा जन्मिएको भन्यो, देशव्यापी बिरोध भयो । दिल्लीमा रामदेवमाथि लाठीचार्ज, नेपालमा जुलुस । संविधान समयमा बनेन भनेर अनेकौं जुलुस, बन्द, बिरोध गरिए, सबैले भने 'हामी सचेत नेपाली ।' 'हामी हाम्रो राष्ट्र र राष्ट्रीयताप्रति सजग छौ ।' 'देश र जनताको मुल्य हामीलाई थाहा छ ।'
तर खोइ अहिले त्यो सजगता । अनुशासन र कानुन बिना के राष्ट्रीयता चोखो रहन सक्छ । ६० करोडको कारोबारमा ३४ करोड घोटाला भएको हाम्रै अगाडी देखिएको छ । हामीले मानेको अख्तियार लाचार भएर राजनैतिक दबाबमा लम्पसार परेको छ । हामी किन अख्तियारलाई खबरदारी गर्न सक्दैनौं ? किन प्राण भर्न सक्दैनौं ? जसले झुकाएको छ, त्यसलाई झुकाउँन किन एकजुट हुन सक्दैनौं ? जानाजान बेकम्मा सामान भिडाएर युद्धक्षेत्रमा नेपालका सन्तानलाई मर्न पठाउँदा किन हेरिमात्र रहेका छौ ? टाउकेलाई उन्मुक्ति दिने र सानालाई मात्र कानुन लगाउँने अख्तियार अब किन नघेर्ने ?
| फोटो :माइसंसार |
बन्द नै गर्ने भए यो बन्द गर
Posted by
पानीफोटो
on Friday, May 27, 2011
बन्द गर्नुपर्ने कुराहरु असाध्यै धेरै छन् नेपालमा । तर सम्पुर्ण बन्द गर्नुपर्ने कुरा बिर्सिएर सबै नेपालबन्द, जिल्लाबन्द र स्थानबन्द गर्न मै सबै दत्तचित्त भएर लागेका छन् । यो फोटो एकछिन हेर्नुहोस् त ।
कतिबेर हेर्नसक्नु भयो ?
"भोली बन्द हो ?" "होइन, होइन काँ हुनु !"
Posted by
दिपध्वनी
on Monday, May 23, 2011
हरेक दिन बेलुका भोली बन्द हुने हल्ला सुन्न थालेको धेरै भइसक्यो ।' भोली बन्द अरे नि ।' धेरैको मुखबाट यस्तै सुन्छु । दिक्क लाग्छ । किन बन्द गरेको ? कसले बन्द गरेको ? कसैलाई जान्नु छैन । खाली बन्द रे भनेको सुनेको भरमा भोली पल्ट बन्द हुन्छ । बन्दका सास्तीहरु सुनाइरहनु नपर्ला । नभोगेका र नदेखेका त हामी यो नेपाली भाषा पढ्न सक्ने मध्ये पक्कै पनि कोही नै छैनौं । तर पनि बन्द हुन्छ । भर्खरैको सुनसरीको बन्दले त नयाँ उदाहरण नै कायम गरेको छ । गाडीबाट फालिएका केहि बन्दको पर्चाको कारण दिनभर सुनसरीका ठुला शहर बन्द भए । सडकमा न बन्द गर्ने कोही छ, न कुनै जुलुस वा माइकिङ नै भयो । तर पनि धुमधाम बन्द भयो । आखिर कहिलेसम्म यस्तो हुने ? यो बन्द गर्ने जति दोषी छन् हामी पनि कम दोषी पक्कै छैनौं । यसैले अबबाट यो दोषको भागिदार नबनौं । आउँनुहोस् बन्दलाई बन्द गर्न अब यसो गरौं ।
तिमीहरु संविधान नबनाउँ, हामी यसो गर्छौ
Posted by
पानीफोटो
on Sunday, May 15, 2011
ठुलो बलिदान पछि प्राप्त भएको हो संविधानसभा । धेरैको रगत बगेको मात्र होइन, धेरैका सपना र भविष्य पनि जोडिएका छन् संविधानसभासँग । लहडका भरमा संविधानसभाको म्याद थप्दिन भन्न कहाँ पाईन्छ र ? संविधानसभाको म्याद नथपे विकल्प के ? नयाँ जनादेशमा जाने ? नयाँ जनादेशबाट आएका दलहरु चै आकाशबाट झरेका हुन्छन् र ? ति पनि यीनै दलहरु हुन्छन् । त्यसैले देशलाई शुन्यतामा राखेर कुनै पनि बहानामा म्याद नथप्ने कुरा गर्नु भनेको दलाल मानसिकताको उपज भन्दा केहि होइन । म्याद थप्दिन भन्ने धेरैको बहाना जे भएपनि वास्तविकता ओपन सेक्रेट नै छ । माधवकुमार नेपालले त प्रधानमन्त्री भएका बेला मन खोलेर संविधानसभा प्रति तितो पोखेका थिए (भिडियोमा हेर्न भित्र आउँनुहोस्) । यसैले विकल्प रहित संविधानसभाको म्याद नथप्ने कुरा हुनै सक्दैन । आलटाल गरेर समयखेर फाल्नु चै बदमासी हो । आउँनुहोस् यही जेठमा संविधान आउँछ भनेर सपना देखाउँने र सिन्को भाच्न पनि साइत हेर्ने सबैलाई गाली गरौं । मनमा जति तितो छ, यहाँ सभ्य भाषामा पोख्नुहोस् ।
किताब छैन मैले कसरी पढ्नु ? [request by a school boy]
Posted by
पानीफोटो
on Wednesday, May 11, 2011
-सन्दिप कार्की, मोरङ्ग-
सुर्यको दिनको उज्यालोमा सानो दियोको उज्यालो हराउँनु प्राकृतिक कुरा हो । यसरी नै देशको मुल कानुन संविधान बन्ने कुरा नै अनिश्चित भएको समयमा अरु वर्गविशेषका कुराहरु, बिषयहरु र समस्याहरु अत्यन्त झिनामसिना लाग्नु एकहदमा स्वभाविक पनि होला । तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने जस्तो साना भनि हेपिएका बिषयले पनि भोग्नेलाई पारेको अफ्ठ्यारो पिडितलाई मात्र थाहा हुँदोरहेछ । देशलाई अफ्ठ्यारो भयो भनेर कराइरहेको आवाजमा भलै ति अन्य बिषयबाट पिडितको आवाज एकदम सानो होस् तर याद गर्नुपर्ने कुरा यो छ कि त्यो सानो आवाज भित्र पनि ठुलो भनिएको आवाजमा जस्तै निराशा हुनसक्छन्, चेतना हुनसक्छन्, आक्रोस या प्रलाप हुन सक्छन् । मेरो आवाज त्यस्तै भएको छ, जस्तो दिनको उज्यालोमा दियो प्रकाश हुन्छ ।

कान्तिपुरले यो ठिक गरेन
Posted by
दिपध्वनी
on Sunday, May 8, 2011
सबै तथ्यहरु समाचार बन्न सक्दैनन् । झट्ट सुनेको भरमा या प्रभावका भरमा समाचार प्रकाशित गर्दा कतिको प्रत्युत्पादक हुन सक्छ । यसको उदाहरण डा. भक्तमान श्रेष्ठको अपहरणको समाचार होस् या भर्खर मात्र चर्चामा आएको अनुजाको ९१ लाख काण्ड नै काफी छ, जुन हाम्रो अगाडि ऐना सरि उभिएको छ । यसले वास्तवमा प्रकाशकको विश्वसनियता घटाएको छ । हचुवाका भरमा समाचार सम्प्रेषण गर्दा यसले प्रत्रिकाको विश्वसनियता घटाउँने मात्र होइन, समाजमा समेत नकारात्मक असर पर्दछ । यसकारण समाचारले समाजमा पार्ने असर विचारेर मात्र समाचार सम्प्रेषण गर्नु पर्दछ । तर भर्खर मात्र अनुजा प्रकरणमा गल्ति गरेर माफी मागेको कान्तिपुरले पुन समाजलाई पछाडी धकेल्ने कुप्रथालाई प्रश्रय दिदै बैशाख २५ गतेको अंकमा कुनै सकारात्मक कदमको प्रशंसा गरे झै समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् पुरा समाचार
नैतिक सुख्खापन र नफलेको संविधान
Posted by
पानीफोटो
on Sunday, May 1, 2011
-रामजी बलामी-
बलेको आगोमा घ्यु थप्न हातमा चम्चा लिएर बसेका दलहरु अब अन्तिम चरणमा आएर एकअर्कामा दोषारोपण गदैै आफु चोखिने बहाना खोजिरहेका छन् । संविधान निर्माण भन्दा सरकार निर्माणलाई प्राथमिकता दिएर बैठक समेत अवरोध गर्दै आएका सभासदहरुले आगामी जेठ १४ पछि कस्तो प्रतिक्रिया दिने हुन्, हेर्न बाँकी छ । विगतमा जस्तै नाराबाजी गरेर म्याद थपको माग राख्ने हुन् वा अन्य कुनै । म्याद थप्दैमा संविधान बन्छ भनेर ढुक्क हुने अवश्था छैन किनभने यस बर्षको परिणामले अर्को बर्षलाई सन्देश दिइसकेकोछ । गत बर्ष पनि थप गरिएको एक बर्षभित्र संविधान बनाउँछौ भन्ने प्रतिबद्धता नसुनाएका होइनन् तिनले । त्यसैले पनि यो आशा गर्ने ठाउँ अब रहेन ।
यस्तो पनि SMS, यो पढ नत्र दुर्भाग्य होला !
Posted by
पानीफोटो
on Friday, April 29, 2011
म सानै छदा एकपटक कता कताबाट मेरो हातमा एउटा पत्र आयो जसले मेरो बालमस्तिष्कमा निकै ठुलो दवाव दिएको थियो । पत्र धार्मिक प्रकृतिको थियो । लेखिएको थियो, एउटा मन्दिरमा सर्प आयो अनि पुजारीलाई चिठी बाड्नु भन्यो । पुजारीले बाड्यो । पुजारी धनि भयो । यही सिलसिलमा पत्रमा थपिएको थियो । एउटा व्यापारीले पत्याएन अनि चिठी पढेर फालिदियो । त्यही रात उसको पसलमा आगो लाग्यो अनि एक्कासी छोरो पनि म¥यो । यस्तो लेखेको पत्र मेरो हातमा कुन साथीले थमाईदियो, मैले थाहै पाइन । फाल्यो भने मरिन्छ भनेर मैले अरुलाई दिन अनेक उपाय लगाएँ तर पहिले नै बल्ल बल्ल सल्टाएर खुसी भएका कुन चै साथी फेरि फस्थ्यो र ? मैले कसै गरे पनि स्कुल छुट्टि हुँदासम्म पत्र मेरो हातमै रह्यो । किताबमा चेपेर रुदै घर हिडें । मेरो गाउको एकजना दाईले थाहा पाएर केहि हुदैन भन्दै त्यो पत्र फालिदिए । राती केहि भइहाल्छ कि भनेर त्यो रातभर म डराएर ननिदाई झर्लगं पारे । अहिले फेरि त्यस्तै सन्देश आएर हैरान पारिसक्यो, केहि सन्देशहरु यस्ता छन् ।
सयवटा मुसाको भन्दा एउटा सिंहको शासन चाहिन्छ
Posted by
पानीफोटो
on Tuesday, April 26, 2011
एउटा जोक्स सुन्नु भएको छ ? एउटा नक्कली नोट छाप्ने मानिस रहेछ । उसले एकदिन झुक्किएर १५०० को सिंगो नोट छापेछ । अब शहरमा त थाहा पाइहाल्छन् गाउँमा गएर साट्नु प¥यो भनेर विकट गाउँमा पुगेछ । र, एउटा पसलमा साटिदिनु न है भनेर १५०० को नोट दिएको बदलामा के आएछ, थाहा छ ? पसलेले ७०० र ८०० को नोट दिएछ । त्यसपछि के भयो होला आफै सोच्नुहोस् । तर नेपालको राजनीति चै ठ्याक्कै यस्तै अवश्थामा आइपुगेको छ । एउटा श्रीपेच फाल्दा जनताले अरु २८ ओटा श्रीपेच पाएका छन् । जनतामा निराशा व्याप्त छ । कसैले भने जस्तो सयवटा मुसा भन्दा एउटा सिंहको शासन चाहने बेला भएको छ । जनतालाई सार्वभौम र शक्तिशाली भनिए पनि तिनै जनताको आवाजको सुनुवाई छैन । जनता यसो भन्छन् तर सुन्ने कसले ? आउँनुहोस्, हाम्रो समस्या हामी नै सुनौं र, छलफल गरौं ।
खबरदार ! कसैलाई छोड्नुहुन्न !!
Posted by
दिपध्वनी
on Wednesday, April 20, 2011
भ्रष्ट्राचारको अभियोग प्रमाणित भएपछि चिरञ्जीवी वाग्लेलाई जेल चलान गरिएको धेरै समय भएको छैन । यो सकारात्मक कदम हो । तर नियाँलेर नेपालको न्यायक्षेत्र हेर्ने हो भने यस्ता उदाहरण एकदमै कम मात्रामा पाईन्छन् । मल्लिक आयोगले खुट्याएका अपराधीदेखि मात्र पनि अपराध पुष्टि भएर उन्मुक्ति पाउँनेको सूचि हुर्ने हो भने यो निकै लामो छ । जसले नेपालको न्यायक्षेत्रमा भएको लापरवाही प्रस्ट पार्छ । ढिलो न्याय हुनु भनेको अन्याय हुनु हो भन्ने न्यायको सर्वव्यापी नियमलाई नेपालमा अझै पनि व्यवहारमा प्रयोग भएको पाईदैन । ढिलो न्याय हुनु त नेपालमा सामान्य भएको छदैछ । अपराधी भनेर अभियोग प्रमाणित हुँदा पनि कुनै कारवाही नभएका उदाहरण नेपालमा बल्ग्रेती छन् । अदालतबाट अपराधी प्रमाणित भएपनि प्रहरीको नाकै मुनी भएका अपराधीलाई फरार भनि कारवाही नहुनु नेपालमा नौलो होइन । यही दण्डहिनताको कारण अपराधीको मनोबल दिनानुदिन बढ्दो छ, जसको प्रत्यक्ष असर नागरिकको बाँच्न पाउँने अधिकारसम्ममा परेको छ । अन्य अधिकार हनन्को प्रसंगले त कसैको ध्यान खिच्न सम्म छाडिसकेको छ । बेला बित्न लागेको छ, नागरिक एकजुट भएर दलगत स्वार्थ भन्दा माथी उठि आवाज उठाउँनुपर्छ । खबरदार ! कसैलाई छोड्नुहुन्न ।
हुँदा—हुँदा भुटानले पनि हेप्न थाल्यो यार
Posted by
पानीफोटो
on Tuesday, April 19, 2011
ओरालो लागेको हरिणको चाल जस्तो भइसक्यो नेपालको हालत पनि, जसले पनि पेल्न थाल्यो अब त । एउटा छिमेकी देश छ भारत कहिले हाम्रो सीमामा अतिक्रमण गर्छ (कालापानीको घाउ अझै ताजै छ ।), कहिले हाम्रो सत्तामा (देश नै कब्जा गर्न उसको सेना सीमाना कटेको घटना पनि कहाँ पुरानो भएको छ र ?) । जतासुकै हालीमुहाली गर्ने उसको सपना पुरा नहुने जस्तो लाग्यो कि सात समुद्र पारीका देशमा आफ्नै छिमेकी देश हाम्रो नेपाललाई असफल मुलुक भइसक्यो भनेर कुरा लगाउँछ । रोटी र बेटीको सम्बन्ध भने पनि उसको नेपालमा ढलीमली अति नै छ । लौ यसमा त नेपाल बानी परिसक्यो रे, र केही पनि नबोलेको भनेर मान्न सकिएला । अब त हुँदा—हुँदा कहाँको संसारकै कमजोर मध्येको देश भुटानले पनि हाम्रै देशमा आएर हामीलाई हेप्न थाल्यो यार ।