जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्”


भोली देखि काठमाण्डौको टुडिखेलमा योग प्रशिक्षण दिन आएका रामदेवले काठमाण्डौ टेक्ने बित्तिकै पत्रकार सम्मेलन गरेर आफु नेपाल आएको जनाएका थिए । यसै क्रममा उनले नेपालको सास्कृतिक तथा जैविक सम्पदाको प्रशंसा गर्दै भने, “नेपाल जैविक रुपमा एकदमै सम्भावना बोकेको मुलुक हो । यहाँ पाइने जडिबुटि संसारकै दुर्लभ र उन्नत छन् ।” एक प्रसगंमा उनले भने, “भगवान गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् । भारतमा बुद्ध जन्मिएको भन्ने प्रचार भारतको कुटिल र घृणित चाल मात्र हो ।” नेपाली राजनितीमा पनि उनको चासो र जानकारी थाहा पाउन सकिन्छ । उनले नेपाली भाषा प्रयोग गरेरै भने, “नेपाल लोकतान्त्रिक गणतन्त्रमा गएको छ । वास्तवमै राजतन्त्र भन्दा लोकतन्त्र धेरै नै राम्रो हो । नेपाली जनताको यो कदमलाई म सम्मान गर्दछु ।” गिरिजा प्रसाद कोइरालाको मृत्युले आफु स्तब्ध भएको भन्न उनले छुटाएनन् ।
भारतले पहिले देखि नै भारतमा बुद्ध जन्मिएको गलत प्रचार गरिरहेको छ । भारतबाट छापिने पत्रपत्रिका हुन् या पुस्तकहरु बुद्ध भारतमा जन्मिएका भनि लेखिएको पाइन्छ । Google ले केहि समय अगाडि बुद्धको जन्म स्थान भारत भनेर देखाएको थियो । एउटा हिन्दी चलचित्रमा बुद्ध भारतमा जन्मिएको भने पछि नेपालमा उठेको बिरोध पछि मात्र त्यस चलचित्रका निर्देशकले माफी मागेका थिए । तर उनले त्यसबेला भनेको कुराले पनि प्रमाणित गर्छ कि भारत सुनियोजित रुपमा नै गलत प्रचार गरिरहेको छ । निर्देशकले भनेका थिए, “प्राविधिक गल्तिको कारण अन्य देश पठाएको प्रिन्ट नेपाल पुगेछ ।”
यसको मतलव नेपाली नागरिकलाई झुक्याएर संसार भरि गौतम बुद्ध भारत जन्मिएको गलत प्रचार गर्न भारत हरतरहले लागिरहेको छ । केहि हद भए पनि भारतको यो दुस्प्रयासलाई रामदेवले रोक्ने प्रयास गरेका छन् ।
पतञ्जली योगपिठले गर्न लागेको योग शिविरमा सहभागि हुन उनी आफ्ना बिशेष सहयोगी आचार्य बालकृष्णसँग आएका हुन् । यो शिविरबाट हजारौं मानिसहरु लाभान्वित हुने कुरा रामदेवले बताएका छन् । उनले भने, “योगबाट जीवन समृद बन्छ ।” आफ्नो लागि नेपाल भ्रमण सँधै प्रिय हुने कुरा बताउँन पनि उनि चुकेनन् । उनको योग शिविर छ दिन सम्म चल्नेछ ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।