जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने

विश्वव्यापी तापमान वृद्धि तथा असामायिक जलवायु परिवर्तनबारे हालसम्म कानमा तेल हालेर बस्ने शक्ति राष्ट्रलाई सचेत गर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आइतबार संसारभर एक घन्टा बत्ती निभाई बृहत ‘अर्थ आवर’ दिवस मनाउन आह्वान गरेको छ ।
सन् २००७ मा सिड्नीमा मनाउन सुरु गरिएको यस अर्थ आवर दिवस अभियानलाई गुगल, कोकाकोला, म्याकडोनाल्डलगायत अन्य ठूला र विश्वव्यापी सञ्जाल भएका व्यापारिक प्रतिष्ठान तथा अत्यन्त धेरै राष्ट्रले समर्थन गरेकाले यस अभियान अत्यन्त सफल भई प्रत्येक वर्ष मनाइँदै आएकामा निरन्तरता दिन यस वर्ष विश्वका प्रख्यात पर्यटन केन्द्रलगायत अन्य महत्त्वपूर्ण स्थलमा बत्ती निभाइ उक्त दिवस मनाइने भएको छ

विश्वका एक सय १५ मुलुकमा अवस्थित ठूला भवन तथा व्यापारिक केन्द्र गरी करोडौँ भवनमा बत्ती निभाउने टि्वटर र फेसबुकजस्ता लोकपि्रय कम्प्युटर प्रोग्रामले आफ्ना नियमित सेवाको सट्टा अँध्यारो पर्दामात्र प्रदर्शन गरी सो अभियानलाई सघाउने कार्यक्रम रहेको जनाइएको छ ।
तर हामी कति सचेत है ? हाम्रो सरकार दिनमा १२ घण्टा loadshedding गरेर संसार भरिका देशहरुलाई दबाब दिईरहेको छ. सरकारको मौसम परिबर्तन सम्बन्धी सचेतना देखेर म पनि छक्क पर्छू . हाम्रो सरकार यत्ति बिघ्न दूरदर्शी छ भनेर कसले सोचेको थियो होला र ? हुन पनि कोपेनहेगन गएको सरकारी लावा लस्कर देखेर मलाई हो की जस्तो त लागेको थियो तर अब चाहि पुरै प्रमाणित भयो. सरकारको यो कदम लाई म हार्दिक स्वागत गर्छु र १२ घण्टा मध्येको कुनै १ घन्टा लाई मेरो तर्फ बाट ब्लाक आउट घोषणा गरिदिन अनुरोध गर्दछु 

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।