जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

उफ़ अझै बढ्यो loadshedding


हाम्रोमा कहिले नेप्से घटेर दिक्क पर्छ, कहिले तापक्रम घटेर उस्तै, संबिधान बनाउने दिन उस्तै गरि घटिरहेको छ. हामीलाई यो केहि मात्रै बढ़ी दिए हुन्थ्यो जस्तो लागिरा बेला loadshedding पो प्वाक्क बढेछ. अब दिनको १२ घण्टा बत्तिले आराम गर्ने भयो. अस्ति भर्खर मात्रै हाम्रा उर्जा कि बुर्जा मंत्री कस्सिदै थिए, “अब loadshedding मरी गए बढ्दैन.”
हामी सबैलाई थाहा छ, हामीसंग चाहिए जति बिजुली छैन. तर उर्जा कि बुर्जा मंत्रीले किन ढाटनु ? नहुने कुरा बोलेर किन आश देखाउनु ? यस्ता नचाहिदा तिकड़मे कुरा गरेर बस्नु भन्दा CFL कै बारेमा बोल्नु, अझ भएन alternative production को कुरा गर्नु-काम गर्नु. फोगटिया गुड्डी हाकेर हुन्छ ?
बत्ती किने कै भरमा भूटान जगमग छ हामी चै किन नसक्ने त्यस्तो गर्न ? बिधुत प्राधिकरण के चै गर्दैछ ?
अब हामीले पनि कै गर्ने हो कि ? बिना काममा एकैछिन पनि बिजुलीको खपत नगरौ न हुन्न ? सबै ठाउमा CFL चिम लगाऔ , computer सके सम्म कम चलाऔ , AC नचलाऔ , हिटरको प्रयोग नगरौ, INVERTER प्रयोग नगरौ, सकेसम्म सोलरको प्रयोग गरौ.
तपाईले सोचीरहनु भएको होला, म एक्लैले गरेर के हुन्छ? सोच्नुहोस त, बुद्ध एक्लै थिए, कार्ल मार्क्स ले एक्लैले आधा संसारको दिमागमा राज गरेका छन. राम्रो कुरा एक जनाबाट नै त सुरु हुन्छ. त्यों तपाई नै किन हुन सक्नु हुन्न? किन अर्कालाई अघि लगाउने सोच्नु हुन्छ ? एक पल्ट सोच्नुहोस है,


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।