जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा


अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्।
उनले गुरुङले डिजाइन गरेको व्ल्याक एन्ड ह्वाइट स्लिभलेस लगाएर कार्यक्रममा सहभागिता जनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। उनले लगाएको सेतो स्लिभलेसमा कालो रङको गुलाव पेन्ट गरिएको छ। गुरुङले यसअघि नै अमेरिकी आफू ओवामा पत्नीका लागि पोशाक डिजइन गर्न उत्सुक रहेको जनाएका थिए। उनले पहिले नै ह्वाइट हाउसमा मिसेल ओवामाको प्रवेशले त्यहाँ ग्ल्यामरको प्रवेश भएको टिप्पणी गरेका थिए।
इको डोमेन फेसन फाउन्डेसन विजेता गुरुङले त्यतिखेर गरेको टिप्पणीले अहिले स्वरुप पाएको हो। मिसेलले लगाएको यो पोशाक गुरुङको २०१० कलेक्सन हो। न्युयोर्क फेसन सप्ताहमा प्रबलले दिएको अन्तरवार्तामा अमेरिकी महिलाहरुलाई थप आधुनिक देखिनसक्ने बताएका थिए।
‘वधाई छ छ प्रबल। तिम्रो सपना वास्तविक बन्न पुगेको छ,’ फेशनडटकमले गुरुङलाई शुभकामना दिँदै लेखेको छ, ‘तिम्रो डिजाइन के साच्चै श्रीमती ओवामालाई सुहाएको छ ?’

मिसेल युवा डिजाइनहरुको पोशाकमा रुची राख्छिन्। उनले कुनै पनि मुलुकका राष्ट्रप्रमुखसँग भेट गर्दा त्यही मुलुकका युवाले तयार पारेको पोशाक लगाउने गर्छिन्। वाराक ओवामाले अमेरिकी राष्ट्रपतिको चुनाव लड्दा त्यहाँ रहेका आप्रवासीले सघाएका थिए।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।