जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु


सम्पादकज्यू
म, नेपालको नागरिक अनि नेपाल, लोकतान्त्रिक गणतन्त्र भएको मुलुक । यसर्थ मसँग मेरो विचारहरु प्रकट गर्ने अधिकार छैन भन्ने आधार म देख्दिन । लोकतन्त्र मेरो लागि पनि हो भनेर पत्र लेख्दैछु । आशा छ विचारको सम्वाहन हुनेछ ।
म स्नातकोत्तरमा वातावरण व्यावश्थापन पढिरहेको छु । वातावरणको अध्ययन गर्नु र प्रदुषण हटाएर वातावरणलाई स्वस्छ र जिवित राख्न पहल गर्नु मेरो कर्तव्य मान्दछु । तर राजनितीक वातावरण र यस्को प्रदुषणले मेरो अन्य बिषयहरु फिक्का बनाईदिन्छ र, म राजनिती प्रति आक्रामक बन्न बाध्य हुन्छु । राजनितीक अस्थिरताका अगाडि कुनै पनि कुरा स्थिर रहदैन भन्ने सत्यलाई कसैले पनि नकार्न सक्दैन । तर राजनितीक अस्थिरताको फाइदा उठाएर हाम्रो राष्ट्रिय स्वभिमानमा, स्वतन्त्रतामा र स्वधिनतामा मुक्का प्रहार गर्न खोज्नेलाई जवाफ दिन संक्रमणकालको अन्त्य नै पर्खिनु पर्छ भन्ने कुरामा म विश्वास गर्दिन । यसैले एक सचेत नागरिक भएको हैसियतमा आफ्नो राष्ट्र प्रतिको कर्तव्य पुरा गर्न यो पत्र लेख्दैछु ।

मेसिनले पढ्न सक्ने राहदानी (एम्.आर.पी.) प्रकरण अहिले नेपाली राजनिती वृतमा निकै प्रश्नहरु लिएर आएको छ । हस्तलिखित राहदानीलाई विस्थापित गरेर एम्.आर.पी. ल्याउने सिलसिलामा यसको मुद्रण मुख्य विवादको विषय रह्यो । परराष्ट्र मन्त्रि सुजाता कोइरालाको व्याक्तिगत चाहनामा गैरकानुनी रुपमा बिना टेण्डर प्रक्रिया भारतमा मुद्रण गर्न दिने कुरालाई सरकारले अनुमोदन ग¥यो ।
एम्.आर.पी. भारतमा छापेमा नेपालको आन्तरिक सुचना भारतले उपभोग गर्ने र नेपालको गोपनियता भङ्ग हुने आशकांमा नेपाली नागरिकहरु चिन्तित भए । प्रतिपक्षी दल एकिकृत नेकपा (माओबादी)ले राष्ट्रिय स्वभिमान रक्षाका लागि भन्दै एम्.आर.पी. प्रकरणको विरोधमा नेपाल बन्दको घोषणा ग¥यो । संसदिय लेखा समितीले प्रधानमन्त्रिसँग स्पष्टिकरण लिदै भारतमा मुद्रण नगरि पुनः टेण्डर प्रक्रिया सुरु गर्ने निर्देशन दियो । सर्वाेच्च अदालतले पनि तत्कालका लागि प्रक्रिया रोक्न सरकारका नाममा आन्तरिम आदेश जारी ग¥यो । अन्ततः सर्वत्र चर्चा, विरोध र निन्दाका कारण सरकारले आफ्नो निर्णय रद्द ग¥यो । तर के निर्णय रद्द हुनु मात्र यस्को निराकरण हो त ? यो त हत्या गरे पछि कारवाही गरौला भनेर पर्खिए जस्तो लज्जास्पद भएन र ? यसको कानुनी उपचार के हुन्छ वा हुन्छ कि हुदैन म जान्दिन तर गलत नियतलाई तह लाउँने केहि परिपाटी हुन्छ कि हुदैन लोकतन्त्रमा ? मेरो अहम् प्रश्न यो हो ।
“खुला सिमानाको कारण उत्पन्न सुरक्षा चिन्ता एम्.आर.पी. भारतमा छापेमा सम्बोधन हुने” भन्ने भारतिय गोप्य पत्रले भारतको नियत उदागों भएको छ । यसबाट प्रष्ट हुन्छ, नेपालको सुचना पाउँनका लागि भारत जुनसुकै हालतमा पनि एम्.आर.पी.आफ्नै देशमा छाप्न चाहन्थ्यो । यो भारतको हाम्रो अभिभावक बन्ने सपना हो । जुन हरेक देशभक्त नागरिकको लागि असह्य हुन्छ । भारतको यो नियत के परराष्ट्र मन्त्रि सुजाता कोइरालालाई थाहा थिएन भनेर कसरी पत्याउँने ? के व्याक्तिगत फाईदाका लागि राष्ट्रिय स्वभिमानलाई दाउमा राख्ने सुजाता कोइरालालाई हामी अझै पनि परराष्ट्र मन्त्रि भनेर सम्मान गर्न बाध्य छौ ? राष्ट्रिय स्वभिमानका विरुद्धमा आएको भारतिय दबाबको अगाडि लम्पसार परेर माधव कुमार नेपालले आफ्नो जुन राजनितीक हैसियत देखाएका छन् त्यसलाई के भन्ने ?
आदर्श समाजमा एउटा नियम हुन्छ । सामाजिक आचार भन्दा बाहिर गएर काम गर्नेलाई समाजमा तिरस्कार गरिन्छ र, अपराधी मानेर सजायको भागिदार बनाइन्छ । तर के लोकतन्त्रको आदर्शले व्यवहारमा यो मान्दैन ? आफ्नो व्याक्तिगत चाहना र पदका लागि भारतलाई अभिभावक बनाएर हाम्रो सुन्दर देशलाई त्यसको दास बनाउँन पछि नपर्ने माधव कुमार नेपाल र उनका मन्त्रि मण्डलका सदस्यलाई के गर्ने ? के राष्ट्रद्रोहको अर्काे उदाहरण खोजिरहनु पर्ला ? राजनितीको खोल ओढेर गरेका जतिसुकै राष्ट्र विरोधी कदम पनि क्षमा योग्य हुन्छन् ? के यसरी नै होला लोकतन्त्र संस्थागत ?
जे होस् भारत आफ्नो नेपाल कुटनितीमा असफल भएको छ । यो सायद पहिलो पल्ट होला । हामी नागरिक चाहन्छौ यो सुरुवात बनोस् । उसको छिमेकीपन भन्दा बढ्ता अभिभाकत्व चाहन्नौ हामी । हामी सार्वभौम थियौ, छौ र रहने छौ अनन्तकालसम्म । चाहे माधवकुमारहरु जति नै नतमस्तक भइरहुन् । शान्ति प्रक्रियालाई सफल बनाउँदै संविधान निर्माण पछिका उच्चतम् सम्भावनाहरुलाई रहर बनाएर अगाडि बढ्न चाहने नागरिक हौ हामी तर एम्.आर.पी. प्रकरण पछि केहि बद्लिएको छ ।
देशका सम्पुर्ण समस्या र अतिक्रमणलाई पदमा साट्न हात फिँजाउँने माधवकुमार नेपालको नेतृत्वमा के नेपालले नया संविधान पाउला ? के शान्ति प्रक्रिया निष्कर्षमा पुग्ला ? असख्य शकांहरु जन्मिएका छन् । यसको तुरुन्त समाधान हुनु पर्दछ । नागरिक हुनुको हैसियतमा आफ्नो अधिकारको प्रयोग गर्दै म भन्न चाहन्छु ए माधवकुमार नेपाल तिम्रो मनमा अलिकती पनि नैतिकता बाँकी छ भने कृपया मैले सकिन भनेर स्वीकारी देउ र, राजिनामा दिएर सम्भावनाका ढोकाहरु खुला पारिदेउ । सबैलाई थाहा छ, तिम्रो नेतृत्वमा राष्ट्रिय सहमति बन्नै सक्दैन । र, राष्ट्रिय सहमती बिना संबिधान बनाउँछु र शान्ति पक्रिया सफल पार्छु भन्नु हुट्टिट्याउँले सगर थाम्छ भन्नु भन्दा हास्यास्पद हुन्छ । इतिहासले अब अन्तिम पटक तिमीलाई मौका दिदैछ, यसलाई सदुपयोग गर । सुध्र । तिमीसँगै नेपाल र नेपाली सति जान सक्दैनन् । नागरिकका मनमा विद्रोह भरिनु भन्दा केहि समय अगाडि सुध्रियौ भने तिम्रो पनि भलाई नै हुनेछ ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।