जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।।


फुर्सदमा हुनुहुन्छ भने www.tuexam.edu.np मा click गरेर हेनुहोस्, यो नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट हो । तर जब click गरेर त्यसको पेज खोल्नुहुन्छ तब तपाईलाई लाग्छ, साँच्चै त्रि.वि. पुरानो रहेछ । पुरानो भएर अब त बुढो पनि भएछ ।

बुढो हुनुको अर्थ हो, आफ्नो अङ्गहरु राम्ररी नचल्नु, घटिरहेका घटनाहरुसँग सँगै चल्न नसक्नु र यसको परिणति हो आफु भन्दा कान्छाहरुसँगको दौडमा धेरै पछि पर्नु । यी सबै बिशेषता बुढेशकालका हुन् भन्ने तपाई मान्नुहुन्छ भने यो पनि मान्न करै लाग्छ कि त्रि.वि. साँच्चै नै बुढो भएको छ । यसको सबुद प्रमाणको रुपमा तपाई भेट्न सक्नुहुन्छ त्रि.वि.को वेभसाइटलाई ।
वेभसाइटको सुरुमै देखिन्छ, परिक्षा नियन्त्रण कार्यालयको कर्तव्यको विवरण । र, साथै लेखिएको छ, यसले २५० भन्दा बढि क्याम्पस र चार लाख बिद्यार्थीहरुका विभिन्न कामहरु गर्दछ । साथै २७११ भन्दा बढि बिषयको परिक्षा लिनु पनि यसको दायित्व हो । यसका लागि यसमा दुइसय भन्दा बढि कर्मचारीहरु कार्यरत छन् । यसमा ताजा परिक्षाको नतिजा भनेर प्रविणता तर्फ २०६६ कार्तिक २९ को परिक्षाफल र स्नातकोत्तरमा एम्.ए. साइकोलोजीको २०६६ माघ २० को परिक्षाफल राखिएको छ । सुचनापेजमा सम्पुर्ण विद्यार्थीहरुलाई ट्रान्स्क्रिप्टका लागि जमल स्थित कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तर जमलमा अहिले त्रि.वि.को कार्यालय छैन । अझ हास्यास्पद कुरा त यो छ कि तपाई २०७५ सालको परिक्षाफल अग्रिमरुपमा त्रि.वि.को वेभसाइटमा हेर्न सक्नुहुनेछ ।
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । योजना आयोगका कर्मचारी देखि लिएर नेता तथा अन्य प्रायः सम्पुर्ण कर्मचारीहरु त्रिभुवन विश्वविद्यालयका उत्पादनहरु हुन् । त्रिभुवन विश्वविद्यालयकै शिक्षा पाएर सबैले आफ्नो जिवन सुधारेका छन् तर त्रिभुवन विश्वविद्यालय आफु दिनानुदिन जिर्ण बन्दै गइरहेको छ । यसको जिम्मेदारी कसैले लिन चाहिरहेका छैनन् । आखिर कहिले सम्म त्रिभुवन विश्वविद्यालय यसरी बाँचिरहन सक्छ ? शिक्षालयहरुको बुढ्यौलीले सभ्यतालाई अपागं बनाउँछ भन्ने हामीले कसरी बिर्षन सक्यौं ?

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।