
एउटा सानो ठाउँबाट सुरु भएको ‘प्रतिकार’ बिस्तारै देश भरि फैलिन थालेको छ । बिरगञ्जमा स्थिती नियन्त्रण बाहिर गएर कफ्र्यु लगाउँने वातावरण बनिसक्यो । राजधानी लगायत देशका विभिन्न ठाँउहरुमा तनावको स्थिति सिर्जना भएको छ । राजधानीका बुढानीलकण्ठ, बौद्ध, जोरपाटी, गल्फुटार, कपन लगायतका क्षेत्र तनावग्रस्त भएको छ । बुढानीलकण्ठमा प्रतिकारमा उत्रने र माओवादीबीच झडपको स्थिति श्रृजना भएपछि प्रहरीले पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षलाई आमनेसामने हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ढुंगा हानाहानको क्रममा स्थानीय बासिन्दा नौ बर्षीय वालक रोशन मगर घाइते भएका छन् । माओवादी प्रर्दशनकारीको संख्या थपिदै जाँदा प्रतिकारमा उत्रने तितरवितर भएका थिए ।यो अझै कति लामो सुचीमा लम्बिन्छ कसैले आंकलन गर्न सक्ने स्थिती छैन । झडपको स्थिती बढेर नियन्त्रण बाहिर गए यो आन्दोलनकारी र सत्तारुढदल दुबैका लागि प्रत्युत्पादक बन्ने निश्चित प्राय छ ।
सरकार भनेको बिधी हो । सरकारले सँधै बिधी र नियमानुसार शासन र दमन गर्नु पर्छ । अझ लोकतान्त्रिक पद्धतीमा त यो अलग गर्न नसकिने हुन्छ । हाम्रा सत्तारुढ दलहरु जसमा आफु मात्र लोकतन्त्रको ठेकेदार हौ भन्ने अहम् छ उनीहरुबाट नै ‘प्रतिकार’ र ‘प्रतिरोध’को छद्म रुप देखिनु उनीहरुको आदर्श माथिकै बलात्कार हो । सुरक्षाका लागि प्रहरी र प्रशासनलाई ओझेल पार्ने गरी निस्किएका सत्तारुढ दलका भातृसंगठनहरु आन्दोलनकारी भन्दा कुन हदमा फरक छन् ? प्रश्न जटिल छ । आन्दोलनकारी असंयम हुनु पर्ने स्थितीमा सरकारमा बसेको संयमहिनता र गैर–जिम्मेदारीले आखिरमा आन्दोलनकारीलाई नै नैतिकबल पुग्ने निश्चित छ । कथित प्रतिकारको घटना नभएको समयसम्म र नभएको स्थानमा अहिले पनि आन्दोलनकारीहरु एकदमै अनुशासित र लोकतान्त्रिक भएर आन्दोलन गरिरहेका छन् । यसैले समय रहदै संयमित भएर सरकारले आन्दोलनलाई टुङ्गो लगाउँनु नै बुद्धिमता हुनेछ ।
0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।