जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

देशमा नै हेर्न पाइन्छ विदेशी नाटक


आजदेखि आरोहण गुरुकुलमा ‘काठमाण्डौ अन्तराष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ । यसको औपचारिक कार्यक्रममा के भयो, जान पाईन । तर जब म केहि साथीहरुसँग साँझमा गुरुकुल पुगे, गुरुकुलको मुहार पुरै फेरिएको थियो । पुरानो तरिकाले वर्णन गर्ने भए बेहुली झै सिंगारिएको थियो भने हुन्छ । आँगन भरि नेपाली र विदेशी अनुहारहरु मिसिएर उभिएका थिए । म पुग्दा फिनल्याण्डका एक निर्देशक आफ्नो घडि देखाउँदै नेपाली समय अनुसार उनको घडी मिलाइदिन अनुरोध गर्दै आए । समय मिलाइदिए पछि मैले उनको नाम मागें, उनले मुसुमुसु हास्दै भित्तामा झुण्डिएको पर्चामा आफ्नो नाम देखाए, ‘एडम ड्यारियस’ । मैले बधाई दिएँ । उनले नमस्ते पो गरे । सायद नमस्ते कति कति बेला गरिन्छ थाहा रहेनछ ।
उनी मात्र होइन, नेपाल र नेपालीका बारेमा जानेका वा नजानेका पन्ध्र देशबाट यो नाटक महोत्सवमा आएका रहेछन् । आज नेपाली नाटक ‘अग्नीको कथा’ देखाईयो । भोली २ मसिंरबाट २१ मसिंर सम्म नेपालबाहेक पन्ध्र वटा देशका २० वटा नाटक र मसिंर २० मा भने चर्चित नाटक ‘कर्णाली दख्खिन बग्दो छ’ का कलाकारहरुको अर्को नाटक ‘सुइना कर्णालिका’ देखाइने तालिका आरोहणले प्रकाशित गरिसकेको छ ।

कलाकार सौगात मल्ल अग्नीको कथामा झाक्रीको भुमिकामा
यदि तपाईसँग समय छ भने यो समय अवधि भरि दिनको दुइ पटक मध्यान्ह १२ मा र साँझ ५ मा गुरुकुल, पुरानो बानेश्वरमा गएर नाटकको मज्जा लिन सक्नुहुनेछ ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।