जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तोडिने भयो अन्तहिन श्रृंखला

सात पटक सम्म भएको प्रधानमन्त्री निर्वाचनको नौटंकी अब चै सकिने छाँटकाँट आउँदैछ । कसैले जितेर यो नाटकको अन्त्य नहुने देखे पछि माओवादी अध्यक्ष क.प्रचण्डले आफ्नो उम्मेदवारी नै फिर्ता लिने भएछन् ।


आज एमाले अध्यक्ष खनालसँग भएको संवाद पछि माओवादीबाट यो निर्णय बाहिर आएको हो । एमाले तटस्थबाट कहिले टसकोमस नभएको र देश भित्र तथा बाहिरबाट नै अनेक तिकडम सुरु हुन थालेको यो अवश्थामा असहमतीको यो सहमतीले देश कहाँ पुग्ने हो हेर्न बाँकी नै छ ।

एउटा दल एमाले तटस्थ हुँदा बहुमत नपुगेको अवश्थामा माओवादी पनि तटस्थ बसिदिए पछि प्रधानमन्त्री चुन्न अफ्ठ्यारो नै छ । तर असम्भव छैन है । रामचन्द्र पौडेल प्रम हुने एउटा बाटो छ । त्यो हो, एमालेबाट कांग्रेसलाई सघाउँनेहरु फुटेर रामचन्द्रलाई भोट हाल्नु पर्छ । अनि मधेसी दलहरुको पनि मत पाए रामचन्द्र प्रधानमन्त्री हुने पक्का ।


अब पुरै टुंगो चै कांग्रेसको महाधिवेशन पछाडी मात्रै लाग्नेछ । पर्खौ र हेरौ, के के देख्न पाईने हो अझै ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।