जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पेट्रोल एक लिटरमा ९ रुपैया बढ्यो ।


जापानमा जस्तो भुकम्प त नेपालमा धन्न आएको छैन । अनि, त्यस्तो सुनामीको चपेटा नेपालले सहनु पर्ने छैन । तर, प्राकृतिक सुनामी र भुकम्प भन्दा ठुला ठुला कहर हामी नेपालीले सहदै आएका छौ । चौध घण्टे लोडसेडिङ होस् या असुरक्षाको भय, हामी सबै सहरै बाँचिरहेका छौ । "सहु बाबु सहु सहनै नसके पनि" भने जस्तै गरेर । सरकारी सुनामी हामी कहाँ आएको छ । प्राकृतिक भए पहिले भुकम्प आउँथ्यो अनि मात्र सुनामी तर यो परेछ कृत्रिम अनि पहिले सुनामी आयो अब भुकम्प आउँनेछ । हाम्रो ढाड भाच्ने गरी । पेट्रोलको नयाँ मुल्यको सुनामी आज आइतबार नेपालीको माथामा परेको छ, अब यसले हाम्रो धरातल हल्लाएर भुकम्प ल्याउदैन होला त ? यति धेरै मुल्य बढाए पनि निगम भन्छ, अझै घाटामा छु । तर निगमका कर्मचारीको मोटोपन देख्दा त यस्तो लाग्दैन । कि कुपोषणले गाजेको हो ? या नेपाली उखान जस्तो एउटाको जरो उखेलेर अर्कोलाई औषधी ?

आइतबारदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाइएको छ । पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्याएको छ । भने अन्तर्राष्ट्रिय हवाई ईन्धनमा अहिले कायम ९ सय ४५ डलर प्रति हजार लिटरमा १ सय ३० डलर बढाएर १ हजार ७५ पुर्याएको छ । निगमले डिजल, ग्याँस र मट्टीतेलको भने मूल्य बढाएको छैन । पेट्रोलमा मूल्यवृद्धिपछि पनि प्रति लिटर ९ पैसा घाटा रहेको र अहिले पनि निगमलाई १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ मासिक घाटा रहेको निगमले बताएको छ ।

2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रामा कुवा छैन । अनि बढ्छ त । पानीको भाउ बढ्नु पो अचम्म छ त ।

seema gurung said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

त्यती महगां बाइक चढ्नेको तेल बढ्दा मलाई चै टेन्सन छैन है ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।