जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

६०१ बंकरहरु कहाँ जान्छन् होलान् ?

कुरा म स्कुल र कलेज पढ्दा ताकाको हो । हामी खुब बंक गर्ने गथ्र्यौं । बंक गरेर क्याराम खेल्ने, केन्टिनमा बस्ने, फिल्म हेर्न जाने असंख्य यस्ता कामहरु हुन्थे । हामी जिन्दगीको मज्जा बंकमा जति अरुमा पनि छ भन्ने कुरामा कहिले विश्वास गर्दिनथ्यौं । हामी आफुलाई संसारकै सबै भन्दा ठुला बंकर सम्झिन्थ्यौं । तर, पछि परिक्षाको समयमा नोट खोज्न दुःख पाउँदा चै बेकारै बंक गरिएछ जस्तो लाग्थ्यो । अरुका गाली र उपदेश त यति सुनियो कि किताब लेख्न बसेको भए बंकरलाई गाली र उपदेश शिर्षकको शब्दसागर भन्दा ठुलो किताब बनिसक्थ्यो । यो मेरो मात्रै अनुभव पक्कै होइन । सबैले कहिले न कहिले बंक गरेकै हुन्छ । कुरा थोरै र धेरै भन्ने मात्र हो । आज समाचार र पत्रपत्रिकाहरु सुन्छु अनि हेर्छु, अचम्म छ बा ! हामी त के बंकर रहेछौ र ? हामी त खाली बुबाका अलिकति पैसा उडाएर बंकर बनेका हाम्रा ६०१ (अहिले ५९७ मात्र भएपनि ६०१ नै भनिन्छ ।) सभाषदहरु पो दामी बंकर बनेर निस्किएछन् । मैले त म भन्दा ठुला बकंर यिनै हुन् भनेर माने के तपाई पनि मान्नुहुन्छ, यिनीहरु तपाई भन्दा ठुला बंकर हुन् भनेर ? अनि ति जान्छन् चै कहाँ होला ? अनुमान लाउँनुस् न है ।

कुरा हिजोको हो । प्रधानमन्त्रिले संसदलाई सम्बोधन गरिसके पछि सरकारका तर्फबाट शिक्षामन्त्रि गंगालाल तुलाधरले तिनवटा अन्तराष्ट्रिय सन्धि अनुमोदन गर्न संसदमा प्रस्ताव राखेछन् । सभामुखले निर्णायार्थ पेश गर्दा काँग्रेसका रमेश लेखकले सभासदको संख्या पुगेन भनेर प्वाक्क बोलेर संसद बैठक नै हुन दिएनछन् । सभासदका टाउका गन्दा जम्मा ६२ वटा मात्र । नियम फेरि कस्तो गजबको । कसैले सभासद नगने जति भए पनि हुने । गनिहाले चै एक चौथाइ नै चाहिने । ति लेखकलाई किन गन्नु परेको होला । तर प्रतिपक्षीको धर्म पुरा गरेका होलान् । कति न आफुहरु चै सबै आए जस्तो सरकारका तर्फबाट अवहेलना भयो भन्दै कुर्लिएछन् । हामीले हेर्ने आँखाले त उनका दलकाले पनि अवहेलना गरेको देखियो । सायद ६०१ का आँखै बेग्लै होलान् है ।

मेरो सुझाव छ, अब एउटा कार्यदल बनाउँनु पर्छ अनि सभासदलाई घर वा डेरा वा पानपसल वा चियापसल जहाँ भेटिन्छ टपक्क टिपेर ल्याउँनु पर्छ । कि कसो ?

1 comments:

viva said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

They are going to hell.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।