जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तिन नेता भारतमा, षड्यन्त्र कि छलफल ?

नेपालमा भारतको चासो र हस्तक्षेप कति सम्म छ, यो सबैलाई थाहा भएको एउटा खुल्ला गोप्य कुरा हो । भनिन्छ नेपाली राजनितीज्ञहरु दिल्लीमा पानी प¥यो भने काठमाण्डौमा छाता ओड्ने हदसम्मको चाप्लुसी गर्छन् रे । यसैले त भारतियहरु नेपाललाई आफ्नो प्रान्त भन्दा माथी सोच्न चाहदैनन् । हाम्रा नेता भनाउँदाहरुको यो चाप्लुसी अनि पदका लागि जे पनि दाउ हान्ने गुणका कारण हामी सार्वभौम छौ भनेर पटक पटक कराइ रहनु पर्छ । भर्खर मात्र नेपालमा भारतले नचाहेको सरकार बनेको छ । भारत कै खेल अनि तिनका गोटीहरुका कारण सरकार बनेर पनि पुर्णता पाउँन सकिरहेको छैन । अब त खुल्लम खुल्ला नेपालका नेताहरु नेपालको संवेदनशिल बिषयमा भारतिय नेताको सुझाव लिन भनेर भारत लाग्न थालेका छन् । भारतबाट आन्दोलन गर भन्ने आदेश आए यी नेपालका सडकमा झन्डा बोकेर निस्कने छन् । जानौ नेपालको नुन खाएर भारतको राजनिती गर्ने भारतिय दलालहरुलाई ।


दलालीको हद नाघेर पैसा र पदका लागि जे पनि गर्न तयार विजय कुमार गच्छेदार अन्य दुइ मधेसी नेता महन्थ ठाकुर र राजेन्द्र महतो आज भारतिय नेतासँग छलफल गर्न भन्दै भारत तिर लागेका छन् । नेपालमा वाम ध्रुविकरणले लोकतान्त्रिक शक्ति कमजोर भएको भन्दै भारतसँग छलफल गरेर भावी कार्यनिती तय गर्न भारत लागेको भनेका छन् उनीहरुले । नेपालमा भएको सानो परिवर्तनमा पनि भारतसँग छलफल गर्नु पर्ने भन्ने यीनीहरुको बोलीले यीनीहरुको राजनीतिक औकात त देखाउँछ नै, नेपालको अहिलेको सरकारको स्थायीत्व चाहिने कुरालाई पनि बलप्रदान गर्छ ।

कति गर्दा पनि माओवादीको समर्थनमा बन्ने सरकार रोक्न नसकेको भारत अहिले नेपालमा आफ्नो हारको बदला सरकार ढालेर लिने सोचमा छ । तराईमा आन्दोलन चर्काएर हुन्छ या अन्य कुनै पनि उपायद्धारा उ माओवादीलाई गलाउँन चाहन्छ । यसैले मधेसमा शसस्त्र आन्दोलनरत समुह र मधेसी दलहरुको साझा कार्यक्रम ल्याउँने तयारीमा लागेको छ भारत । मधेसवादी दलहरुका नेताको भ्रमण यसै बिषयसँग सम्बन्धित छ । भ्रमणबाट फर्किए लगत्तै कुनै विवाद झिकेर मधेसमा ठुलै आन्दोलन भयो भने पनि अचम्म नमाने हुन्छ ।


जानेर पनि कति सहने हामीले ? के हामी अझै यी नेताहरुलाई हाम्रा नेता भनिरहन बाध्य छौ ? मधेस मुक्तिका ठुला ठुला भाषण गर्ने यी नेताहरुले गर्ने मधेसको मुक्ति कस्तो होला ? लेन्डुप दोर्जेले दिलाएको मुक्ति जस्तो ? प्रश्न आफैलाई सोधौ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।