अब फेरि कुनै नोट हातमा पर्ने बित्तिकै ओल्टाइ पल्टाइ हेर्नु नपर्ने भयो । हिजो चैत्र १ गते देखि आम कारोवारमा नचल्ने भनिएको नोट भोली देखि नै पहिले झै मज्जाले चल्ने भएको छ । बिना तयारी एकाएक नचल्ने भनेर घोषणा गरिए पछि राजा टाउके नोट दिक्दारीको बिषय बनिरहेको थियो । यसैले सर्वसाधारणलाई अफ्ठ्यारो परेको भन्दै भोलीबाट नै नचल्ने भनेर गरिएको निर्णय स्थगित गरिएको छ ।
राष्ट्र बैकंले निश्चित काउन्टरबाट मात्र पुराना नोटहरु साट्ने व्यवश्था मिलाएको थियो । तर पनि समय नदिएको भनेर यसलाई बिरोध गरिदै थियो । सायद यही दबाबको कारणले हुनु पर्छ, कार्यक्रम स्थगीत भयो ।
कुनामा बसेका ज्ञानेन्द्र खुसी पो भयो कि ?
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।