जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सुरु भयो २०६७ को एसएलसी

आज देखि प्रवेशिका एसएलसी परिक्षा सुरु भएको छ । नेपाली जनमानसमा फलामे ढोकाको नामले चिनिने यो परिक्षाले मानिसको जीवनमा निकै गहिरो प्रभाव पार्ने विश्वास लिइन्छ । नेपालको प्रारम्भिक शेक्षिक कालमा विशेष अर्थ बोकेको यो परिक्षाले मानिसको जिन्दगी नै कायपलट पाथ्र्यो । कुनै मानिसले प्रवेशिका पास गरेको थाहा हुने बित्तिकै सरकारी जागिरको प्रस्ताव गर्दै घरमा नै लिन आएको किस्सा गाउँतिर अझै पनि सुन्न पाइन्छ । आजभोली यसको रौनक र यसले तुरुन्तै दिने प्रतिफलमा कमी आए पनि यो परिक्षालाई फलामे ढोका नै मानिन्छ । यसबाट पार लाउन सके जीवनको अर्को अध्याय सुरु हुने सोचमा विद्यार्थी र अभिभावक तथा शिक्षक शिक्षिका पनि जसरी भए पनि पास भएरै  र गराएरै छाड्ने ध्याउन्नमा लागेका भेटिन्छन् । यसमा असफल हुनेहरुले मृत्युवरण गरेका घटना हरेक पटकको नतिजा निस्कदा सुन्नु पर्छ । अनेक किस्सा र इतिहास बोकेको कारणले मात्र नभएर तथ्याकंका आधारमा हेर्ने हो भने पनि एकसाथ धेरै विद्यार्थीले दिने परिक्षामा यो परिक्षा नै पर्दछ । यसैले यो लोडसेडिङको समयमा पनि परिक्षा अबधी भरका लागि २ घण्टा कम गरिएको छ । एसएलसीको यसपालीको तथ्याकं हेर्नुहोस् । 

 यस वर्ष एसएलसी परीक्षामा चार लाख ९६ हजार दुई सय ४३ परीक्षार्थी सहभागी हुँदैछन् । नियमितबाट चार लाख ३६ हजार चार सय ११ र एक्जाम्टेडबाट ५९ हजार आठ सय ३२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षार्थी बढेपछि परीक्षा केन्द्र पनि थपिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन एक हजार ६ सय ७२ केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै प्रत्येक २५ विद्यार्थीबराबर एक निरीक्षक तोकिएको छ । यस वर्ष पनि एसएलसी दिने सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा र सबैभन्दा कम मनाङमा छन् ।


एसएलसी परिक्षाका प्रचलित परम्पराः
१. एसएलसी परिक्षा आउँनु अगाडी देखि नै चिट बोक्ने गोजी सिलाउँन थाल्ने ।
२. परिक्षार्थीले मात्र नपुगेर घरका अरु सदस्यहरु पनि चिट बनाउँन तिर लाग्ने । 
३. आफ्ना छोराछोरीलाई जान्ने सहपाठीसँगै पारिदिन बिद्यालयमा लबिङ गरिने । 
४. मिले सम्म परिक्षा केन्द्रका सुरक्षाकर्मी मार्फत चिट चोराउँने नत्र आफै सहभागी हुने । 
५. झ्यालबाट प्रश्न र उत्तर बाहिर भित्र गराउँने । 
६. एसएलसी भन्दा अघिल्लो कक्षामा र त्यस पछिका अन्य कक्षामा भने यस्तो चासो र सहभागीता नदेखाउँने ।


यी माथी उल्लेखित भन्दा अन्य धेरै यस्ता परम्पराहरु एसएलसीसँग जोडिएका छन् कि हरेक बर्ष यस्ता परम्पराको वृदि हुदैछ । सरकार र प्रशासनहरु लाचार भएर टुलुटुलु हेरिरहेका छन् । यस्तो परम्पराले हाम्रो शैक्षिक स्तर कहाँ पुर्याउँछ यो भने कमैको मात्र चासोको बिषय बनेको छ । 


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।