जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

देश लुट्ने धनाड्य घरानियाँहरु, चौधरीदेखि भाटभटेनीसम्म

सेता सर्ट लगाएर शान्ति र संविधानका ठुला ठुला गुड्डि हाँक्नमा होस् या दुई चार करोड खर्च गरेर आफुलाई महान् समाजसेवी घोषणा गराउँन होस् सँधै अग्रपङ्तिमा रहेका घरानाहरुको वास्तविकता पर्दाफास भएको छ । आफ्नो कालो कर्तुतलाई राजनीतिक मुद्दामा गाँसेर सतहमा चोखा देखिने यस्ता घरानाहरुको सुची सार्वजानिक भएको छ । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा  यस्ता औद्योगिक घरानाहरु जोडिएका छन् जसले आफुलाई बहुराष्ट्रिय कम्पनी भएको बताउँछन् । हेर्नुहोस् र चिन्नुहोस् नेपाललाई लुट्ने धनाड्य घरानियाँहरुलाई ।

यी हुन् राष्ट्र लुट्ने व्यापारी
आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याट बिलबाट राजस्व छलेका छन् । यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटबिलको कारोबार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका छन् भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर भ्याट फिर्तावापत सरकारबाट ८९ करोड रुपैयाँ लिएका छन् ।
नक्कली भ्याट बिल अपराधमा संलग्न हुनेहरुमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी सुपरमार्केट र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन् । नक्कली भ्याट बिल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका र्फमहरु समेत छन् । चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली कांग्रेसको कोटाबाट मनोनित गरिएको हो ।
शंकर समूह
छानविन गरिएका ३१ वटा र्फममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको छ । आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली बिलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ । ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो । त्यो भनेको ६० करोड रुपैयाँ हो ।
भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन् । डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो । वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आˆनो वेभसाइटमा गरेका छन् । ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० र्फममा गोल्यानका अन्य र्फमहरु पनि छन् । यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन् ।
चौधरी ग्रुप
चौधरी ग्रुप अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट बिल प्रकरणमा छ । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच खाद्य कम्पनीमध्ये सिजी फुड पनि छ । ‘सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट बिल फेला परेका छन्’ आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दियो ।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन् । उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो ।
सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो जसबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । ‘छलि गर्नेमा सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टल हो’ विभाग स्रोतले बतायो ।
गोल्छा समूह
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदयीमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ ।
गतवर्ष गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट बिल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।
बिशाल समूह
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ । राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ ।
विशाल समूहका अध्यक्ष जेपी अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टीआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन् । उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एसियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन् । स्रोतका अनुसार नक्कली भ्याट बिल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० र्फममा विशाल समूहका अन्य र्फम पनि छन् ।
भाटभटेनी सुपरमार्केट
यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको ८ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
‘भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ’ आन्तरिक राजस्व विभाग स्रोतले अनलाइनखबरलाई जानकारी दियो । भाटभटेनीले पनि नक्कली बिलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो । ‘धेरैजसो नक्कली बिल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी’ अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो ।
बरुण डेभलपर्स
गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको र्फम वरुण डेभलपर्स पनि नक्कली भ्याट बिल प्रकरणमा छ । यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ ।
वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न अर्पाटमेन्ट बनाएर विक्री गरेको छ । एउटै अर्पाटमेन्टलाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ ।
चमेलिया जलबिद्युत आयोजना
नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ । चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली बिल खरिद गरेको स्रोतले बतायो । झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट बिल किनेर परियोजनाले भेरिएशन बढाएको थियो । तर खर्चमा देखाउन भ्याट बिल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन ।
युनाइटेड बिल्डर्स
यसैगरी यो सूचीमा युनाईटड विल्डर्स पनि परेको छ । अनामनगरमा रहेको मार्फा हाउसबाट ठेकेदारी धन्दा गर्ने सकुन्तलाल हिराचनको कम्पनी युनाइटेड विल्डर्स पनि राजस्व छलीमा फेला परेको ठूलो कम्पनी हो । स्रोतका अनुसार युनाइटेड विल्डर्सबाट १३ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । त्रिपुरेश्वरमा वल्र्ड ट्रेड सेन्टर बनाएको युनाइेटेड विल्डर्सले वीर अस्पतालको ट्रमा सेन्टर पनि बनाएको थियो । कम्पनी नक्कली भ्याट बिलमा फसेपछि यसै त हिराचनको हालत खराब भएको छ अर्कोतर्फ वल्र्ड ट्रेड सेन्टरबाट पसल भाग्न थालेपछि थप विचल्ली भएको छ । राजधानीमा थुप्रै मलहरु खुल्न थालेपछि वल्र्ड ट्रेड सेन्टरको व्यापार ओरालो लाग्दो छ ।
थलमानले पनि लुटे देश
अरु सबैले नक्कली भ्याट बिलको कारोवार गरेर देश लुटे पनि केही चार्टड एकाउटेण्ट भने सरकारको ढुकुटीबाट सिधै डाँका मार्ने धन्दामा लागेका छन् । उनीहरुले सामान निकासी गरेको नक्कली कागजात पेश गरेर तिर्दै नतिरेको भ्याट सरकारको ढुकुटीमा सिधै निकालेका थिए । यस्तो सूचीमा हिसावकिताव मिलानको काम गर्ने थलमान सुवेदी छन् । थलमान सुवेदीको दुईवटा र्फमले झण्डै ६० करोड रुपैयाँको निकासी देखाएर झण्डै १० करोड रुपैयाँ ‘भ्याट रिफण्ड’ लिएका थिए ।
वानेश्वरमा कार्यालय खोलेका थलमानलाई प्रष्टिकरण दिन आन्तरिक राजस्व विभागले पटक पटक पत्राचार गरे पनि उनी भने फरार छन् । नक्कली कागजात बनाएर राजस्व छलेको सार्वजनिक भएपछि थलमानको कार्यालय बन्द छ । लामो समयदेखि कार्यालय बन्द राखेका थलमान विरुद्ध सञ्चारमाध्यममा दोस्रो पटक सार्वजनिक सूचना आएपछि उनले कार्यालयका कम्युटर र फाइल लगेर हिंडेका छन् । केही दिनअघिमात्रै रात परेपछि उनका सहयोगीहरुले कार्यालय पुगेर फाइल र कम्युटर लगेका थिए । जनआस्थाबाट



6 comments:

karmath subedi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

desh luteko ma jati chitta dukheko chha tyo bhanda badi teslai rokna khojne mathi bhayeko anyaya le maan kudiyeko chha...tyo bhanda ni thulo yi saab hunda pani chup chap chiya pasal ko guff ma matra table bajara aakosh pokhnu parne badhyata le dikka lagera aauchha....yi saab pani mathi ko obhano banera chokhinchhan ani patrika ma samet chhapina nasakeka yi name haru bholi hamrai agadi sir thado banara hidda hami namaste garri raheka hunchhaun...dhikkar chha hamilai...

Prakash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

२०४७ भन्दा आगाडी देस राजाहरुले चुसे, २०४७-२०६० सम्म कांग्रेसले नेपाललाइ चुस्यो २०६४ देखि माओबादीले देसलाइ चुस्दै छ/ एमालेले २०४७-आहिलेसम्म कहिले काँग्रेसको त कहिले माओबादीको साथ् लागेर चुस्दै छ / यो क्रम कहिले सम्म चल्ने हो थाहा छैन सायद तेतिबेला सम्म नेपाल भन्ने देस कथामा सिमित हुनसक्छ / हामि नेपाली जनताको त के कुरा जसले देसलाइ बलात्कार गरेपनि हेरेर बस्ने नै हो/
प्रचण्ड छट्टु नेता, बुद्धि केहि छैन, भट्टराई र मोहन Bhaidhaya लाइ लडाएर आफु नेता बनेको मान्छे हो / प्रचण्ड बुद्धि नभएर बिग्रियो, Baidhaya क्रान्तिकारी भएर बिग्रिए, बाबुरामले आफनो अडान लिन नसकेर बिग्रिए तर बाबुरामको सप्रने chance आउन सक्छ तर प्रचण्डले यो हुन दिने छैन .

sunilsireng said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लुट लुट नेपाल आमा को अस्तित्व लुट चुस चुस नेपाली जनताको पसिना चुस अझै पुगेन भने नेपाली जनताको रगत्नै चुस हे नेपालको सेतो लामखुट्टे हो अब यो सानो सुन्दर देसको केनै बाकी राखेका छौर…बलात्कार गर्नु सम्म गरि सक्योऊ,अब नेपाल आमाले साहना सक्दैन,कमसे कम थोरै भएनी सान्ति देउ.

nimesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तिमि ठूलो लुटेरा
म त सानो
तिमीले
आमालाई नै लुट्यौ
मैले
बुहारी मात्रै!

mano said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अजै भारत मोहन(बाँदर) मैले कहाँ भ्रस्टाचार गरेको छु भन्छ.आज त कहाँ हो उद्घाटन गर्न पुगेछ.किन बोलाएका होलान येस्ता भ्रस्टचारी लाई!?हामी आफु मा पनि धेरै कमजोरीहरु छन्.उद्घाटन गर्न लागेको बेलामा यौटा ले झल्नाथ लाई जसरि तेरीमा भ्रस्टचारी भनेर गाला चड्केई देएको भए कति स्वाद औंथ्यो होला!
हैन ओ बरु नेता चुट्नी संगठन खोल्न पर्ला जस्तो छ.उद्घाटन,गोस्टी भनेर बोलायो अनि कालो मुस्यो दलेर पठाउनी.हहाहाहा.

rajesh bhattarai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yasta phatahaharulai sadak ma pachharnu parchha.....

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।