जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बिरामी छन् भगवान, भक्तले कसको गुहार मागुन् ?

तिमी मान या नमान,
भगवानको पनि आयु हुन्छ
तिमी जसरी नै जन्मन्छ अनि,
भयानक मृत्यु मर्दछ ........।
मान्छे इश्वरको चिहान माथि टेकेर भाषण दिन्छ
इश्वर अमर छ,
इश्वर अजर छ
इश्वर यत्र, तत्र, सर्वत्र छ .......।।
इश्वर छन् कि छैनन् यो सायद कहिलै नसकिने विवादको बिषय हो । जसले इश्वर मान्दैन, उ, माथीको कविताको हदसम्म पुगेर कराउँछ । तर जो इश्वरको अस्तित्वलाई सकार्छ उसका लागि इश्वर सबै कुरा हो । साना भन्दा साना कुरा देखि जीवनका ठुला ठुला मुद्दामा पनि इश्वरलाई गुहार्नु आस्तिकहरुको नियती हो । उनीहरु भजन र इश्वरको शक्तिमा कहिले पनि प्रश्न उठाउँन चाहादैनन् । आफु बिरामी भएको समयमा होस् या अरु कुनै समयमा इश्वरलाई गुहार मागिरहनु उनीहरुका लागि अस्वाभाविक हुदैन । यसरी हरेक कुरामा इश्वरलाई गुहार्ने भक्तका इश्वर नै बिरामी भए भने नी ? एक पटक कल्पना गर्नुहोस् त ।

सन्दर्भ साईबाबा बिरामी भएको बिषयको हो । अहिले विश्वका करिब ३ करोड मानिसका भगवानका रुपमा पुजित् साइबाबा बिरामी अवश्थामा अस्पतालमा छटपटाई रहेका छन् । र, उनका लागि प्राथना गर्दै अस्पतालका अगाडी भेला हुने भक्तजनहरुको भीड बढ्दो छ । सबैका मनमा प्रश्न जाग्छ, भगवान बिरामी भइरहेका बेला उनका भक्तहरुले कसलाई पुकार्दै होलान् ?

साइबाबा भौतिक रुपमा भारतको एउटा सानो क्षेत्रमा समेटिएर बसेका छन् । उनका सम्पुर्ण कृपा दृष्टि त्यही ठाउँमा मात्र कैद भएको छ । हो, उनले त्यो ठाउँमा जति योगदान गरेका छन् यदि उनी नहुने भने त्यो ठाउँ आजको स्थिती सम्म अहिले नै पुग्दैन थियो । यसमा कुनै दुइमत छैन । तर यसले नै अर्को प्रश्न जन्माउँछ के भगवान संसार भरिको धन एक ठाउँमा बटुलेर त्यही मात्र खन्याउँछन् ? भगवानका लागि त संसार नै घर होइन र ? खोई अरु कहाँ पुगेको छ साइबाबाको कृपा दृष्टि ? संसारमा त्यही ठाउँ मात्र हो त विकाशको अभाव भएको ? कि भगवानले पनि आफ्ना र पराई छुट्याउँछन् ?

साइबाबा त्यसै आजको स्थानमा आएका होइनन् । उनले यो स्थानसम्म पुग्न हरेक जादुगरी प्रयत्न र कोशिश गरेका थिए । मुखबाट शिवलिङ्ग निकाल्दै, हातबाट खरानी झार्दै, अनि यस्तै बिभिन्न जादुगरीबाट उनले धेरैलाई प्रभाव पारेका थिए र छन् ।  उनलाई भगवान मान्नेहरु उनको कृपाबाट प्राप्त बिगुत (खरानी) को टिका लगाईदिए शरिरका रोगहरु हराउँने र बिरामी स्वास्थ्य हुने विश्वास गर्छन् । यदि उनी त्यस्तै शक्तिशाली थिए भने उनले यी शारिरिक कष्ट किन भोग्नु पथ्र्यो होला ? थोरै बिगुत खान्थे अनि अलिकति बिगुत निधारमा दल्थे, उनको सबै रोग यसरी नै बिसेक हुनु पर्ने होइन र ? यदि मृत्युलाई उनले वरण गर्न खोजेका हुन् भने उनले जानाजान सहज मृत्युवरण गर्दैनन् थिए होलान् ? फेरि भगवानका लागि मृत्यु र जीवनमा कति नै फरक होला र उनका भक्तहरुले यति विघ्न आत्तिनु पर्ने ? तर परिस्थितीले उनको हार देखाएको छ । उनी अध्यात्म र अलौकिक कुरा छोडेर भौतिकवादी सरह अस्पताल भर्ना भएका छन् ।

अन्त्यमा, साइबाबा एक चामत्कारी र प्रभावशाली व्याक्ती हुन् यो सत्य हो । उनमा एकसाथ अनेक मानिसमा प्रभाव पार्न सक्ने कला र विशेषता कायम थियो । यसमा विरलैको बिरोध हुनुपर्दछ । तर उनलाई भगवान बनाएर सम्पुर्ण ज्ञानलाई उनमै हराएर अन्धविश्वासी बन्ने कुराको मात्र बिरोध हो यो । उनलाई शिघ्र स्वास्थ्य लाभ होस् र, उनको यो बिग्रीएको स्वास्थ्यको सुधार सँगै सबैको अन्ध विश्वास हट्न सकोस् ।


2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खोइ के को हावा लागेर जादुगरलाई भगवान मान्दै हिडेका हुन् । साइबाबा एक जादुगर हुन् । र, उनका हजारौ राम्रा कुराहरु छन् तर पनि उनी भगवान होइनन् ।

Freedom Raj Pandey (Kalayaan) said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

kahi god pani sick hunchan ta ..yo ta aachamma..

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।