
घरको अधिकतम प्रयोग गरेर ठालु पल्टेकाहरुलाई आज विश्वभर नै सचेत गराईदैछ । खासमा यो घर जसले आफुलाई घरमुली या संरक्षक भनेर दाबी गर्छ, उबाट नै दिनानुदिन बिग्रदो छ । घरको अलिकति पनि वास्ता नगरि खाली आफ्नो दुनो सोझ्याउँने मात्र दाउ हेर्दा घर यस्तो भएको भन्नेमा कुनै घरमुलीले बिरोध पनि गर्दैन । तर समर्थन जनाएर मात्र घर बनिदैन । यति याद राखौं, आफुले बिगारेको घर अर्कोले सच्याई दिदैन, बनाई दिदैन । जति सकिन्छ चाँडो घरको सुरक्षाका लागि सोच्ने बेला भएको छ । बेला बित्न नपाओस् । मैले मात्र यस्तो गरेको हो र ? अथवा म एउटाले गरेर के नै हुन्छ र ? भन्ने जस्ता बहाना बनाएर कोही पनि उम्कन पाउँदैन अब । यसलाई चेतावनी हो भनेर बुझे पनि गल्ति हुदैन । वास्तवमा यो अप्रत्यक्ष चेतावनी नै हो ।
घर भनेको आफु बस्ने र आफुले बनाएको मात्र होइन । पृथ्वी हामी सबै प्राणीको घर हो । तर हामी पृथ्वीलाई हामी मानवको मात्र ठान्छौ । या आफुलाई यसको मालिक या संरक्षक मान्छौ । खोइ हामीले मालिक भएपछि कर्तव्य पुरा गरेको ? दिनदिनै प्रदुषणले पृथ्वी खराब हुँदै जादैछ । यहाँको वातावरण प्रतिकुल बन्दैछ । प्राकृतिक सम्पदाहरु या त रित्तिदै छन् या त बिग्रेर सम्हाली सक्नु छैन । यसको दोष हाम्रो हो, हामी सबैलाई थाहा छ । तर गरिब देशले धनीलाई र धनी देशले गरिबलाई दोष बोकाइदैछ । यसले पक्कै पनि पृथ्वीको वातावरण सुधार्दैन । हिजोका जंगलहरु आज शहरमा परिणत भएका छन् । विकाशको चरमताले विनाश तिर जादैछ पृथ्वी, हाम्रो घर । भन्न मन लाग्छ, सावधान घरमुली घरै नरहला । आजै देखि खाली ठाउँहरुमा रुखहरु रोप्ने हो र हरियाली बढाउँने हो भने पनि यो प्रतिकुलतामा उल्लेखनिय कमि आउँनेछ । हाम्रो घर पृथ्वी पनि सुरक्षित हुनेछ ।
यसैले चेतना विस्तारका लागि अथवा सबैलाई उत्तरदायी बनाउँन पृथ्वी दिवस मनाईदैछ । यो पृथ्वी दिवस अमेरिकी सिनेटर गेलर्ड नेल्सनको अगुवाइमा सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाउन सुरु गरिएको पृथ्वी दिवसको निरन्तरता हो । दुई वर्ष अघि संयुक्त राष्ट्रसंघले अप्रिल २२ लाई अन्तराष्ट्रिय पृथ्वी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सन् २०११ अन्तराष्ट्रिय वन वर्ष समेत रहेकाले यो वर्षको पृथ्वी दिवसलाई वन संरक्षण र हरियाली वृद्धिमा केन्द्रित गरिएको छ । यसैले यसपालीको पृथ्वी दिवसको नारा छ, हरियालीका लागि अरबौं प्रयास । आउँनुहोस् पृथ्वी हाम्रो घर रक्षाका लागि हरियाली बढाऔं । आजको दिनमा पृथ्वी आफ्नो घर प्रति समर्पण गर्दै एउटा मात्र भएपनि रुख रोपौं ।
एकपटक आफुलाई सोध्नुहोस् त, तपाईले कहिले रुख रोप्नु भएको छ ?
4 comments:
रुख रोप्ने मात्र हो भने पनि निकै समस्या हट्ने थ्एि । तर रोप्ने ठाउँ नै छैन काठमाण्डौंमा ।
a aaja ta earth day po raichha hai maile ta tha nai napako. BTW maile tree plantation chai gareko chhu hai.
save the earth. reduce the pollution.
to save earth and it nature. reduce, reuse and recycle
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।