जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सावधान घरमुली ! घरै नरहला !!

paniphoto earthday 2011
घरको अधिकतम प्रयोग गरेर ठालु पल्टेकाहरुलाई आज विश्वभर नै सचेत गराईदैछ । खासमा यो घर जसले आफुलाई घरमुली या संरक्षक भनेर दाबी गर्छ, उबाट नै दिनानुदिन बिग्रदो छ । घरको अलिकति पनि वास्ता नगरि खाली आफ्नो दुनो सोझ्याउँने मात्र दाउ हेर्दा घर यस्तो भएको भन्नेमा कुनै घरमुलीले बिरोध पनि गर्दैन । तर समर्थन जनाएर मात्र घर बनिदैन । यति याद राखौं, आफुले बिगारेको घर अर्कोले सच्याई दिदैन, बनाई दिदैन । जति सकिन्छ चाँडो घरको सुरक्षाका लागि सोच्ने बेला भएको छ । बेला बित्न नपाओस् । मैले मात्र यस्तो गरेको हो र ? अथवा म एउटाले गरेर के नै हुन्छ र ? भन्ने जस्ता बहाना बनाएर कोही पनि उम्कन पाउँदैन अब । यसलाई चेतावनी हो भनेर बुझे पनि गल्ति हुदैन । वास्तवमा यो अप्रत्यक्ष चेतावनी नै हो ।



घर भनेको आफु बस्ने र आफुले बनाएको मात्र होइन । पृथ्वी हामी सबै प्राणीको घर हो । तर हामी पृथ्वीलाई हामी मानवको मात्र ठान्छौ । या आफुलाई यसको मालिक या संरक्षक मान्छौ । खोइ हामीले मालिक भएपछि कर्तव्य पुरा गरेको ? दिनदिनै प्रदुषणले पृथ्वी खराब हुँदै जादैछ । यहाँको वातावरण प्रतिकुल बन्दैछ । प्राकृतिक सम्पदाहरु या त रित्तिदै छन् या त बिग्रेर सम्हाली सक्नु छैन । यसको दोष हाम्रो हो, हामी सबैलाई थाहा छ । तर गरिब देशले धनीलाई र धनी देशले गरिबलाई दोष बोकाइदैछ । यसले पक्कै पनि पृथ्वीको वातावरण सुधार्दैन । हिजोका जंगलहरु आज शहरमा परिणत भएका छन् । विकाशको चरमताले विनाश तिर जादैछ पृथ्वी, हाम्रो घर । भन्न मन लाग्छ, सावधान घरमुली घरै नरहला । आजै देखि खाली ठाउँहरुमा रुखहरु रोप्ने हो र हरियाली बढाउँने हो भने पनि यो प्रतिकुलतामा उल्लेखनिय कमि आउँनेछ । हाम्रो घर पृथ्वी पनि सुरक्षित हुनेछ ।

यसैले चेतना विस्तारका लागि अथवा सबैलाई उत्तरदायी बनाउँन पृथ्वी दिवस मनाईदैछ । यो पृथ्वी दिवस  अमेरिकी सिनेटर गेलर्ड नेल्सनको अगुवाइमा सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाउन सुरु गरिएको  पृथ्वी दिवसको निरन्तरता हो । दुई वर्ष अघि संयुक्त राष्ट्रसंघले अप्रिल २२ लाई अन्तराष्ट्रिय पृथ्वी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सन् २०११ अन्तराष्ट्रिय वन वर्ष समेत रहेकाले यो वर्षको पृथ्वी दिवसलाई वन संरक्षण र हरियाली वृद्धिमा केन्द्रित गरिएको छ । यसैले यसपालीको पृथ्वी दिवसको नारा छ, हरियालीका लागि अरबौं प्रयास । आउँनुहोस् पृथ्वी हाम्रो घर रक्षाका लागि हरियाली बढाऔं । आजको दिनमा पृथ्वी आफ्नो घर प्रति समर्पण गर्दै एउटा मात्र भएपनि रुख रोपौं ।



एकपटक आफुलाई सोध्नुहोस् त, तपाईले कहिले रुख रोप्नु भएको छ ?


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रुख रोप्ने मात्र हो भने पनि निकै समस्या हट्ने थ्एि । तर रोप्ने ठाउँ नै छैन काठमाण्डौंमा ।

Rohan Dhimal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

a aaja ta earth day po raichha hai maile ta tha nai napako. BTW maile tree plantation chai gareko chhu hai.

karan baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

save the earth. reduce the pollution.

Sohan BC said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

to save earth and it nature. reduce, reuse and recycle

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।