जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कांग्रेसको छलफल अलिक छिटो भयो कि ?



संविधान बनाउँने मिति सकिन अब एक महिना भन्दा केहि बढि मात्र छ । सबैलाई थाहा छ, आज दिन भरिमा सबै कुरा सकिने हो भने पनि संविधान जेठ १४ मा लागू हुन सक्दैन । समय बितिसकेको छ । पहिलो २ बर्ष र पछि थपेको १ बर्ष दलहरुले नाटक मञ्चन गरेरै सके । समय रहुञ्जेल सत्ताको नाटक गरिरहेका दलहरु अब समय सकिन लागे पछि संविधानको नाटक सुरु गरेका छन् । यसमा कांग्रेसको नाटक अझ हासोलाग्दो छ । अहिले आएर कांग्रेसले संविधान निमार्णका क्रममा देखिएका विवादित विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न विज्ञहरुसित छलफल सुरु गरेको छ ।त्यो पनि यहाँ हो र ? नगरकोटमा । यो त 'कोनी के गरिसक्यो, दैलो देख्यो' भने जस्तो भएन र साथी हो ? छलफल गरेजस्तो गर्नै लागेको भए जेठ १५ देखि थालेको भए पनि त हुन्थ्यो नि, छलफल अलिक छिटो भएन र भन्या ?




भएको र रहेको समय आफ्ना भातृसंस्थाको मुद्दाबाट माथि उठ्न नसकेको कांग्रेस अब जागेको छ । संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिले भक्तपुरको नगरकोटमा छलफल सुरु गरेको हो । छलफलका लागि सो समितिमा रहेका पौडेलसहित विमलेन्द्र निधि रमेश लेखक,नरहरि आर्चाय लगायतका नेता भक्तपुरको नगरकोट पुगेका छन् । समितिले सोमबार संविधानविद् प्रा।कृष्ण खनाल र पिताम्बर शर्मासित छलफल गरिरहेको छ ।



पछिल्लो चरणमा न्यायप्रणाली सम्वन्धी विवाद समाधानका लागि संवैधानिक अदालत गठन गर्ने विषयमा विवाद समाधान उपसमितिमा सहमति गरेकामा सो विषयमा पार्टी भित्र विवाद भएपछि सवै विवादित विषयमा पार्टीमा एक मत बनाउन छलफल थालिएको बुझिएको छ ।


2 comments:

Rahul Gautam said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

they think they are best democratic in the whole world. But its their image.

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ए कांग्रेसीजन हो सँधै इतिहासको कुरा गरेर नबस न । तिमीहरुमा देशको ठुलो अभिभारा छ । पुरा गर । अलिक अपडेट हुन सिक न ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।