जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भान्सामा औषधी- लसुनको नालीबेली


paniphoto health 01 स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन: सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, लसुन ।
बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरू रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला अझ दुखाई पनि बढि छ भने त जसरिपनि डाक्टरकहाँ दगुर्नै पर्‍यो मन नलागि नलागिपनि । गयो औषधी भक्कु लेखिदिन्छन् अनि कतिपय औषधी राम्रो भन्दा झन असर पुर्‍याउँछ । तर अमेरिकी वैज्ञानिकहरूले दुखाई कम गर्नको लागि चाहिँ उपाय सुझाएका छन्- लसुन खाने ।



उनीहरूको भनाईमा लसुन एकदम शक्तिशाली प्रक्रितिक एन्टिबायोटिक हो । डाक्टरी औषधीले झैं लसुनले शरीरका लाभदायक ब्याक्टरीयाहरु मार्दैन । लसुन एन्टिभाइरल र एन्टि फङ्गलपनि हुन्छ । त्यति मात्रै हो र ? दिनदिनै केही पोटी लसुन खाने हो भने इन्फेक्सन (घाउ पाक्ने) क्रम रोकिन्छ, छिटो सुक्छ ।
paniphoto health 02
कसरी थाह पाए त यो ? अमेरिकीहरुले परीक्षण गरे । लसुन तिन महिनासम्म नियमित तरिकाले खाँदा सात जना एड्सका रोगीहरूको टी सेल (टी भनिने कोष) सामान्य देखियो । उनीहरूले प्रति दिन दुई देखि चार वटा पोटी लसुन मात्रै खान्थे । टी सेल एड्स पाक्ने मुख्य कोष हो । एड्सका रोगीहरुमा मात्रै होइन कि अरू रोगमापनि यो प्रभावकारी देखियो । झाडा पखाला, यौनांगमा साना साना बिबिरा उठेर दुख्ने, छाला पाक्ने, अनुहार र अन्तपनि राता राता मसिना दाद जस्ता धब्बा देखिने लगायतका समस्यामापनि फलदायी देखियो । डायबिटिज, एलर्जी, दाँतको दुखाई, क्यान्सर, ठण्डी, मुटुको रोग र उच्च कोलेस्टेरोल नियन्त्रण गर्नपनि लसुन उपयुक्त भएको दाबी उनीहरूले गरेका छन् ।

तर उपचारको लागि खाने लसुन पकाउनु नहुने उनीहरूले बताएका छन् । लसुनका पोटी पिँध्ने र खानु पहिले करिब १० मिनेट खुल्ला राख्नुपर्ने सुझाव दिएका छन् । काँचो लसुन खाँदा नमीठो हुन्छ भने यसो गर्न सकिन्छ- चार पोटी लसुन पिँध्ने । दुई वटा गोलभेँडा काट्ने । ए उटा कागती निचर्ने । त्यसको जुस बनाएर खाने । स्वाद को लागि अलिकति नुन राख्न सकिन्छ। मेशिन छैन भने हातै मिहिनसित पिँधेर पनि जुस खान सकिन्छ । तपाइको शरीरमा इन्फेक्सन  छ भने दिनमा केहि पटक यस्तो जुस लिन सकिन्छ ।
लसुनको इतिहास
करिब पाँच हजार बर्ष पहिले देखि लसुन मानिसको खानपानसँग जोडिएको छ । प्राचिन इजिप्टमा पहिलो पटक लसुन रोपीएको मानिन्छ । इजिप्टका पिरामिडहरुमा लाशलाई जोगाउँनका लागि पनि लसुनको प्रयोग गरिन्थ्यो । प्राचिन ग्रिक र रोमनहरु पनि यसको व्यापक प्रयोग गर्थे । 
मानिसहरुको बसाइसराईसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । इशापुर्व छैटौं शताब्दिमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहास पाईन्छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमश लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो । बितेका केहि बर्षदेखि यसको प्रयोगले अचम्मको व्यापकता पाइरहेको छ । यसको प्रमुख कारण यसको फाइदा नै हो । 
अहिले चीन, दक्षिण कोरिया, भारत, स्पेन र अमेरिका यसका प्रमुख व्यावसायिक उत्पादक मुलुकहरु हुन् ।
कहाँ र कसरी संग्रह गर्ने ?
ताजा लसुनबाट अधिकतम फाइदा पाउँने भए पनि यसको धुलो, पेस्ट तथा अन्य रुप पनि फाईदाकारी नै हन्छ । लसुनका पोटीहरु राम्रो स्पस्ट छुटिने लसुननै राम्रो हुन्छ । लसुन कत्रो छ भन्ने कुराले यसको गुण निर्धारण गर्दैन । यसैले लसुनको आकारमा भन्दा यसको वासना र ताजापनमा विचार गर्नु उत्तम हुन्छ । लसुन बर्षभरि नै बजारमा सजिलै किन्न पाइन्छ । तर यसलाई संग्रह गर्ने हो भने चिसो र सुख्खा ठाउँमा सुर्यको प्रकाशले प्रत्यक्ष नभेट्ने ठाउँमा राख्नु पर्छ । यसो गर्दा यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।



2 comments:

आकाश पाठक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जाकारीको लागि धन्यवाद । अरु अरु कुराको पनि जानकारी दिनुहोला है ।

Sana Gahatraj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

informatic

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।