९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्।
बुधबार अकस्मात् एउटा समाचार आयो- अनुजा बानियाँ नामकी २२ वर्षीया युवतीले बसमा हिराको हारसहित ९१ लाख रुपियाँको पोको भेट्टाइन्। अनि घर लगिन् र जसको हो खोजेर उसैलाई फिर्ता गरिन्। अझ अचम्मको कुरा- ती पैसावालले उनलाई यसरी फिर्तावापत दिएको २ लाख रुपियाँ वा हिराको हार लिन मानिनन् । हावासरी फैलिएको समाचारसँगै उनलाई बधाइ दिनेको भिड नै लाग्यो। हुँदाहुँदा राष्ट्रपति र जागिरको अन्तिम समय बिदास्वरुप मनाइरहेका प्रधान न्यायाधीशसमेतले उनलाई बधाई दिए। राष्ट्रपतिले त आफूलाई भेट्न आउने निम्तोसमेत दिएको उनका सहायकलाई उदृत गर्दै खबर सार्वजनिक भयो।
घटना जम्माजम्मी यति हो। तर यसले घटनाको विवरणभन्दा पनि बढी प्रश्न खडा गरेको छ। ९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्।
पैसा पाउनेले झोलै नहेरी घर लगेको र भोलिपल्टमात्र हेरेको बताएकी छिन्। पोको लिएर जान सक्नेले भोलिपल्टसम्म नहेरी बस्न सक्छ ? कौतुहलता रोक्ने क्षमता उनमा कसरी विकास भयो ? के उनी कुनै असाधारण मान्छे हुन ? अनि उनले आफूले फोन नं. पत्ता लगाएर त्यो पैसा हराउनेवालालाई बोलाएको अनि सलले छोपेर लगेर बजारमा दिएको बताएकी छिन्। के पैसामा सम्पत्तिवालाको फोन नं. पनि हुन्छ ? पैसा भएको झोलामा डायरी हुन्छ नै भन्ने छ ? डायरी भए पनि त्यसमा सम्पर्क नम्बर हुन्छ नै भन्ने के छ ? त्यसैले 'काकापट्टिको न मामापट्टिको' मान्छे, जो हुलियाविनाको छ, उसको नम्बर पत्ता लगाइवरी पाएको ठूलो सम्पत्ति फिर्ता दिने कुरा 'एकादेश' मा मात्र सम्भव हुन्छ।
पैसा हराएका भनिएका मानिस पुरुषोत्तम पौडेल नामक व्यक्ति (जो कसैको सम्पर्कमा छैनन्, न अनुजाले नै उनको नम्बर दिन सकेकी छिन्, जसको थरसमेत कतै पौडेल र कतै पोखरेल भनेकी छिन् उनले) ले घरजग्गा किन्नका लागि उक्त पैसा लाँदै गरेको बताएका छन्। घरजग्गा किन्नकै लागि हो भने त्यतिबेला दिनुपर्ने पैसा ४० लाख रुपियाँभन्दा माथि नगद कारोबार गर्न पाइन्न। चेक चाहिने सरकारी नियम छ। यस्तो नियम हुँदाहुँदै उनले नगदै किन लगे ? यो अर्को अपत्यारिलो तर्क छ।
यो दुनियाँमा को त्यस्तो व्यक्ति छ, जसले इनामवापत दिइएको रकमसमेत लिन मान्दैन ? त्यसमाथि पनि दुई दुई लाख ! साधु सन्तले समेत र्याल चुहाउने र महादेवका समेत तीन नेत्रका रुपमा परिचित 'धन', त्यसमाथि धेरै नेपालीको सपना 'हिराको हार' नरुचाउने व्यक्ति साधारण हुनै सक्दैन। अनि ती पौडैल/पोखरेल कति भलाद्मी रहेछन्, जो त्यत्रो पैसा हराउँदा पनि प्रहरीमा उजुरीसमेत गर्न गएनन्। लुसुक्क घर फर्के। जसलाई देखेर प्रहरीसमेत छक्कै परेको छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त पैसावालले आइएमइबाट पैसा झिकेर लैजाँदै गरेको बताएका समाचारमा आएको छ। जबकि यति धेरै पैसा त्यो दिन उनले झिकेको भनिएको इटहरी शाखाबाट भुक्तानी नै नभएको यसका पदाधिकारीले बताइसकेका छन्। अचेल ब्याङ्कहरुले अलि धेरै पैसा झिक्ने ग्राहकलाई सुरक्षा माग गरेमा घरै वा गन्तव्यसम्मै सुरक्षा दिएर पुर्याइदिने व्यवस्था छ। यस्तो अवस्थामा उनले सार्वजनिक बसमा यति धेरै पैसा लैजाने अवस्था नै आउँदैन।
यस्तो अवस्थामा सत्य-तथ्यविना कसैले ठट्टा गरिदिएकै भरमा समाचार बनाउने सञ्चार माध्यमले समाचारका सामान्य सिद्धान्तसमेत पालना गरेको देखिन्न। पैसा पाएको भन्नेले त्यो किन प्रहरीलाई खबर नगरेर घर लगेको ? उनले ब्याग पाएको भनिएको दिन इटहरीको आइएमइ शाखाबाट त्यत्रो रकम भुक्तानी भएको थियो वा थिएन ? जस्ता प्रश्नको उत्तर, जुन सामान्य समाचारका लागिसमेत आवश्यक हुन्छ, यसतर्फ ध्यान दिएको पाइन्न। अर्कोतर्फ हराएको त्यत्रो पैसा पाउने 'भाग्यमानी' को प्रतिक्रिया पनि आवश्यक ठानिएन।
खबरवालाले त खबर दिए दिए। मुलुककै प्रमुखको बागडोर सम्हालेर बसेका राष्ट्रपतिले किन यति हतारमै उनलाई फोन गरिगरी धन्यवाद दिनुपर्यो भन्ने रहस्य पनि बुझ्न सकिएको छैन। यसले एकातिर राष्ट्रपतिको फुर्सदिला दिन प्रष्ट्याउँछ भने अर्कोतर्फ उनलाई कस्ता हल्काफुल्का विषयवस्तुले आकर्षित गर्दोरहेछ भन्ने रहस्य पनि खुलेको छ। हुँदाहुँदा प्रधान न्यायाधीशमात्र हैन, मुलुककै 'ठूला लेखक', 'समाजसेवी', 'अर्थविद्' आदिसमेत अनुजाको गुणगान गाउनमा हतारिए। यथेष्ठ तथ्य र प्रमाणहरु जुटाएर त्यसैका आधारमा मात्र बोल्ने आदत परेका न्यायमूर्तिसमेत यसरी हतारमा प्रतिक्रियाका लागि लालायित हुन्छन् भने अरुलाई के नै भन्ने ?
अनुजा बानियाँ त चर्चामा आइन् यो घटनाले, उनलाई फाइदै भो। के उसै त विभिन्न आरोप खेपिरहेको नेपाली सञ्चार माध्यमलाई पनि यो 'अनुजाको पिपली लाइभ संस्करण' ले फाइदै देला त ?
यो लेख नागरिकन्यूजबाट लिएको हो ।
10 comments:
हामी नेपालीहरु कति मुर्ख छौ, तिमीले प्रमाणित गरेर देखाइदियो । तिमीलाई धन्यवाद छ, अजुना । तिम्रो लही लही मा लाग्ने अरु पो के तालका ?
नेपालीहरुको पचाउने सक्ने क्षमता अति क्षीण भएपनि पत्याउन सक्ने दिगम्बर मष्तिस्कको बयान गरी साध्य छैन । यस्तै मनगढन्ते कुराको सिलसिलामा एउटा सत्य प्रसंग जोड्नु मन लाग्यो । धेरै बर्ष अगाडि भारत उत्तर प्रदेशका एकजना ढोंगी साधुवावाले गेरुवस्त्रको ठूलो चादर भुईंमा ओच्छ्याएर नवलपरासीको त्रिवेणी धाममा साधनामा तल्लीन भएछन् । नेपाली मूलका उनका एकजना सहयोगीले तिनै चामत्कारिक साधुवावाको विलक्षण चमत्कारको प्रशंशा र प्रचार गर्दै हिँड्न थाले । एक कान, दुई कान, मैदान हुँदै छापा तथा रेडियो नेपालले पनि त्यस हल्लालाई देशव्यापी समाचार बनाईदियो । साधुवावाले त्यस स्थानमा ध्यान वस्नु अघि आफु ध्यान गर्न बसेको जमीन विस्तारै माथि उचालिँदै जानेछ भन्ने आश्चर्यको कुरा सुनाएपछि हुन पनि वावाले भने अनुरुप गेरु कपडाले ढाकेजति भाग उचालिँदै गएछ । हेर्न आउने भक्तालु (?) हरुको भीड त्रिवेणीधाममा थामी नसक्नुभएछ । त्यसै हल्लाको लहैलहैमा लागेर तत्कालिन श्री ५ ( श्री शुन्य हुनु अगाडि ) धीरेन्द्र वीर विक्रम शाहदेव पनि त्यहाँ दर्शानार्थ पुगिबक्सिएछ । मौसूफ पुगेको मिती सम्ममा साधुवावा ध्यानमा रहेको कपडाले ढाकेको जति जमीनको निश्चित भाग उचालिएर २ फिट पुगिसकेको रहेछ । त्यस दैवी (?) चमत्कार देखेपछि मौसूफबाट त्यहाँ मन्दिर निर्माणार्थ २ लाख रुपैँया पनि प्रदान गरिबक्सिएछ । त्यहि २ लाख प्राप्त गरेको साँझमा अन्यत्रबाट संकलित मन्दिर निर्माणको लागि प्राप्त लगभग ४, ५ लाख गुट्मुट्याएर नेपाली भक्त र साधुवावा हावामा कावा खाँदै अन्तध्र्यान भएछन् । भोलीपल्ट स्थानीयवासीले कपडाले ढाकिएर राखिएको उक्त उचालिएको भाग खोदाई गरेर हेर्दा त पानीले ढाडिएर जुँगा पलाईसकेको चनाको थुप्रो खाल्डो भित्र देखेपछि त्यसको राज जान्न पुगेछन् । मनगढन्ते भाषणमा जनतालाई १ बर्षमा ३६६ बाट ढाँटेर आश्वाशन बाँडने नेताको बोलीमा त विश्वाश गर्ने महामुर्ख,बुद्धु ,लाछी बेवकुफ नेपालीलाई अलिकति अक्कल लगाएर तयार गरिएको अनुजाको “९१ लाख” नामक नाटकमा झुक्किए भनेर दंग पर्नु त्यति अचम्मको कुरा होइन । कहिले युनिटीलाई माखे साङ्गलोमा पार्न सक्ने, कहिले आफुले भने अनुसारको माग पुरा नगरिदिए मनपरि लेखिदिने पत्रकार महाशयहरु कोठामा बसेर न्युज संकलन गर्ने कोठे पत्रकारिताको माखे साङ्गलोमा आफैँ पर्न पुगेकाछन् । राष्ट्रपति यादव त उनका निजी व्यक्तिले प्रवाह गरेको भरमा झुक्किएर अलिकति गहिराईमा नपुगी प्याच्च शुल्कविहिन धन्यवाद प्रक्षेपण गरिदिए । कठै ति पत्रकार महोदय, कोशी वारि डिलमा थुचुक्क बसेर कोशी पारीको झिँगे माछाको खुट्टा, टाउको र ज्यानको नालीवेली लेख्ने पत्रकार हुन कि पर्चाकार हुन् ? हचुवाफिकेशनमा गरिएको समाचार प्रवाहले अरु त एकछिन उल्लु भए विचरा ति पर्चाकारको पर्चाकारिता माथि सधैँको लागि प्रश्नचिन्ह खडा भएन त ?
छि मलाई त पहिलेनै यो समाचार आउदा नै लागेको थियो कि येस्मा कुनै रहस्स्य छ अनि बिस्स्वस्नै लागेको थिएन कि एस्तो पनि हुन्छ भनेर किनकि अहिलेको जमाना मा पैसा देखेपछि महादेवको को त्रिनेत्र हाहा अनि अनि त्यो ६५ बर्सिय पैसा लिने बूढा चै कहाँ छ अपराधीलाई खोज्नु सारो तर नोर्मल मान्छे भए त कुनै सारो छैन नि त्यो सबै माथि नाम उल्लेख गरेको मान्छे हरु बटुल्नु पर्यो अनि सत्य तथ्य के हो चुत्त्यौनु पर्यो नि अब हुनत त्यो सबै काल्पनिक मान्छे हरु होला अनि कहाँ बट्टा फेला पर्चनी हाहा अनि कस्तो भोलि को परिणाम के हो हुन्छ भनेर सोच्नु नसक्ने ले केको इमान्दारिता को ढोंग फुकी राको होला !!!!!!!!!!!!! हुनत नेपाल मा जसले जे गर्दा नि हुन्छ यो सबै हाम्रा भात मार नेत्ता हरुले गर्दा एस्तो भाको तेसैको फाइदा उठाएको होनी हैन हो भारतीय भारदार हरुले जे गरे पनि हामी त नेपाली होनी तेत्ति सारो तल नागिर्नुना सारै आची खाने जस्तो हुन्छ के !!!!!!!!!!!
मलाई त मिडिया हरु को कमजोरी लाग्छ सत्य र तथे नाबुजी लेख्ने पत्रिका छपाई भाका भक बिक्रि गर्न पाए भै हाल्यो नि जब कि आफ्नो पर्सनल कुरामा पनि एस्तो सबै लाई जुकौने कस्तो हेपा केटि रहिछ तर केटि को के दोस मिडिया भनेको सते र समान समाचार छाप्ने हो तर जसले जे छाप भन्छ तेहिछापने हाम्रा देस का मिडियाहरु धने छन्
she must be psycho.
Yup yaar!
K hamra aam sanchar madhaim lay sachai news napayara nai yeto sayta hin kura ko pachi lagayka....!
article khera gayo.. bichara!!!
she so fakeeeee n nonsense......
Malai ta Media sanga titha lagchha...........There must be justification behind news.....vatko lagi news paper ma ingage huneharu.....?
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।