जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label जस्ताको त्यस्तै. Show all posts
Showing posts with label जस्ताको त्यस्तै. Show all posts

प्रचण्ड र वैद्यको मिलनविन्दु निकै टाढा छ

-राजेन्द्र महर्जन, विश्लेषक-
माओवादी आफ्नो जीनवकै अत्यन्त जटिल मोडमा पुगेको छ । माओवादीभित्रको विवादले उसलाई त घाटा छँदैछ । त्यसको मार शान्तिप्रक्रिया र संविधान लेखन तथा मुलुककै समग्र राजनीति र जनताको भविष्यमा समेत पर्ने निश्चित छ ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यका प्रस्ताव अध्ययन गर्दा दुई पक्षबीचको मिलनविन्दु निकै टाढा देखिन्छ । उपाध्यक्ष वैद्यको प्रस्तावमा तर्क र तथ्य धेरै न्यून र आरोपहरुको थुप्रो धेरै छन् । वैद्यले काउण्टरमा ल्याएको आफ्नो फरक मतमार्फत खासगरी मुख्य नेतृत्वमाथि बढी आक्रमण केन्द्रित गरेको पाइन्छ । पार्टीभित्र पार्टी, संगठनभित्र संगठनको अवधारणाअनुसार वैद्य पक्ष अगाडि बढेको छ ।

'सर ! अब म के गरौँ ?

-गोविन्द अधिकारी-
अगिल्लो साता लाजिम्पाटमा रुट नं ५ को माइक्रोबस चडेर सुन्धारा आउँदा बाटाभर एकजना भलाद्‍मी टेलिफोनमा कुराकानी गर्दै थिए। सुरुमा त उनका कुरामा मैले ध्यानै दिइन। लैनचौर आइपुगेपछि हनुमान ढोकामा थनाएको प्रसंग सुनेर कान ठाडा भए। उनले लैनचौरबाट भद्रकालीसम्म आइपुग्दा मोबाइलमा गरेको कुराकानी र बिलौनाको सारांश :

कहिलेकाहीं त लाग्छ (अमेरिकाबाट) तुरुन्त नेपालै फर्किऊँ ।

-दिनेश कार्की-
दुइ वर्ष अगाडि जर्मनीमा भेटिएका एकजना प्रोफेसरलाई सोधेको थिए, फरक देश र पृष्ठभूमीको व्यक्तिले फरक स्थानमा फरक सँस्कृति र पृष्ठभूमीका जनताका लागि पत्रकारिता गर्न कत्तिको गाह्रो हुन्छ । त्यतिवेला उनले मेरो प्रश्नको आसय राम्रोसँग वुझेनन् वा प्रश्न सान्दर्भिक ठानेनन्, मलाई उनले चित्त बुझाउन सकेनन् । त्यो कुरा चुनौतिपूर्ण लागेर नैं संभावनाको उत्तर अपेक्षासहित मैंले उनलाई उक्त प्रश्न सोधेको थिएँ । म चाहन्थें, केही मेहनत पछि सम्भव छ भन्ने उत्तर । किनभने त्यतिबेला रमेर पत्रकारिता गरिरहेको मेरो भाग्यमा डाइभर्जिटि भिसा (डिभी) बाट अमेरिका आउने कुरा लगभग तय भइसकेको थियो । डिभीको फर्स्ट लेटर आइसकेको थियो ।

एनआरएन अर्थात उपेन्द्र महतो ?

-ओम थापा-
गैरआवासीय नेपाली (एनआरएन)लाई सम्भवत अहिलेसम्म यति धेरै आलोचना कहिल्यै गरिएको थिएन । एनआरएनले प्रतिवद्धता गर्ने पुरा नगर्ने विषयले मात्र अहिले प्राथमिकता पाएन त्यस भित्रको व्यवस्थापकीय कमजोरी पनि आलोचनाको विषय बन्यो । एनआरएनको एक दशकको इतिहासमा अध्यक्ष चयनका लागि सहमति गर्नु अघि ककस कार्यक्रममा पाखुरा सुर्कने काम समेत भयो । भलै अघिल्लो दिन मन माझेका अध्यक्षका दुई प्रत्यासी भोलिपल्ट ङिच्च हाँस्दै सहमति भयो भनेर पत्रकार सामु उपस्थित भए ।

एनआरएनका विषयमा कति धेरै आलोचना भयो भने, केही मिडियाले सरकारी खर्चमा एनआरएनको दशैं वा छुट्टीमा घर आउँदा फाइभस्टार पिकनिक समेतका हेडलाइन बनाए । विभिन्न फोरममा नेताले, मिडियामा पत्रकारले र चिया चोकमा सर्वसाधरणले हावा गफ गरेर एनआरएनलाई हावामा उडाए । यति धेरै आलोचनाको पछिको एउटा मात्र कारण थियो, एनआरएनको पुरा नभएको प्रतिवद्धता । त्यो प्रतिवद्धता थियो, नेपाललाई समृद्ध बनाउन एनआरएनको लगानीको प्रतिवद्धता ।

यसरी गरिन्छ विदेशमा नेपालको प्रर्बद्धन

-राजन प्रधानाङ-
मलाई थाहा छैन, के चीजले मलाई यी कुराहरु तपाईमाझ सेयर गर्ने अबस्थामा पुर्‍यायो । नेपाली राजदूतावास र नेपाली कन्सुलेट जनरल ओशाकाको आयोजनामा शुक्रबार ओशाकामा भएको नेपाल पर्यटन बर्ष प्रर्बद्धन कार्यक्रममा भाग लिन म, मित्र हरिराज ढकालसहित केही सम्मानित ब्यक्तित्वहरुलाई आमन्त्रित गरिएको थियो ।

स्वागत, सत्कार र खानाको स्वाद निःसन्देह सदाझैं राम्रो थियो । आगन्तुकहरुलाई दूतावास र कन्सुलर जनरलका कर्मचारीले राम्रो सत्कार गरे, त्यसका लागि उहाँहरुलाई धन्यवाद दिनै पर्छ । तर, कार्यक्रम भइरहँदा मलाई धेरै कुरा खड्किएको लाग्यो । जुन ढंगले नेपाल पर्यटन बर्ष प्रर्बद्धनको कार्यक्रम गरियो यो पूर्णतया गलत तरिकाले गरियो । करिव १ सय ५० जनाको समूहमा रहेका मानिसवीच एउटा सानो हलमा नेपालको पर्यटन प्रर्बद्धनको कार्यक्रम आयोजना गरिएको थियो ।

प्रधानमन्त्री-प्रचण्ड चिसै पानीले नुहाउने सुरमा

गाउँठाउँतिर एउटा प्रचलित कहानी छ । एक दिन जाडोको बेला श्रीमानले श्रीमतीलाई भनेछन्- ‘छिटो पानी तता, मलाई नुहाउनुपर्यो ।’ श्रीमानको व्यवहारले सधैं हैरान भएकी ती श्रीमतीले श्रीमानको कुरा टेरपुच्छर नै लगाईनन् । श्रीमानले फेरि झपारे-’पानी तता भने । नत्र…………..।’ श्रीमती पनि के कम । ‘तताउँदिन के गर्छौ ?’ भन्दै आफ्नो काममा लागिन् । केही जोर नचलेपछि श्रीमानले भनेछन्-’उसोभए चिसै पानीले नुहाउँछु ।’
मन्त्रिपरिषद पुनर्गठनको विषयमा माओवादी र प्रधानमन्त्रीको घुर्की अहिले ठ्याक्कै यस्तै भएको छ ।

गुण्डाराजको प्रमुख कारक प्रधानमन्त्री र एमाले नेताहरू

Photobucket
समाचार लेखिएको निहुँमा युथफोर्सबाट पिडित पत्रकार खिलानाथ ढकाल
-खिलानाथ ढकाल-
त्यस रात आक्रमणकारीको हातबाट फुत्किन नसकेको भए यसरी नागरिकमा झुल्किने अवसर सम्भवतः पाउने थिइन। मार्नै लागेका बखत निकालेको एउटा जुक्तिले मैले नयाँ जीवन पाएको छु। मध्यरातमा नेकपा (एमाले) को युथफोर्स कार्यकर्ताबाट पिटिँदा लागेका घाउमा खाटा बस्न थालेको छ। नोबेल मेडिकल अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न बसेको करिब दुई साता पुग्न लागेछ। नाकको शल्यक्रिया सकिएपछि अलि सजिलो लागेको थियो। गाँस टिप्न थालेको एक दिन भयो।

हरिवंश दाइ, यसो गरे कसो होला ?


-मिलन तिमिल्सिना-
हरिवंश दाई, तपाईंले हसाउँदा पेट मिचिमिची खित्का छाडेर हाँस्ने समस्त मान्छे अहिले तपाईंसँगै रोएको छ । तपाईंले आर्यघाटमा जीवनसंगिनी मिराको शवलाई एकटकले हेर्दै आँखा पुछ्दा देख्नेसुन्नेको पनि आँखा रसाएको थियो । तपाईंको जस्तै धेरैको आँखाको डिल कालो भएको थियो । अनुहार मलिन र उदास थियो । उफ्……..भन्दै अहिले पनि धेरैले सुस्केरा हाल्दैछन् हरि दाई । सधैं हँसाईरहने मान्छे आफैं रुँदा कसको मन थामिन्छ र दाई ? पत्नीवियोगले तपाईं रुनुभयो । मातावियोगले छोराहरु रोए । पत्नीपछिको तपाईंको अर्को जोडीले त झन् कसरी मन थाम्न सक्थे र ? मदनकृष्ण पनि तपाईंसँगै बसेर रोए । कलाकार रोए । पत्रकार रोए । व्यापारी व्यवसायी रोए । टेलिभिजनको पर्दामा तपाईं देखिने बित्तिकै हाँस्ने सबैजना रोए ।

"अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,”


-मोहन मैनाली-

धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि खेलिछन् क्या रे) ले रु. ९१ लाख नगद र हिराको हार फेला पारिन। केही दिन घरमा राखिन र जसको हो उसैलाई फर्काइन।यो नाटक केही समयसम्म सत्य ठहरियो। यस प्रशंसनीय कामको समाचार प्रचारप्रसार भयो। सबैजनाले उनको राम्रो कामको प्रशंशा गरे। राष्ट्रपतिसम्मले फोन गरेर उनको तारिफ गरे। यसको केही दिनमै अनुजाका बारेमा सञ्चार माध्यमले शंका गर्न थाले। अर्थात पत्रकारहरुले केही दिन पहिले जे समाचार पठाएका थिए त्यो असत्य भएको समाचार पठाए। “अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,” अंग्रेजी भाषामा लेख्ने साहित्यकार मार्क ट्वीनले भनेका थिए। उनी मरेको १०१ वर्ष भइसकेको छ। उनले कम्तिमा पनि १०१ वर्ष अघिको पत्रकारिताका बारेमा यस्तो टिप्पणी गरेको हुनुपर्छ।

खै के खै के ! अनुजाको 'पिपली लाइभ' संस्करण

 ९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्। 

कतिसम्म गर्न सक्छ चौधरी ग्रुपले ?


पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई, डाल्डा घ्यु लगायतका वस्तु बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। कर र जरिवाना तिरेर झण्डै पाँच करोड रुपैयाँ चौधरीले तिर्नुपर्‍यो। यो मुद्दा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए। चौधरीको यही बैंक खाताबारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी छतबाट खसेर मरे। भन्ने बेलामा यसलाई कानुनी रुपमा ‘आत्महत्या’ भनियो। नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल पर्छ। तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले यससम्बन्धमा गरेको अनुसन्धानपछि यही तथ्य फेला पारेको थियो। चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेका थिए। यसका लागि प्रशासनले समेत सघाएको थियो। पैसाको रवाफका कारण यो समाचारलाई कुनै मिडियाले प्राथमिकता दिएन। त्यतिबेला वैकल्पिक मिडिया पनि थिएनन्। तर सत्य लुकाइए पनि मेटिएको छैन। हेर्नुस्, धेरैलाई थाहै नदिई लुकाइएको घटनाबारे मानवअधिकारवादी संस्थाहरुको स्थलगत अध्ययन टोलीको प्रतिवेदन जस्ताको तस्तै-

विनोद चौधरीलाई प्रश्न : कति पानीमा हुनुहुन्छ महोदय ?

चौधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र कान्छा भाई अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी नक्कली भ्याट बिल प्रकरणमा फसेका छन् । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट ६ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारिअनुसार सिजी फुडबाट पनि झण्डै १० करोड रुपैयाँका नक्कली भ्याट विल फेला परेको छ ।
आज सोमबारका छापा विनोद चौधरीमय भएको छ, कारोबार दैनिकले कारोबारी समाचार लेखेको छ, कान्तिपुरले विनोद चौधरीको विज्ञापन वक्तव्य छापेको छ । कारोबारी समाचार छपाउने र विज्ञापन वक्तव्य लेख्ने विनोद कति नटवरलाल छन्, त्यसका लागि सबैभन्दा पहिले यो समाचार । अनि चौधरीले उठाएका प्रश्नको जवाफ ।

“के महात्मा गान्धी ‘गे’ थिए ?”


महात्मा गान्धी सबैभन्दा बायाँ र उन्को ‘गे’ सम्वन्ध
भएको भनिएका हरमन दायाँ ।

भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीका विषयमा अहिलेसम्म थुप्रै यौनचर्चा भैसकेका छन् । गान्धीका विषयमा हुने अधिकांश यौनचर्चामा उनी ब्रम्हचार्य हुँदाहुँदै पनि कसरी महिलामित्रसँग यौन क्रियाकलापमा सहभागी हुन्थे भन्ने उल्लेख हुने गरेका थिए । तर अहिले एक जना विदेशी पत्रकारले गान्धीको रुची महिलासँग नभई पुरुषसँग थियो भन्ने दावी गरेका छन् । उनले गान्धी ‘गे’ भएको र जातीयता विरोधी नभई पक्षधर भएको दावी पनि गरेका छन् ।

हल्ला फैलाउनेहरुदेखि सावधान

परमाणु प्लान्टमा विस्फोट भएर हानिकारक विकिरण चुहिएको जापान सरकारले पुष्टि गरिसकेको छ। अब एसियाली देशहरुले आवश्यक सावधानी अपनाउन जरुरी छ। यदि पानी पर्‍यो भने पहिलो २४ घण्टासम्म घरभित्रै बस्नुस्, झ्याल र ढोकाहरु बन्द गर्नुस्, बेटाडिनसहितको कपडाले घाँटीको छाला छोप्नुस्। विकिरणले पहिला थायरायडमा आक्रमण गर्छ। थप सावधानी अपनाउनुस्। विकिरण आजै करिब चार बजे फिलिपिन्समा पुग्न सक्छ। यदि आज वा आगामी केही दिनभित्र हङकङमा पानी परे पानीमा नभिज्नुस्। यदि तपाईँ बाहिर हुनुहुन्छ भने छाता वा रेनकोट प्रयोग गर्नुस्, सिमसिममात्र पानी परेको भए पनि। पानीमा हुनसक्ने रेडियोएक्टिभ वस्तुहरुले पोल्ने, एलोपेसिया हुने वा क्यान्सरसम्म गर्न सक्छ। कृपया यो सन्देश अरुलाई पनि बाँड्नुस्।

के तपाईँले बीबीसीको नाम उल्लेख भएको यस्तै इमेल पाउनु भएको छ ? के यस्तै सन्देश फेसबुकमा देख्‍नुभएको छ ? त्यो पढेर डराउनुभएको छ ? नडराउनुस्। यो हल्ला फैलाउनेहरुको नचाहिने काम हो।

जापान प्रकृतिको विपत्तिबाट जुध्दैछ। अनि त्यसैमा मज्जा लिन चाहने केही विकृत मानसिकता भएकाहरुले यस्तो हल्ला फैलाएका हुन्। के हो त वास्तविकता ?

यो आन्दोलन, सपना र मेरा नजर


प्रा.डा. अभि सुवेदी
आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो। तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन। मूलतः आन्दोलन सहर र सकडमै हुन्छ। आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ ।
अहिले एकीकृत नेकपा माओवादीले सडकमा जे गरिरहेको छ, यो पनि आन्दोलन हो । किनभने, उनीहरू निश्चित अनुशासनभित्र रहेर आफ्नो उद्देश्यप्राप्तिका लागि लडिरहेका छन् । यो दिशाहीन र ध्वंसपूर्ण पनि छैन। किन आन्दोलन गरिरहेका छन् ? यसमा उनीहरूले प्रस्ट विचार अगाडि सारेका छन् । कसैलाई उनीहरूको तर्क सही लाग्ला, कसैलाई गलत । तर, हामीले नागरिक भएर हेर्दा उनीहरूसँग आन्दोलनका केही बलिया आधार छन् भन्ने लाग्छ । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेका कदमपछि बनेको सरकार जनताप्रति अनुत्तरदायी भएकै हो । सरकारले शान्तिप्रक्रिया र संविधान बनाउनुभन्दा पनि सत्तालाई बढी ध्यान दियो । जिम्मेवार मन्त्रीहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडे । विदेशी शक्तिको हस्तक्षेप बढेर गयो । यस अवस्थामा माओवादीले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधीनता’को विषयमा उठाएका मुद्दाको आधार त्यति कमजोर देखिँदैन । यी कुराको समीक्षा गर्दा उनीहरूसँग आन्दोलन गर्ने आधार देखिन्छ । तर, आन्दोलनको जुन विधि माओवादीले अपनाए, त्योचाहिँ ठीक भएन । आन्दोलनका सजिला अन्य विकल्प पनि थिए । त्यसलाई प्रयोग गरेको भए देश, जनता र स्वयं माओवादीकै लागि पनि राम्रो हुन सक्थ्यो । आन्दोलनको आधार बलियो भए पनि विधि सही भएन भने त्यसको परिणाम गलत आउन सक्छ । अहिलको विधि प्रयोग गरेर आन्दोलन गर्नु निकै हतारो भयो

राजधानीमै सुरुङ मार्ग !


सचेन गौतम
नयाँ पत्रिका
काठमाडौं, २३ फागुन
बाटो काट्नका लागि ‘सब-वे’ प्रयोग गरिरहेका काठमाडौंका बासिन्दाले सार्वजनिक यातायातका लागि पहिलोपटक सुरुङ मार्ग प्रयोग गर्न पाउने भएका छन् ।
चाबहिल, कोटेश्वरलगायतका क्षेत्रमा गाडीको चापलाई कम गर्न काठमाडौंको तिलगंगाबाट गुह्येश्वरीसम्म ४ सय मिटरको सुरुङ बनाई वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको हो । पशुपति क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई असर पर्न नदिन तिलगंगामा रहेको वाग्मतीको पुलबाट गुह्येश्वरीसम्म सुरुङ मार्ग निर्माण गर्न लागिएको डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख बलराम मिश्रले जानकारी दिए ।
सुरुङ मार्ग निर्माणका लागि सडक विभागले डिजाइनको कामलाई अगाडि बढाइसकेको छ । ‘सुरुङ मार्ग निर्माणका लागि डिजाइनको काम अगाडि बढिरहेको छ,’ मिश्रले नयाँ पत्रिकासँग भने, ‘सुरुङ निर्माण यसै आर्थिक वर्षबाट सुरु गर्ने तयारीमा छौँ ।’
सुरुङ आरसिसी ढलान गरेर बनाइने र दुई लेनको हुने प्रारम्भिक खाका छ । निर्माणको लागत भने सुरुङको विस्तृत डिजाइन तयार भएपछि मात्रै अनुमान गर्न सकिने मिश्रले बताए । नेपालमा अहिले जलविद्युत् आयोजनाले मात्रै सुरुङ मार्गको प्रयोग गरिरहेका छन्