जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

किन ओलीसँग डराएर छिटो फर्किए झलनाथ ?


दश दिन लामो टर्की भ्रमणमा गएका प्रधानमन्त्री झलनाथ खनाल एमाले भित्रको विवादका कारण तीन दिन भ्रमण छोट्याएर आज फर्किएका छन् । माओवादीलाई गृह दिए झलनाथसँग हिसाबकिताब हुन्छ भनेर केपी ओलीले सार्वजनिक धम्की दिएका थिए । तर, सत्ता समिकरण मिलाउँन भन्दै खनालले ओली विदेशमा रहेको समय पारेर माओवादीलाई गृह दिएका थिए । अहिले ओली पक्षले पार्टीको आधिकारिक निर्णय भन्दा बाहिर गएको र पार्टी भित्रको आवाज नसुन्न विदेश बसाई लम्ब्याएको भन्दै पार्टी अध्यक्ष खनाललाई कारवाही र त्योसँगै सत्ता परिवर्तनको कुरा पनि उठाइरहेको छ । यसैकारण प्रधानमन्त्री खनाल परराष्ट्र मन्त्रीलाई उतै छाडेर आफु चै भ्रमण तीन दिन छोट्याएर आज फर्किएका छन् ।




झलनाथ किन डराए ?
माधवकुमार नेपालको सत्ता आरोहण देखि नै खनाललाई माधवकुमार सरकारलाई असहयोग गरेको आरोप लगाउँछन् केपी ओली र नेपालपक्षधर । यति मात्र नभएर सहमतीको सरकारको नाममा नेपालको सरकार ढाल्न ठुलै कसरत गरेको आरोप पनि छ, झलनाथलाई । कांग्रेससँगको सहमती तोडेर रातारात प्रचण्डसँग गोप्य सहमती गरि सत्तामा पुगेका झलनाथलाई केन्द्रिय कमिटिबाट आधिकारिक कारवाही गर्नका लागि ओली र नेपाल पक्षको कसरत पुरानै हो । यसैले आफु बाहिर भएको समयमा आफु माथि जे पनि गर्न सक्ने ठानेर झलनाथ डराएका हुन् ।

केहि अघिसम्म उनको पक्षमा रहेका सदस्यहरु पनि उनको भन्दा ओलीको नजिक हुन थाल्नु पनि खनाल आत्तिनुको अर्को मुख्य कारण हो ।

संविधानसभाको म्याद सकिन लागेको अवश्थामा विदेशमा बसिरहदा संविधान प्रति उत्तरदायी नभएको आरोप उनीमाथी खन्याउँन ओली नेपाल पक्ष लागिपरेको छ । यसैले उनी छिटो देश फर्किएर यससम्बन्धी कार्य अगाडी बढाउँन चाहान्छन् ।

उनी डराउँनु पर्ने कारणहरु धेरै जस्ता देखिए पनि खासमा उनमा केपी ओलीको डर अत्याधिक देखिएको छ । उनले काठमाण्डौं ओर्लिने बित्तिकै गरेको पत्रकार सम्मेलनमा पनि त्यस्तै संकेत गरेका थिए ।

के भन्छन् खनाल ?
प्रधानमन्त्री झलनाथ खनालले कसैले माग्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्  । टर्कीको स्तानबुलमा जारी विश्वका अतिकम विकसित मुलुकहरुको संगठन (एलडिसी० को चौथो विश्व शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएलगत्तै आज बिहान अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले आफ्नो राजीनामा माग्नेहरु संविधान विरोधी भएको आरोप लगाए । प्रधानमन्त्रीकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल र केपी ओलीले सरकार असफल भएकाले विकल्प खोज्नु पर्ने भन्दै कसरत तीव्र पारिरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।



संविधान लेखन र शान्तिप्रक्रिया टुङगोमा पुर्याफउने मिसनसहित आफू प्रधानमन्त्री बनेको भन्दै खनालले उक्त मिसन विचैमा छोडेर राजीनामा नदिने दृढता व्यक्त गरे । खनालले आफ्नै नेतृत्वको सरकारले संविधान लेखन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्यापउने जिकिर गर्दै दायित्व पूरा गरेपछि मात्र पदबाट हट्ने दावी गर्नुभयो ।बोल्ने अधिकार सबैलाई भएको भन्दै प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्नेहरुले पनि बोल्ने अधिकार प्रयोग गरेको टिप्पणी गरे । आफू विदेश भ्रमणमा रहँदा सरकार परिवर्तन हल्ला चलाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्  । बदलिँदो देशको परिस्थितिमा आफ्नो उपस्थिति बढी आवस्यक ठानेर भ्रमण छ्ट्याएर स्वदेश फर्किएको प्रधानमन्त्रीको भनाई थियो ।


1 comments:

khagendra said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

why he affraid with oli. he is psycho

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।