जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

"भोली बन्द हो ?" "होइन, होइन काँ हुनु !"


Photobucket
हरेक दिन बेलुका भोली बन्द हुने हल्ला सुन्न थालेको धेरै भइसक्यो ।' भोली बन्द अरे नि ।' धेरैको मुखबाट यस्तै सुन्छु । दिक्क लाग्छ । किन बन्द गरेको ? कसले बन्द गरेको ? कसैलाई जान्नु छैन । खाली बन्द रे भनेको सुनेको भरमा भोली पल्ट बन्द हुन्छ । बन्दका सास्तीहरु सुनाइरहनु नपर्ला । नभोगेका र नदेखेका त हामी यो नेपाली भाषा पढ्न सक्ने मध्ये पक्कै पनि कोही नै छैनौं । तर पनि बन्द हुन्छ । भर्खरैको सुनसरीको बन्दले त नयाँ उदाहरण नै कायम गरेको छ । गाडीबाट फालिएका केहि बन्दको पर्चाको कारण दिनभर सुनसरीका ठुला शहर बन्द भए । सडकमा न बन्द गर्ने कोही छ, न कुनै जुलुस वा माइकिङ नै भयो । तर पनि धुमधाम बन्द भयो । आखिर कहिलेसम्म यस्तो हुने ? यो बन्द गर्ने जति दोषी छन् हामी पनि कम दोषी पक्कै छैनौं । यसैले अबबाट यो दोषको भागिदार नबनौं । आउँनुहोस् बन्दलाई बन्द गर्न अब यसो गरौं ।




हामी सर्वसाधारण । संविधानमा मुलुकमा सबैभन्दा बढि शक्तिशाली भनेर लिपिबद्ध भएकै छौ । अब व्यवहारमा केहि शक्तिको प्रदर्शन गरिरहुन नपर्ला । नेटवर्क बिजनेश जस्तो भएको छ बन्दको प्रचार । भोली बन्द रे नि भनेको भरमा बन्द सबैका कानमा पर्छ र, बन्दकर्ताको त्रास अनि सरकारको सुरक्षा स्थितीको कारण बन्द भएरै छाड्छ । यसैले कसैले भोली बन्द हो ? भनेर सोधे भुइमा प्रश्न नझरी भन्ने गरौं, होइन, होइन । के को बन्द हुनु नि । चाहे भोली बन्द होस् कि नहोस् ।

पत्रकार देशका चौथो अंग । समाचार पाईयो भनेर कसैले आफ्नो स्वार्थपुर्तिका लागि आवहन गरेको बन्दको निशुल्क प्रचार नगरिदिऔं । बन्द हुने दिनको झिसमिसे देखि नै बन्दको प्रभावले जनजीवन अस्तव्यस्त भन्ने समाचार त झन् झुक्किएर पनि दिदै नदिऔं । यस्ता समाचारले त्रास फैलाउँछ र, बन्द गर्न बाध्य हुन्छन् सर्वसाधारणहरु ।

बन्दका बारेमा दलहरुको भनाई सरकारमा हुँदा र नहुँदा ठ्याक्कै ३६० डिग्रीको फरक हुन्छ । माओवादी सरकारमा हुँदा उसले प्रस्ताव ल्यायो बन्द नगर्नेबारे । कांग्रेसले जनताको मौलिक अधिकार भन्दै अस्विकार गरिदियो । सरकारबाट बाहिरिने बित्तिकै माओवादीकै भयो धेरै बन्द । कांग्रेस सरकारमा हुँदा बन्द नगर्न उसले गरेको आवहन फेरि अरुले किन मान्थे ।



बन्दकर्तामा फेरि अचम्मको शक्ति हुन्छ । र, अरुमा भने उस्तै अचम्मको अनुशासन । तस्विर हेर्नुहोस् ।
Photobucket
 यो बारेमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

12 comments:

मणिक यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्द गराउँनमा सबै भन्दा दोषी समाचारमाध्यम नै हुन् । केहि दिन अगाडी देखि नै समाचारमाध्यमबाट बज्न थाल्छ, अब बन्द भनेर । सरकार कमजोर भएका कारण मात्र होइन, व्यक्तिगत कारण पनि मानिसहरु बन्द गर्न बाध्य हुन्छन् । जति नै दह्रो सरकार भएपनि अपराध पछि दिने क्षतिपूर्तिले घाउ निको हुदैन । यसैले त्रासमा मानिसहरु बन्द गर्छन् । बन्द बन्द गर्न यसबारे समाचार नै बनाउँन नहुने तपाईको विचारसँग म पुर्ण सहमत छु ।

अनल पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्द गर्न पाउँनु त मौलिक अधिकार रे नि त । नेपाली कांग्रेसले भनेको । नत्र माओवादीले सरकारमा छदा त भनेकै थियो नि बन्दलाई आधिकारिक रुपमा बन्द गरौं भनेर । माओवादीले राम्रो भन्दा भएन । नत्र कत्रो नैतिक दबाब हुन्थ्यो सबैलाई ।

यादव रोका said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्द रोकौं, जसरी भएपनि ।

जस्मीन खुलाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म सबैलाई कर्णदासको बन्द कति बन्द गीत सुन्न आग्रह गर्छु ।

गोविन्द said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्द हुनुमा र नहुनुमा हामी नै दोषी छौ । बन्दको बिरोध त गर्छौ तर त्यसमा पनि राजनीतिक स्वार्थ हुन्छ । माओवादीले गरेको बन्दमा बिरोध गर्न जसरी भाडाका टट्टु प्रयोग गरिएका थिए । त्यसरी नै प्रयोग गरे के हुन्छ । तर हामीलाई त हाम्रो स्वार्थ ठुलो छ ।

नवीना विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो । हाम्रै कारणले त बन्द हुन्छ । यस्ता साला बन्द नमानौं अब देखि ।

सुचना लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब देखि म तपाइले भने जस्तै गर्छु ।

रेश्मा लिम्बु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म सहमत छु तपाईको कुरामा दिपध्वनीजी ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कहिलेकाही बन्द हुदा त मज्जै हुन्छ । तर सँधैको ? धेरै हारियो यार । यो महिना र अर्को महिना चै नगरौं है ।

हरिबहादुर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्द नगरौ न । यसो गरे कसो होला ।

शशिलाल प्रधान said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गरौं, गरौं बन्द गरौं । किन नगर्ने बन्द ? बन्द हुँदा देशलाई अरबौं घाटा हुन्छ भन्ने हावा कुरा गर्छन् । खुल्दा खोइ कहिले नाफा भएको छ ? नाफा भएको छ भने त्यो नाफा खोइ त ? जाली कुरा गर्नेका बिरुद्धमा एकहप्ता बन्द लौ जा ।

रोशनी अमात्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बन्दले धेरैको ज्यान लिइसकेको छ । अब पुग्यो बन्द । नेताजीहरु कुनै नयाँ विकल्प सोच्नुहोस् । बन्दको विकल्प त सोच्न सक्नुहुन्न भने के देश बनाउँनुहुन्छ, तपाईहरुले ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।