हरेक दिन बेलुका भोली बन्द हुने हल्ला सुन्न थालेको धेरै भइसक्यो ।' भोली बन्द अरे नि ।' धेरैको मुखबाट यस्तै सुन्छु । दिक्क लाग्छ । किन बन्द गरेको ? कसले बन्द गरेको ? कसैलाई जान्नु छैन । खाली बन्द रे भनेको सुनेको भरमा भोली पल्ट बन्द हुन्छ । बन्दका सास्तीहरु सुनाइरहनु नपर्ला । नभोगेका र नदेखेका त हामी यो नेपाली भाषा पढ्न सक्ने मध्ये पक्कै पनि कोही नै छैनौं । तर पनि बन्द हुन्छ । भर्खरैको सुनसरीको बन्दले त नयाँ उदाहरण नै कायम गरेको छ । गाडीबाट फालिएका केहि बन्दको पर्चाको कारण दिनभर सुनसरीका ठुला शहर बन्द भए । सडकमा न बन्द गर्ने कोही छ, न कुनै जुलुस वा माइकिङ नै भयो । तर पनि धुमधाम बन्द भयो । आखिर कहिलेसम्म यस्तो हुने ? यो बन्द गर्ने जति दोषी छन् हामी पनि कम दोषी पक्कै छैनौं । यसैले अबबाट यो दोषको भागिदार नबनौं । आउँनुहोस् बन्दलाई बन्द गर्न अब यसो गरौं ।
हामी सर्वसाधारण । संविधानमा मुलुकमा सबैभन्दा बढि शक्तिशाली भनेर लिपिबद्ध भएकै छौ । अब व्यवहारमा केहि शक्तिको प्रदर्शन गरिरहुन नपर्ला । नेटवर्क बिजनेश जस्तो भएको छ बन्दको प्रचार । भोली बन्द रे नि भनेको भरमा बन्द सबैका कानमा पर्छ र, बन्दकर्ताको त्रास अनि सरकारको सुरक्षा स्थितीको कारण बन्द भएरै छाड्छ । यसैले कसैले भोली बन्द हो ? भनेर सोधे भुइमा प्रश्न नझरी भन्ने गरौं, होइन, होइन । के को बन्द हुनु नि । चाहे भोली बन्द होस् कि नहोस् ।
पत्रकार देशका चौथो अंग । समाचार पाईयो भनेर कसैले आफ्नो स्वार्थपुर्तिका लागि आवहन गरेको बन्दको निशुल्क प्रचार नगरिदिऔं । बन्द हुने दिनको झिसमिसे देखि नै बन्दको प्रभावले जनजीवन अस्तव्यस्त भन्ने समाचार त झन् झुक्किएर पनि दिदै नदिऔं । यस्ता समाचारले त्रास फैलाउँछ र, बन्द गर्न बाध्य हुन्छन् सर्वसाधारणहरु ।
बन्दका बारेमा दलहरुको भनाई सरकारमा हुँदा र नहुँदा ठ्याक्कै ३६० डिग्रीको फरक हुन्छ । माओवादी सरकारमा हुँदा उसले प्रस्ताव ल्यायो बन्द नगर्नेबारे । कांग्रेसले जनताको मौलिक अधिकार भन्दै अस्विकार गरिदियो । सरकारबाट बाहिरिने बित्तिकै माओवादीकै भयो धेरै बन्द । कांग्रेस सरकारमा हुँदा बन्द नगर्न उसले गरेको आवहन फेरि अरुले किन मान्थे ।
बन्दकर्तामा फेरि अचम्मको शक्ति हुन्छ । र, अरुमा भने उस्तै अचम्मको अनुशासन । तस्विर हेर्नुहोस् ।
यो बारेमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

12 comments:
बन्द गराउँनमा सबै भन्दा दोषी समाचारमाध्यम नै हुन् । केहि दिन अगाडी देखि नै समाचारमाध्यमबाट बज्न थाल्छ, अब बन्द भनेर । सरकार कमजोर भएका कारण मात्र होइन, व्यक्तिगत कारण पनि मानिसहरु बन्द गर्न बाध्य हुन्छन् । जति नै दह्रो सरकार भएपनि अपराध पछि दिने क्षतिपूर्तिले घाउ निको हुदैन । यसैले त्रासमा मानिसहरु बन्द गर्छन् । बन्द बन्द गर्न यसबारे समाचार नै बनाउँन नहुने तपाईको विचारसँग म पुर्ण सहमत छु ।
बन्द गर्न पाउँनु त मौलिक अधिकार रे नि त । नेपाली कांग्रेसले भनेको । नत्र माओवादीले सरकारमा छदा त भनेकै थियो नि बन्दलाई आधिकारिक रुपमा बन्द गरौं भनेर । माओवादीले राम्रो भन्दा भएन । नत्र कत्रो नैतिक दबाब हुन्थ्यो सबैलाई ।
बन्द रोकौं, जसरी भएपनि ।
म सबैलाई कर्णदासको बन्द कति बन्द गीत सुन्न आग्रह गर्छु ।
बन्द हुनुमा र नहुनुमा हामी नै दोषी छौ । बन्दको बिरोध त गर्छौ तर त्यसमा पनि राजनीतिक स्वार्थ हुन्छ । माओवादीले गरेको बन्दमा बिरोध गर्न जसरी भाडाका टट्टु प्रयोग गरिएका थिए । त्यसरी नै प्रयोग गरे के हुन्छ । तर हामीलाई त हाम्रो स्वार्थ ठुलो छ ।
हो । हाम्रै कारणले त बन्द हुन्छ । यस्ता साला बन्द नमानौं अब देखि ।
अब देखि म तपाइले भने जस्तै गर्छु ।
म सहमत छु तपाईको कुरामा दिपध्वनीजी ।
कहिलेकाही बन्द हुदा त मज्जै हुन्छ । तर सँधैको ? धेरै हारियो यार । यो महिना र अर्को महिना चै नगरौं है ।
बन्द नगरौ न । यसो गरे कसो होला ।
गरौं, गरौं बन्द गरौं । किन नगर्ने बन्द ? बन्द हुँदा देशलाई अरबौं घाटा हुन्छ भन्ने हावा कुरा गर्छन् । खुल्दा खोइ कहिले नाफा भएको छ ? नाफा भएको छ भने त्यो नाफा खोइ त ? जाली कुरा गर्नेका बिरुद्धमा एकहप्ता बन्द लौ जा ।
बन्दले धेरैको ज्यान लिइसकेको छ । अब पुग्यो बन्द । नेताजीहरु कुनै नयाँ विकल्प सोच्नुहोस् । बन्दको विकल्प त सोच्न सक्नुहुन्न भने के देश बनाउँनुहुन्छ, तपाईहरुले ?
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।