जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

उजेली थारू

-राजेश नतांश-
जीवनको यो उत्तराद्र्धमा आइपुग्दा मलाई खुशीका स–साना बुँदहरुले पनि पारलौकिक आनन्द प्रदान गरेका छन् । बाल्यावस्थामा जब म ताते–ताते गर्दै पिताजीको हात समाउँदै हिँड्ने गर्थेँ, पिताजीले मलाई अक्सर काँधमा बोक्ने गर्नुहुन्थ्यो अनि बडहरको घुम्ती पसलमा लगेर सुन्तला चकलेट किनिदिनुहुन्थ्यो तब मलाई परम खुशी अनुभूत हुने गर्दथ्यो  ।

जब म यौवनावस्थामा प्रवेश गरेँ । मेरा शरीरका सम्पूर्ण अवयवहरुमा यौवन झ्यागिँन थाल्यो तब म प्रियसीको समीप्यमा चरम आनन्दको महसुस गर्न थाले । उसले आफ्नो प्रेमालिङ्गनमा कसेर मेरो अनुहारमा चुम्बन बर्साउँथी । तब म आफूलाई एउटा प्रागऐतिहासिक युगको नायक सम्झन्थेँ ।

जब समयका कलरव ध्वनीहरु मेरा जीवनमा गुञ्जदै गए । मेरो विश्वविद्यालयको अध्ययन सकियो । फेरि उही प्रियसीसँग भव्य विवाह भयो । त्यसपछि झन् अभूतपूर्व खुशीका बजार लाग्न थाले । म धनाढ्य भएँ, जीवनबाट मैले मनग्य मुनाफा लिएँ ।

अहिले म दुई छोराछोरीका बाबु छु । जब अफिसबाट फर्किएर उनीहरुसँग समय व्यतित गर्छु तब मलाई एउटा परमसन्तुष्टि प्राप्त हुन्छ । उनीहरुसँग बच्चा बन्दै खेल्दा ती मेरा बाल्यकालका आदिबासी सम्झनाहरु मानसपटलमा नाच्न थाल्छन् । ब्याडमिन्टन, क्रिकेट र फुटबलका कोरा सम्झनाहरु झलझली देखिन्छन् । हामी घाममा तात्तिएर बेहद खेल्ने गर्दथ्यौँ ।

जब सानी छोरी प्रेरणा 'बाबा' भन्दै मसँग झ्याम्मिन्छे तब मेरा दिनभरिका थकान र आलस्य निमेषभरमा निर्मूल हुन्छन् । जब छोरा प्रसन्न आफ्नो अध्ययनका लागि चाहिने सामग्रीहरुका सूची मेरो हातमा थमाउँछ । तब म व्यग्र भएर उसका आवश्यकताहरु पूरा गरिदिन्छु । यौटा नूतन खुशी प्राप्त हुन्छ । छोराछोरीका इच्छा आकांक्षाहरु पूरा गरिदिएर उनीहरुको अनुहारमा कोरिने सन्तुष्टि कैद गर्ने कुनै यन्त्र भएको भए म तपाईलाई देखाइदिने थिएँ ।



जीवनको यो परिधिभित्र मिलेका, मेरा सुक्ष्म अनुभूतिहरु यिनै हुन् । मैले अहिलेसम्म भोगेको अनि देखेको जीवन यही हो । यही काफी छ मलाई ।

प्रसन्नबाट बालसुलभ आदेश आयो, "बाबा १ मलाई जस्टिनको जस्तै साइकल ल्यादिस्यो । मलाई साइकल कुदाउन आउँछ ।"

–"हुन्छ बाबु १ भरे अफिसबाट फिर्दा साइकल पसल छिरूँला ।" म भन्छु ।

"मलाई नि टेडी बियर ल्यादिस्यो है बाबा हजुर" काखकी छोरी आफ्नो माग राख्छे ।

–"हुन्छ छोरी १ अनि तिमीचाहिँ साइकल सिक्दिनौ" म भन्छु ।

"नाइँ ! मलाई त डर लाग्छ ।" ऊ भन्छे ।

उनीहरुको बालमनोविज्ञान बुझेर म बोझिल हुन्छु । नारी र पुरुष बराबरी भनेर जति नै निर्विकार विचार राखिए पनि प्रकृतिले नै उनीहरुलाई अलग गरिदिने रहेछ । नारी–पुरुषोचित व्यवहार निमिट्यान्न पार्न नसकिने रहेछ । हामीले यिनीहरुका बीचमा असमनताका बीजहरु रोपिदिएका छैनौँ । यिनीहरुले गर्ने काम, कर्तव्य, अधिकार र दायित्व समानरुपले प्रतिस्थापन गरेका छौँ । तर खै कहाँ कैफियत रह्यो रुछोरो प्रसन्न ल्यापटप बोकेर अफिस गएजस्तो नक्कल गर्छ । छोरी प्रेरणा आमाको पछ्यौरीलाई साडी बनाएर भन्छे,"बाबा मलाई कस्ती देखियो नि"

साँझ साइकल पसलमा छिरेको थिएँ । प्रसन्नले आदेश दिएको थियो, "मलाई जस्टिनको जस्तै साइकल ल्याइदिस्यो है"

साइकल पसलको अगाडि हरियो चोली, हल्का आकाशे रंगको खुइलिएको साडी लगाएर उनी एउटा बाकसमा तम्तयार भएर बसेकी थिइन् । उनका हातमा टायर रिमुभर र पिलास थियो । उनको अनुहार हेरेँ, चाउरिँदै गएका गाला अनि ओठको छेउमा कालो कोठी । हेर्दा ३५/३६ नाघेकी जस्ती देखिन्थिन् ।
साँझ चर्को घाम लागेको थियो, लाग्थ्यो आगाका लप्काहरु जमिनमा बर्सिएका छन् । सायद ञग्लोबल वार्मिङुको दुष्चक्र हुनुपर्छ । वातावरण सबै उजाडिएका छन् । प्रदूषित वातावरण अनि धुलो, धुवाँले सेरोफेरो विकृत, दुर्गन्धित भएको छ । जमिनमा गगनचुम्बी महलहरु ठडिएका छन् । सम्पूर्ण मानिसहरु भौतिकवादी भएका छन् । वातावरण सम्बद्र्धनमा को चाहिँ लाग्ला र रु दाताहरुले डलर पठाइहाल्छन्, सहयोगी हातहरु मनग्य छन्, कसलाई चिन्ता छ र !

उनले साडीको आँचलले आफ्नो शिर ढाकेकी छिन् । मेरो आँखा उनको शरीरभरी दौडियो । शरीरमा मांसको प्रतिशत दिनानुदिन घट्दो देखिन्थ्यो । सार्है कमजोरजस्ती देखिन्थिन् । उनले मलाई एकोहोरो हेरेको देखेर हठात् भनिन्, "के भयो भाइ ?"

–"यो बास्केट साइकलमा जोडिदिनुपर्यो ।" आफूलाई सन्तुलनमा राख्दै मैले भनेँ ।

उनी स्क्रु ड्राइभर लिएर साइकलमा बास्केट जोड्न थालिन् । मैले उनको शरीरलाई एकचोटी सर्सर्ती नियालेँ । दिनहुँ साइकल मर्मत गर्न घाममा बसेर डढ्दै गएका काला छाला देखिन्थे । सुकेका वक्षमा कुनै आर्कषण थिएन । मानौं, उनका वक्षका उभारलाई घामका विकिरणले चुसेका छन् ।
म उनको यस्तो परिस्थिती देखेर व्यथित हुन्छु । मभित्रको मानवीय संवेदना नराम्ररी हुँडलिन्छ । कहाँ–कहाँ भित्री मुटुको कुनामा स्नेह पलाएर आउँछ ।  सोच्छु, पक्कै उनको जीवनमा ठुलै घटना घटेको हुनुपर्छ । उनको जीवनको कथा सुन्न व्यग्र हुन्छु । आफूले गर्न सक्ने सहयोग गर्न मनलाग्छ । उनको त्यो भयावह स्थिति देखेर मेरो हृदय बोझिल हुन्छ । अनि फेरि सोध्छु–
"दिदी तपाईंको नाम के हो ?"

–"किन नि ?"

"त्यसै सोध्या । तपाई महिला भएर पनि साइकल मेकानिक हुनुहुन्छ नि १ मलाई साँच्चै उदाहरणीय लाग्यो ।"

–" महिला साइकल मेकानिक हुन सक्दैनन् र ?"

"सक्छन् नि ! किन तपार्इंले सक्नुभएको छैन र ?" मेरो प्रतिप्रश्न थियो ।

–"तपाईं पत्रकार हो ?"

"होइन । म एउटा एनजिओमा काम गर्छु ।"



"मेरो कोठा नजिकै छ । केही सहयोग चाहिए मलाई भेट्नु होला ।"

–"आश्वासनको लागि धन्यवाद !"

०–०–०
विहान १० बजे उही बासी घाम लागेको थियो । बाहिर निस्कन सक्ने अवस्था थिएन । त्यसो त शनिबार अफिस विदा थियो । म विदाको दिन अध्ययन गर्न रुचाउँछु । अरु दिन प्रोजेक्ट प्रिपरेसनु गरेरै समय बित्ने गर्छ । भर्खरै बजारबाट आएको बहुचर्चित नोरा रोबर्टस्को उपन्यास चेजिङ फायरुलाई सिनित्त पारेर, म ‘मेरी हिगिन्स क्लार्कुको उपन्यास आई विल् वाक अलोनु पढ्न सुरुवात गरेको थिएँ । कथा अपराध र अपहरणको सेरोफेरोमा घुमेको थियो । अहिलेको वर्तमान परिस्थितीसँग ठ्याक्कै मेलखाने कथावस्तु लाग्यो ।
अचानक, श्रीमतीजीको भान्साबाट आवाज आयो, "हजुरलाई कोही भेट्न आउनुभएको छ !"
म अध्ययन कक्षबाट बाहिर निस्किएँ । भित्री शयनकक्षतर्फ लम्किएँ । मेरो एकाग्रता भंग भएकोमा रीस उठ्यो ।
शयनकक्षमा उही ञनोस्टाल्जिकु अनुहार थियो । साँझमा भेटिएकी साइकल मर्मत गर्ने दिदी । उनी उही पोशाकमा मकहाँ आएकी थिइन् । मैले उनलाई सोफामा बस्न भनेँ । श्रीमतीजी  चियारचमेनामा लाग्नुभयो ।
उनले गला साफ गर्दै भनिन्, "सुनेकी छु, तपाईँको संस्थाले एकल महिलालाई आर्थिक सहयोग गर्दैछ रे । मलाई नि सहयोग गर्नुपर्यो है सर !"
–"हाम्रो प्रोजेक्ट भनेको एकल महिलाहरुको चौतर्फी विकासका लागि हो । त्यसका निम्ति तपाईंले आफ्ना बारेमा मलाई बताउनुपर्ने हुन्छ । यसै अनुरुप 'केस–स्टडी' तयार भएर हेडअफिस पुयाइन्छ । अनि सहयोगबारे निर्णय हुन्छ ।" मैले प्रक्रियागत शैलीमा भनेँ ।
"हवस्, म सबै कुरा भन्छु ।" उनले स्वीकारोक्ति जनाइन् ।
–०–०–०

"मेरो कस्तो पन्क्चर जिन्दगी जसलाई मैले टाल्नै सकिनँ । जीवनमा दिनप्रतिदिन ठुला भ्वाङ परिरहे । साइकलको टायर–ट्युब टालेर पोख्त भएकी म आफ्नो जिन्दगीलाई किञ्चित् टाल्न सकिन । रिस, द्वेष, पीर, वेदनाले टालेँ, तर टालिएन । आशा, भरोसा अनि प्रेमले टाल्न खोजेँ, अहँ टाल्न सकिनँ । दिनानुदिन फाट्दै गए जीवनका धाँजाहरु । जीवन विकृत बन्यो । कस्तो दारुण नियतिको सामना गर्नुपर्यो मैले । लाग्थ्यो, भावीले छैठीका दिन यही नियति कोरिदिएका रहेछन् ।"

पढ्ने काम छोडेर मैले ठिकै गरेछु । म उनको कण्ठबाट एउटा बीभत्स जीवन पढ्दै थिएँ । तपाईंले पक्कै थाहा पाउनुभयो होला उनी कति शक्तिशाली कथाकार रहिछन् । उनले आफ्नो यथार्थ जीवन–कथा मलाई भन्दै थिइन् । उनी जीवनको रणभूमिमा अनायासै परास्त भएकी एउटी अरक्षित महिला थिइन् जसलाई म व्यथित हुदैँ सुन्दै गएँ–

–म सानैदेखी फुपुसँग हुर्किएकी एउटी थारू केटी हुँ । म पाँच वर्षको हुँदा मेरा बाबा क्षयरोगले ग्रस्त भएर बित्नुभयो । उहाँ अचाक्ली रिक्सा कुदाउने गर्नुहुन्थ्यो । नकुदाएर पनि के चाहिँ गर्नु र रु बुवाको मृत्युपछि आमा एक्ली हुनुभयो । घरका सम्पूर्ण जिम्मेबारीहरु उहाँमाथि थोपरिए । घरमा आर्थिक संकट आएपछि उहाँ घर निर्माण व्यवसायको कुल्ली काममा जान थाल्नुभयो । एकदिन उहाँ इट्टाहरु बोकेर ५ तलामाथि जाँदै हुनुहुन्थ्यो । अचानक बाँसको भ¥याङबाट चिप्लिएर उहाँ लड्नुभयो  । माथिबाट झरेका इट्टाहरु उहाँका टाउकोमा बजारिए । उहाँको घटनास्थलमै ज्यान गयो ।

आमाबाबाको मृत्युपछि म नितान्त एक्ली भएँ । मेरी एकमात्र सहारा, मेरी फुपूको घरमा बस्न थालेँ । मैले बाल्यकालका धेरै समय फुपूसँगै बिताएँ ।

ममा यौवनावस्था चढ्दै थियो । मलाई फुपूले सात कक्षासम्म मात्र पढाउन सक्नुभयो । उहाँको जीवन पनि गरिबीले ग्रस्त थियो । उहाँ आफैँ निर्धो हुनुहुन्थ्यो । फुपाजु गाउँकी एउटी थरूनीलाई टिपेर भारत भासिएका थिए । उनलाई फुपूको कहिल्यै चिन्ता भएन र थिएन पनि । फुपू आफ्ना साना दुई छोराछोरीलाई पाल्दै हुनुहुन्थ्यो । उहाँ पनि गाउँकी अन्य महिलाजस्तै घर निर्माणमा काम गर्नुहुन्थ्यो ।
गाउँका सबै तरुनी केटीहरु घर निर्माणमा काम गर्दथे । म पनि काम गर्न हौसिएँ । म फुपूले काम गरेतिर जान थालेँ । हामी गाउँका १०र१५ जना केटीहरु मिलेर साइकलमा साइटतिर जाने गर्दथ्यौँ ।

केलाल ठाकुरलाई मैले पहिलोचोटि यौटा साइकल पसलमा देखेकी थिएँ । ऊ त्यहीँ साइकल मेकानिक थियो । हामी दिनहुँ उसको पसलमा पम्प हालेर साइटतर्फ लाग्थ्यौँ । । केलाल खालि पान चपाइरहन्थ्यो । उसका दाँत पानले गर्दा राता भएका थिए । उसको अनुहार विरुप थियो । शरीरमा मयल ढाडिएको देखिन्थ्यो । महिनादिन ननुहाएकोजस्तो देखिन्थ्यो । कपाल जिङग्रिङ्ग थियो, मानौ उसको कपालले लामो समयदेखि काइँयो र तेलको सामिप्यता पाएको थिएन । मलाई झट्ट हेर्दा उसको अनुहार घीन लाग्थ्यो ।

कहिलेकाँही उसले मेरो साइकल मर्मत गर्दा पैसा लिदैथ्यो । ऊ भन्थ्यो, "तुम मेरी सहेली हो । सहेली से पैसा लेना पाप है ।"
अक्सर म एक्लै हुदाँ ऊ मलाई पानीपुरी अनि आलुनिम्की खुवाउँथ्यो । कुल्फी, आइसक्रिम खान नमान्दा हदैसम्म गर्दथ्यो । मेरो साइकलमा चाबी लगाएर आफ्नो गोजीमा राख्थ्यो । खोस्न पनि सक्दिन थिएँ । ऊ सयका पाँचवटा हरिया नोट निकाल्दै भन्थ्यो, "तुम बहुत सुन्दर हो । यिसे अपनी पास रखना । जरुरत पडे तोह खर्च करना ।"
उसले जे भन्छ मैले त्यो मान्नुको विकल्प थिएन । म एकप्रकारले थिचिएकीरकिचिएकी थिएँ तर मलाई यौटा नूतन अनुभूति हुन्थ्यो । एउटा प्राप्ती ! खै कहाँ के नपुगेको !

एकदिन त अनौठो भयो । मलाई फुपूले आफ्नो कोठामा बोलाउनुभयो । म फुपूको कोठामा गएँ । ताज्जुब लाग्यो । ऊ फुपूको छेऊ बसेको रहेछ । फुपूले मलाई कुर्सीमा बस्न इसारा गर्नुभयो । उहाँले भन्नुभयो, "यिनले तँलाई मन पराउँछन् रे ! तँलाई सुखसँग राख्छु भन्छन् । मलाई नि तेरो जीवन सुखी भएको हेर्न मन छ । यस्तो श्रमजीवी कहीँ पनि पाइँदैन । तेरो जीन्दगी हाँसखेल गर्दै बित्छ । के भन्छेस् तँ ?
फुपूको त्यो प्रश्नमा यौटा अभिभावक दायित्वको पृष्ठभूमि मिसिएको थियो । मैले स्वीकारोक्तीमा टाउँको हल्लाए । ऊ खुशीले ओतप्रोत भएर भन्यो, "तुमको खुश रखुँगा । तुमको जिन्दगीभर साथ दुङ्गा ।"

उनको दारुण कथाले म विष्फोटित भएँ । म टुक्रा–टुक्रामा विभाजित भए । जसरी एउटा सीसा ढुङ्गामा परेर टुक्रिन्छ । मैले जीवनभर नदेखेकोरनभोगेको दुःख उनले भोगेकी रहिछिन् । म अद्र्धमुच्र्छित हुन्छु, मेरो चेतना गुम्छ । उनलाई हेर्छु, उनी पसिनाले भिजेकी छिन् ।  उनी साडीको आँचलले आफ्नो गाम्भीर्य अनुहार पुस्छिन् । उनको अनुहार मरुभूमिको बालुवाजस्तो सुख्खा प्रतीत हुन्छ । निस्सार !

–”विवाहपछिका हाम्रा दिनहरु सुखपूर्वक बित्न थाले । हाम्रो प्रेम बढ्ता भएर पोखिएको थियो । उनी विहान खाना खाएर साइकल पसल जान्थे । म कोठामा एक्लै बस्थेँ । सधैजसो काममा काम गरिरहने म, काम नगर्दा कस्तो अनुभूति हुन्छ भन्ने कुरा तपाईलाई थाह होला । उनका कोही आफन्त थिएनन् । जससँग म गफ गर्न सकूँ । उनि भारतबाट काम सिकेर नेपाल छिरेको बताउँथे ।

मेरो न्यास्रोपना मेट्न म पनि उनिसँग पसल जान थाले । आफूलाई काम सिकाउन आग्रह गरेँ । उनले मलाई सिकाए । केही महिनाको दौरानमा मैले टायररट्यूबरपन्चर टाल्न सिकेँ । पाङ्ग्राका भाँचिएका स्पोक बदल्न, साइकलको ब्रेक कस्नरबदल्न मैले सिकेँ । लगातार ६ महिनाको कठोर परिश्रमबाट म निपूर्ण मेकानिक बनेँ ।
अब हामी दुवैजनाई सजिलो भयो । दुवैजना मिलेर कमाउन थाल्यौँ । सबै ग्राहकहरु हामीतिर सोहरिए ।

तर जीवन कहाँ धाराप्रवाह बग्दो रहेछ र ! तेरो जीवनको पाङ्ग्रामा ठुलो दुलो पर्यो, टाल्नै नसकिने गरी । उनि रक्सी खाइरहन्थे । मैले नखान स्वास्थ्यलाई हानी गर्छ भनेकी थिएँ  । तर उनि मबाट लुकेर रक्सीको शोखी नै बनेछन् ।

एकदिन उनि विषम बिरामीमा परे । डाक्टरलाई देखाउँदा उनलाई क्षयरोग भएको रहेछ । अझै उनले रक्सी खान छोडेनन् । क्षयरोगको उपचार गराएँ । उनलाई अलि बिसेक हुदैथियो । लगत्तै उनलाई जण्डिस् लाग्यो । क्षयरोग र जण्डिस्ले उनि कामै गर्न नसक्ने भए । त्यसपछि उनको शरीरमा पत्थरी पनि देखा पर्यो । क्रमैसँग पत्थरीपछि उनको पेटमा पानी जम्यो । मैले चन्दा उठाएर इलाज गरेँ । त्यैपनि उनलाई सन्चो भएन । हस्पीटलबाट उनलाई घरमा ल्याएर राखेँ । घरको आर्थिक संकट् र उनको उपचारको लागि म साइकल मर्मत गर्न निस्किए ।  उनलाई मैले पूर्ण हेरचाह गर्न सकिनँ । म काममा दौडिनुपथ्र्यो । त्यतिखेर मलाई आफन्त नभएको पीडा महसुस भएको थियो । मैले कसैको आड, भरोसा पाइन त्यसबेला ।

त्यसलगत्तैको उनको पेटमा पानी जम्यो । मैले केही पैसा खोजखाज गरेर उनको अप्रेसन गराएँ । अप्रेसन पछाडि उनको जीउ पूरै सुन्नियो । मसँग एकपैसा थिएन । त्यसपछि आफ्ना सम्पूर्ण गरगहना, मंगलसुत्र बेचेर हस्पीटलमा उनलाई आकस्मिक कक्षमा राखेर उपचार गराएँ । त्यतिखेर हस्पीटलमा मलाई औषधी किन्ने समेत पैसा भएन । सार्है लाचारीको नियति भोग्नुपर्यो मैले । अन्तः एक विहानी उनले मलाई एक्लै छोडी यस संसारबाट गए ।

म तिनताका एकदमै विव्हल भएँ । भेट्नो चुडिएको फल जसरी खस्दै गएँ । नियतिले मेरो लागि हृदयमा पुर्न नसकिने खाडल पारिदियो । उनको देहान्तपछि म पुनः काममा फर्किए । काखको सानी छोरी रेखाको पालनपोषण समय व्यतित थर्न थाले ।

के गर्नु भाइ १ जतिसुकै ठुलो व्यथा भए पनि हामी नारीले थामिनुपर्ने रहेछ । अहिले रेखा १० वर्षकी भइसकेकी छे । अब यसलाई गतिलो शिक्षा प्रदान गरेर मेरो जीवनलीला समाप्त पार्ने निष्ठुर रहर छ । मलाई दिनप्रतिदिन बुढ्यौलीले छुदैछ । पहिलाजस्तो काम गर्न पनि सक्दिन । श्रीमान्को उपचारका लागि लिएको ऋण अझै ५० हजार तिर्न बाँकी छ । तपाईंको आड पाएँ भने यौटा किराना पसल खोलेर अबको जीवन काट्ने थिएँ ।

म उनको दारुण कथा सुनेर पूर्णतः व्यथित हुन पुग्छु । मेरा आँखाबाट बलीन्द्र आँसुका धारा टलपल गदै बग्न थाल्छन् । श्रीमतीजी टाउको निहुँर्याएर सुकसुकाउन थालिछन् । उनी कतिखेर आइन्, थाहै पाइनँ । अनि म वाष्पकण्ठले उनको लागि फारम भर्न थालेँ–
"तपाईंको नाम ?"
-"उजेली थारु ।"

6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ह्रदयविदारक कथा । अझ भनौं यो कथा नै होइन । यो त सत्य घटना हो । नेपालमा धेरै हुन्छ यस्तो जहाँ मानिसहरु उपचार र स्वास्थ्य ज्ञानको अभावमा अकालमा मरिरहेका छन् । सत्य घटना पस्किएकोमा पानीफोटो र लेखकलाई धन्यवाद ।

इश्वर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरल र मुटु छुने कथा ।

अधीरा उपाध्याय said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कतैकतै कथाकार बहकिनु भएको छ । तर कथाको सरलताले त्यो सबै ओझेल परेको छ । माथि विकाशजीले भने जस्तै लाग्यो मलाई पनि ।

बल्लभ कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साहित्य भनेको यस्तै हुनुपर्छ । सरल र दैनिकी जस्तो । कथाकारलाई प्रगतिको शुभकामना ।

अनिरुद्र पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अति सरल र ह्दयस्पर्शी ।

सरिता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो कथा ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।