जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बम डिस्पोज गरेको पनि आक्रमण गरे जस्तो

Photobucket
हिजो काठमाण्डौको लाजिम्पाट, पानीपोखरीको सडकमा बेबारिसे सुटकेस भेटियो । बम डिस्पोजल टोली त्यहाँ पुग्यो, डिस्पोज गर्‍यो । तर थाहा भयो, त्यो कुनै बम होइन । त्यसमा पुराना थोत्रा कपडा र फोहोर भरिएको रहेछ । सुटकेस फाल्ने बुढानिलकण्ठका रामबहादुर सार्कीलाई प्रहरीले पक्राउ गर्‍यो । घटना सामान्य भयो । तर त्यो डिस्पोज गर्ने कार्य भरि खतरनाक या भनौं मुख्र्याइपुर्ण दृष्यहरु देखिए, जुन यस्ता छन्


दृष्य १ : हास्यास्पद र गैरजिम्मेदारीपुर्वक भएको डिस्पोज
कुनै ठाउँमा शंकास्पद वस्तुहरु देखिनु र सुरक्षाकर्मी त्यसलाई डिस्पोज गर्न आउँनु एउटा संवेदनशिल कुरा हो । यसले नागरिकको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्छ । तर हिजो पानीपोखरी गएको डिस्पोजल टोलीले हास्यास्पद र गैरजिम्मेदारीपुर्ण डिस्पोजको कार्य गरेको थियो ।



सबै भन्दा पहिलो सो स्थानलाई नियन्त्रणमा लिएको टोलीले सो स्थानमा यात्रुहरुलाई पुर्णरुपमा रोक्ने तदारुकता देखाएन । शंकास्पद सुटकेसको छेउबाटै पैदलयात्रीहरु हिडिरहेका थिए ।

दोस्रो, दुईवटा गाडी दुखले कट्नसक्ने गरिको फराकिलो सडकमा १० पाइला जति टाढामात्र दर्शकलाई राखेको स्थलमा मानिसहरु नहटाई र वरपरका घरहरुको वास्ता नगरि विष्फोटकको मद्दतले सुटकेसको एकापट्टिको भाग उडाइयो । भाग्यवश, सुटकेसमा बम थिएन । तर यो सत्य बाहिरिनु भन्दा अगाडिसम्म सुटकेसको संवेदनशिलता विचार नगरि, त्यो सुटकेसमा कत्रो शक्तिको बम हुन सक्छ भन्ने वास्ता नगरि घना वस्ती र मानिस भएको स्थानमा विष्फोटकको मद्दतले सुटकेस खोल्नु भनेको बम आक्रमण गर्दा निशाना चुके जस्तो हो । यदि त्यो सुटकेसमा साँच्चैको बम रहेको भए स्थिती के हुने थियो ?

यसैले हिजोको पहिलो दृष्यले र डिस्पोजल टोलीले बम डिस्पोज गर्न अपनाएको तरिकाले यो डिस्पोजल भन्दा बढि आक्रमण जस्तो देखियो ।

दृष्य २ : बटुवाहरुको आँटलाई त मान्नै पर्छ
बटुवाहरुले घटनास्थलमा देखाएको साहसको तारिफ नगर्नु बटुवाहरुमाथि अन्याय भएको ठहर्छ । दश हात पर बम डिस्पोज हुँदैछ भन्ने थाहा हुँदाहुँदै पनि निष्फिक्रि आवतजावत गर्न जोसुकैको मुटुले कहाँ दिन्छ । तर हिजो त्यहाँ उपस्थित धेरैमा यो हिम्मत देखियो । बटुवाहरु त यसरी आवातजावत गरिरहेका थिए कि मानौं त्यहाँ तिहारको पटेका पड्काइदैछ ।



त्यती साहसी मानिसहरुलाई बम डिस्पोज गरिरहेको स्थानबाट हिड्न हुदैन भनेर हामी कायरहरुले के सिकाउँनु  !

10 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Kathmandu ma manche haru dhal safa gareko ta nakh chopera bhayepani heri rahanchan..tyo ta naherne kurai bhanyena ni :p , thulo berog gar ko jansankhya cha yo sahar ma !!

रोशनी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालको प्रविधि कति नै राम्रो होला र ? बिचराहरु त्यही प्रविधिको प्रयोग गरेर सबै गर्नुपर्छ अनि यो भन्दा बढि आशा कति गर्नु र ?

समिर शंकर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ । कहिलै नरुक्ने ..... भन्ने बिर्सिनु भएछ । लम्किएको नेपालीलाई एउटा बमले डराउँन सक्छ र ?

हरिबोल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

त्यो क्रियाकलाप त साँच्चै नै मुख्र्याई भन्दा अरु केहि होइन । धन्न भगवान सबै बाल बाल बाँचेछन् ।

रक्सन राई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हा हा । मानिसहरु कति हतारमा हुन्छन् है अनि प्रहरीहरु कति अनुत्तरदायी ।

सीताराम भट्टुराई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो र । अचम्मै गरेछन् त ।

चन्द्रिका कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तालिम र चेतना नपुगेको हो ।

शंकर (बालाजु, काठमाण्डौं) said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बम डिस्पोज गर्ने बेलामा के भयो भन्ने भन्दा यस्ता शंकास्पद कुराहरु किन राखिए भन्ने पो महत्वपुर्ण होइन र । त्यही दिन बालाजुमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको थियो । जुन पछि बम नभएको थाहा भयो ।

आकाश अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्न बम डिस्पोजल टोली छ । नत्र कसैले घर लाने थियो ।

रविन भण्डारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अलिकति चेतना चै सबैमा रहेछ । कसैले घर चै लगेनछ । यो पनि सकारात्मक कुरा हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।