जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'गुडबाई' मेरी

- राजुबाबु श्रेष्ठ-
"प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।" बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफैले आफैँलाई राहत दिनु र उद्धार पुर्‍याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्‍यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेरि मेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।


उसलाई अब कहाँ जाने र के खाने भन्ने सवाल त्यति ठूलो थिएन । उसले अमेरकिालाई राम्रैसँग चिनेको थियो । धेरै नेपाली साथीहरू पनि बनाइसकेको थियो । केही अमेरकिीहरू पनि चिनिसकेको थियो तर मेरीजस्तो व्यावहारकि र माया गर्ने साथी उसले भेट्न सकेको थिएन । यद्यपि, उसले सुरुमा ग्रीनकार्ड प्राप्त गर्ने लालसाले मेरीसँग दुईवर्षे 'कन्ट्याक्ट म्यारजि' गरेको थियो । तर, जब ऊ मेरीको घरमा बस्न थाल्यो, उसले सबै सम्झौताहरू भुलेर मेरीलाई साँच्चिकै माया गर्न थालेको थियो । उसले मेरीलाई एउटा श्रीमान्ले दिने सम्पूर्ण माया दियो, गर्नुपर्ने सबै सहयोग गर्‍यो । उसले सोच्यो मान्छेमान्छेबीच मायाको विषयमा सम्झौता कसरी हुनसक्छ ? यत्रो समय एउटैजस्तो भएर बसेकी मेरीले उसलाई अचानक डिभोर्स गरी चटक्कै बिर्सन सक्लिन् ? के मेरीलाई उसको माया नलाग्ला ? घरमा पालेको कुकुरलाई त यति धेरै माया गर्ने स्वास्नीमान्छेले उसलाई माया नगर्ने त कुरै आउँदैन । जे भए पनि यो दुई वर्षमा मेरीसँग उसले धेरै दुःखसुख साटेको छ । धेरै सम्झनाहरू सँगालेको छ ।



यति कोमल र मायालु मेरीले उसलाई घरबाट निस्कने आग्रह कसरी गर्न सकिन् ? आजसम्म मेरीले उसलाई गरेको माया मात्र सम्झौता थियो या मेरीको मनबाटै निस्केको थियो ? यी प्रश्नले उसलाई काममा जान पनि मन लागेन । ऊ दिनभर घरमा नै बसेर झोक्राइरह्यो । के गरुँ, कसो गरुँ भयो । मनमा अनेकौँ तर्कनाहरू खेल्न थाल्यो । के मेरी पनि एक्लै खुसी रहन सक्लिन् ? के मेरीलाई उसको याद कहिल्यै नआउला ?

उसले दिनभर केही खाएन, साँझ मेरीले उसलाई मनपर्ने केक लिएर आइन् । कामबाट र्फकंदा मेरीले सधैँजसो यसरी नै उसलाई मनपर्ने केक ल्याउन भुल्दिनथिन् । उसले पनि मेरीलाई मनपर्ने पिजा या बर्गर बोकेर ल्याएकै हुन्थ्यो । तर, आज मेरीले स्नेहपूर्वक ल्याएको केक उसले खुसीखुसी खान सकेन । चुपचाप मेरीको अनुहार हेरेर टोलाइरह्यो । मेरी डाइनिङ्मा केक राखी कोठातर्फ लागिन् ।

मेरी कोठबाट लुगा फेरी तल झर्दा पनि ऊ जहाँको तहीँ यथावत् बसिरहेको देखेर मेरी जिल्ल परनि् ।

"मेरी ! के तिमीलाई मेरो माया लाग्छ ?" उसले हठात् मेरीलाई प्रश्न गर्‍यो ।

"लाग्छ नि, किन नलाग्नु ?" उनले सहजै उत्तर दिइन् ।

"उसोभए तिमीले बिहान भनेको डिभोर्सको कुरा सत्य हो ?"

"हो, त्यो सत्य हो ।"

"मेरी ! माया गर्ने मान्छेसँग पनि डिभोर्स गरिन्छ र ?" उसले आश्चर्यमिश्रति प्रश्न गर्‍यो ।

"प्रभात ! जीवन नै एउटा सम्झौता हो । तिम्रो र मेरो दुई वर्षका लागि मात्र सम्झौता विवाह भएको हो । जहाँसम्म मलाई लाग्छ, यी दुई वर्षमा मैले तिमीलाई एउटी श्रीमतीले दिने हर सुख दिने प्रयत्न गरेँ । तिमीप्रति र सम्झौताप्रति इमानदार रहेँ र तिमीलाई माया गरेँ । आफूले गरेको सम्झौताप्रति इमानदार हुनुपर्छ प्रभात ।" लाग्थ्यो मेरीलाई प्रभातको प्रश्नले खासै प्रभाव पारेको छैन ।

"मेरी यदि तिमी मलाई साँच्चै माया गर्छौ भने यस सम्झौतालाई जीवनभरका लागि लम्ब्याउन सकिन्न र ? माया गर्ने मान्छेलाई सम्झौताको समयसीमाले के फरक पर्छ र ! मेरी म तिमीसँग बस्न चाहन्छु र तिमीसँगै जीवन बिताउन चाहन्छु । उसले अनुनय नै गर्‍यो ।

मेरी एकैछिन किंकर्तव्यविमूढ बनिन् । र, विस्तारै उसलाई सम्झाउने प्रयत्न गरनि् ।

"प्रभात ! तिमी मेरो छैटौँ पति हौ ! तिमीलाई लाग्ला यस उमेरमा नै यो कसरी भयो । हेर ! जीवनमा कति पुरुषलाई मैले चाहँदाचाहँदै छाड्नुपर्‍यो भने कतिले मैले चाहँदाचाहँदै छाडिदिए । जीवनमा यस्ता तीतामीठा कुराहरू भइरहन्छन् । अब म एउटै पुरुषसँग खुम्चिएर जीवन बिताउनै चाहन्न । यद्यपि, तिमीसँग जस्तो न्यानो र आत्मीय सम्बन्ध अरूसँग रहेन । जीवनमा जति पुरुषहरू भोगेँ, सायद मनबाटै माया गर्ने तिमी नै हौ भन्ने लाग्छ मलाई । जुन कुराले मलाई सधैँ रोमाञ्चित गराइरहेनछ र तिम्रो सम्झना दिलाइरहनेछ । तर पनि तिमीले मलाई बुझ्ने प्रयत्न गर ।"



उसले नेपालीपनमै सोध्यो, "तिमीले मलाई मन पराउने भए मसँगको जीवनलाई निरन्तरता दिनमा तिमीलाई के आपत्ति हुन्छ ?"

"प्रभात मन पराउनु र जीवन बिताउनु फरकफरक कुराहरू हुन् । हरेक मनपरेको मान्छेसँग जीवन बिताउन पाइन्छ भन्ने छैन । मैले पनि आफूले चाहेको मान्छेसँग जीवन बिताउन कहाँ पाएँ र ?" उनी भन्दै गइन्, "जीवनमा आफूलाई जे प्राप्त हुन्छ, त्यसैमा रमाउने प्रयत्न गर्ने मान्छे नै जीवनमा खुसी रहन सक्छ बुझ्यौ ?" र, उठेर आफ्नो कोठातिर लागिन् ।

ऊ मेरीको कुरासँग सहमत हुन सकेन, झनै आन्दोलित भयो । विवाह पो नक्कली थियो तर माया त सक्कली नै थियो नि ! मेरी नै उसको प्रथम रोजाइ हो । अब ऊ मेरीसँग छुट्टएिर बस्नै नसक्ने भइसक्यो ।

उसले मेरीसँगको सुरुका दिनहरू सम्झ्यो । वास्तवमा ऊ मेरीकै कारण क्वीन्स आएको थियो । अमेरकिाको ४५ दिने भिजिट भिसा सकिन लागेकाले अमेरकिा बस्ने उपाय खोजी गर्ने क्रममा उसको मेरीसँग भेट भएको थियो । त्यतिखेर मेरीसँग कागजी विवाह गर्नु नै उसका लागि एक मात्र विकल्प थियो । विवाहपश्चात् मेरीले नै उसलाई सँगै बस्ने अफर गरेकीले मेरीसँग ऊ क्वीन्समा बस्न आएको हो । सुरुसुरुमा मेरीसँग बस्न उसलाई केही अप्ठ्यारो पनि लागेको थियो तर पछि मेरीको सरल व्यवहारले मेरीसँगको सम्बन्ध सहज बन्दै गयो । उसले कसरी अमेरकिामा स्थायी रूपमा बस्न सकिन्छ भन्ने कुराभन्दा अरू केही सोच्दै सोचेन । मेरीसँग बस्न थालेपछि पनि उसलाई मेरीसँग कुनै चासो थिएन । कागजपत्र मिलेपछि मेरीलाई छाड्ने र अर्कै विवाह गरी आनन्दसँग जीवन बिताउने सुरमा थियो ऊ । तर, समयसँगै मेरीसँगको सहकार्यले उसलाई विस्तारैविस्तारै मेरीको नजिक बनाउँदै लग्यो र यहाँसम्म आइपुग्दा ऊ लगभग मेरीप्रति निर्भर हुन थाल्यो । उसको जीवनमा सबै कुराहरूभन्दा मेरी महत्त्वपूर्ण हुनपुगिन् ।

यतिखेर यसको आँखामा एकाएक मेरीको घर छाड्दाको दृश्य नाच्यो । उसलाई आकाश खसेजस्तै, जमिन भासिएजस्तै भयो । मेरीसँग उसले कल्पना गरेको स्वणिर्म भविष्यको विम्ब तासको घरजस्तै ढल्यो । बाढीले बगाएको घरको छानोजस्तै आफ्नो सपना पानीमा तैरएिको देख्यो । टाढाटाढासम्म जीवनको किनारा खोज्यो तर भेटेन ।

ऊ मेरीको कोठातर्फ पस्यो । ढोकामा पुगेर उसले विस्तारै चिहायो । मेरी टेबुलमा बसेर केही लेख्दै थिइन् । उसको आगमनले मेरी कलम बिसाएर ऊतर्फ फर्किन् । उसले एकोहोरो मेरीको अनुहारमा हेररिह्यो ।

"प्रभात ! म देखिरहेकी छु, बिहानदेखि तिमी तनावग्रस्त छौ । तिमी सामान्य बन्ने प्रयास गर, जीवन भनेकै कसैसँग मिल्नु अनि छुट्टनिु हो, यसलाई तिमीले यति ठूलो रूपमा लिनु हुँदैन ।" मेरीले फेरि उसलाई सम्झाउने प्रयास गरनि् । तर, यसले उसको छातीमा एउटा ठूलो ढुङ्गाले थिचेजस्तो भयो ।

"मेरी हामी नेपालीहरू जीवनमा एकपटक बिहे गर्छौं र उसैसँग जीवन बिताउँछौँ र बुढेसकालमा एकअर्काका सहारा बन्छौँ । त्यसैले म पनि तिमीलाई जीवनको अन्तिम घडीसम्म साथ दिन चाहन्छु ! तिम्रो सहारा बन्न चाहन्छु ।"

मेरी उसको मन दुखाउन चाहन्नथिन् तर उसको प्रस्ताव स्वीकार्य थिएन । हो, उनी उसलाई माया गर्छिन् तर एउटा व्यक्तिसँग नानीहरू हुर्काउँदै आमजिन्दगी जीउने रहर बिलकुलै छैन । त्यसैले उसलाई अन्तिमपटक सम्झाउने प्रयासस्वरूप विस्तारै बोलिन् मेरी, "प्रभात ! जीवनको कुनै भरोसा छैन । हाम्रो देशमा बूढो भएपछि सरकारले हेर्छ । बूढाबूढी भएपछि एकअर्काको सहारा होइन, बोझ बन्नुपर्छ । यही हाम्रो संस्कृति पनि हो । त्यसैले म एक्लै बाँच्ने प्रयास गर्न चाहन्छु ।"

र, मेरीले टेबुलमा रहेको कागज उसको हातमा राखिदिइन् । उसले कागज हेर्‍यो, जहाँ उसको नाम र उसले त्यहाँ बस्दाखेरि किनेका सामानको लामो लिस्ट थियो ।

ऊ फेरि अवाक् मेरीको अनुहारमा हेरहि्यो । उसलाई मेरीसँग कुनै दिन उसले यसरी छुट्टनिुपर्नेछ भन्ने यादै रहेन । उसले यी सामानहरूलाई आफ्नो हो भनेर कहिल्यै सोचेन । उसलाई बल्ल थाहा भयो अमेरकिामा मान्छेहरू आफ्ना लागि बाँच्दारहेछन् । छातीको बायाँ कुना दुखेर आयो । उसले घर सम्झ्यो । बाबुआमाको लामो साथ सम्झ्यो । अनि, एकाएक अमेरकिाका हरेक चीजप्रति घृणा लाग्न थाल्यो । मेरीप्रति वितृष्णा जाग्न थाल्यो ।

उसले फेरि आफ्नी आमालाई सम्झ्यो । बुबा, दाजु, बहिनी सबैलाई सम्झ्यो, जहाँ कुनै तेरो र मेरो छैन । केवल हाम्रो घर, हाम्रो परविार, जताततै हाम्रोभन्दा केही देखेन । अनायासै उसलाई मेरी, क्वीन्स र अमेरकिाप्रति मोहभङ्ग भयो । ऊ जुरुक्क उठेर स्टडी रूममा पस्यो र एउटा हातेझोला बोकेर निस्कियो । अनि, मेरीका सामु एउटा चिर्कटो राखेर बाईसम्म नभनी निस्क्यो । मेरी अवाक् ऊ गएको बाटोतर्फ हेररिहिन् र लामो निश्वास छाड्दै चिर्कटो पढ्न थालिन् ।

"प्रिय मेरी !

तिम्रो अमेरकिा तिमीलाई बधाई छ । मैले तिम्रो र मेरो भावनाको सिमाना मेट्न सकिनँ, जति नै आफ्नो ठाने पनि म तिम्रो र अमेरकिाको हुन सकिनँ । मलाई क्षमा गर ! - प्रभात ।"

अनायासै मेरीका आँखाबाट आँसु तप्प चुहियो ।

1 comments:

Bishal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice brother... mulai maaan parao hai yo ;)

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।