जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पत्रकार कुट्ने युथफोर्सका 'डन' पत्रकार सम्मेलनबाटै पक्राउ

अपडेट : उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरा र एमाले युवा इन्जार्च योगेश भट्टराई लगायतका नेताहरुबीच बिहीबार साँझ भएको वार्तामा परशुराम बस्नेतलाई पक्राउ गर्न युवा संघ नेपालले सहयोग गर्ने सर्तमा महेश बस्नेतलाई बिहीबार नै रिहा गर्ने सहमति भएको छ ।

बिराटनगरका पत्रकार खिलानाथ ढकाल माथि सांघातिक आक्रमणका प्रमुख योजनाकार परशुराम बस्नेतलाई जोगाउँन युथफोर्सका अध्यक्ष ढाल भएर उभिएका छन् । उनी खुल्लम्खुल्ला परशुराम बस्नेत आफैसँग भएको र सामथ्र्य भए पक्रेर देखाउँन चुनौति दिदै आएका थिए । यही सिलसिलामा एमालेको युवा संगठन युथफोर्सका 'डन' पुर्वाञ्चल पुगेर प्रतिकार सभाको तयारीमा थिए । यसै तयारीका बिचमा उनलाई इटहरीबाट पत्रकारहरुले बहिस्कार गरेको पत्रकार सम्मेलन गर्दा गर्दै माथिको आदेशबाट परिचालित भएको भन्दै पुगेको प्रहरीको टोलीले उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्ने क्रममा केहीबेर झडप समेत भएको थियो ।


यसअघि मोरङ प्रशासनले पत्रकार कुट्ने कार्यकर्ताको बचाउका लागि युवा संघले प्रतिकार सभाको तयारी गरेपछि आज दिनभरका लागि निषेधाज्ञा जारी गरेको थियो ।



विराटनगरको कञ्चनबारीदेखि दक्षिण रोडशेष चोक र सिंगिया खोलादेखि पश्चिम नहरसम्मको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रतिकार सभालाई युथफोर्स अध्यक्ष महेश बस्नेत र पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका मुख्य अभियुक्त पर्शुराम बस्नेतले समेत सम्बोधन गर्ने भन्दै प्रचार गरिएको थियो ।

पक्राउविरुद्ध युथफोर्सद्वारा प्रदर्शन

आफ्ना अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरिएकोमा आक्रोशित युथफोर्स कार्यकर्ताले त्यसको विरोधमा इटहरीमा प्रदर्शन गरेका छन् ।

उनीहरुले जर्वजस्ती इटहरी बजार बन्द गराउनुका साथै झण्डै आधा दर्जन सार्वजनिक सवारी साधनमा तोडफोड गरेका छन् ।

यस्तै युथफोर्स कार्यकर्ताले सडकमा ढुङामुढा तेस्र्याएर पुर्व पश्चिम राजमार्ग र स्थानीय सडकमा अवरोध सिर्जना गरेपछि रुपमा यातायात व्यवस्था पूर्ण प्रभावित भएको छ ।

युथफोर्स कार्यकर्ताले माओवादीले गृह मन्त्रालयको दुरुपयोग गरी एमालेविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।



प्रदर्शनका कारण इटहरी क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ । प्रहरी र युथफोर्सबीच दोहोरो झडप हुने भयले स्थानीय बासिन्दा त्रसित बनेका छन् । थप तनाव हुन नदिन इटहरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनुका साथै त्यसक्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

2 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

युथफोर्स आगो हो, छुन हुँदैन पोल्छ । हामी कोही भन्दा कम छैनौं ।

bina karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त राजनीति नै होइन , गुण्डागर्दी हो । दह्रो मुटु पारेर जेलमा कोच्नु पर्छ । केहि दिन उफ्रिएर गल्छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।