-रामजी बलामी-
विद्या आर्जन गर्ने ठाँउलाई विद्यालय भनिन्छ । काम गर्ने ठाँउलाई कार्यालय भनिन्छ । मन्त्रीहरुले काम गर्ने ठाँउलाई मन्त्रालय भनिन्छ । शौंच गर्ने ठाँउलाई शौचालय भनिन्छ । भोक मेटाउँने ठाँउलाई भोजनालय भनिन्छ । लत्ताकपडाको भण्डारलाई वस्त्रालय भनिन्छ । पुस्तकहरुको जमघट हुने ठाँउलाई पुस्तकालय भनिन्छ । यसरी हरेक गतिबिधीको पछाडी आलय जोडेपछि त्यस वस्तुको भण्डार भन्ने जनाउँछ । यसरी हेर्दा संविधानसभा भवनलाई नेतालय भनौं । कि सभासदालय वा संविधानालय ?हुन त जे भने पनि संविधानसभा भित्र काम गर्ने भनेकै तिनै नेता र सभासदहरु हुन् । त्यसैले आफुखुसी रोज्नुहोस् । भर्खरै जेठ १४ गते रातीको दृष्यलाई कैद गरेको मेरो आँखाले भने यो भवनलाई निद्रालय नाम राख्न सुझाव दिएको छ । त्यहाँबाट उल्लेख्य काम नभएकाले यसलाई यही नाम दिनु उचित होला ।
(स्केच/स्रोत : नागरिक द्धैनिक)
7 comments:
यो विचरा भवनको के दोष थियो र ? बरा, अरु अगतिलाले गर्दा मानिसहरु यसमै दोष खोज्न थालेका छन् । यो भवनको नाम नफेरौं । बरु ति ६०१को चै नाम फेर्ने तिर ध्यान दिऔं ।
अल्छिआलय भनौं । सबै अल्छिहरु त्यही छन् ।
खाली दिमाग भएपछि मानिसहरु के के मात्र सोच्छन् है ।
होइन हौ, लेखकज्यू किन खनिनु भको नाममा । आखिर नाममा के छ र ?
यो भवनमा जति खर्च लगाइएको छ । त्यो भन्दा ठुलो कार्यभार यसले पाएको छ । देशको कायापलट गर्ने भनिएको संविधान लेख्न पाउँनु यो भवनको मुख्य कार्यभार भएको छ । तर सभासदहरुको गैरजिम्मेवारीपन मात्रले होइन, दलगत स्वार्थका कारण यो भवनप्रति नै नागरिकको मनमा वितृष्णा उब्जिएको छ । यसैले भवनको नाम फेर्नु भन्दा संविधान बनाउँन र सहमतिमा आउँन दलहरुलाई दबाब श्रृजना गरौं ।
ज्योतिषीले भनेको यो भवनको वास्तु नमिलेकोले संविधान नबनेको रे । नाम फेर्नु अगाडी ति ज्योतिषीलाई सोधौं न केहि भन्लान् कि ? फेरि राजा ल्याउँनु पर्छ भने भने हैरान ।
sarwapratham ta nagarikma 6apieko yo mero byangya lekh yaha rakhnu vaekoma thanks, maile ball aaj vetae, dhilai vae pani mitraharuko jawaf din chahan6u, yo lekhko style hernus, yo byangyatmak lekh ho, savasad haruko chartikala lai aadhar manera lekheko lekh ho, tyasaile maile yaha vaban lai dos din khojeko 6aina, thanks to all.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।