जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

संविधानसभा भवनका प्रस्तावित नामहरु

-रामजी बलामी-
विद्या आर्जन गर्ने ठाँउलाई विद्यालय भनिन्छ । काम गर्ने ठाँउलाई कार्यालय भनिन्छ । मन्त्रीहरुले काम गर्ने ठाँउलाई मन्त्रालय भनिन्छ । शौंच गर्ने ठाँउलाई शौचालय भनिन्छ । भोक मेटाउँने ठाँउलाई भोजनालय भनिन्छ । लत्ताकपडाको भण्डारलाई वस्त्रालय भनिन्छ । पुस्तकहरुको जमघट हुने ठाँउलाई पुस्तकालय भनिन्छ ।Photobucket यसरी हरेक गतिबिधीको पछाडी आलय जोडेपछि त्यस वस्तुको भण्डार भन्ने जनाउँछ । यसरी हेर्दा संविधानसभा भवनलाई नेतालय भनौं । कि सभासदालय वा संविधानालय ?




हुन त जे भने पनि संविधानसभा भित्र काम गर्ने भनेकै तिनै नेता र सभासदहरु हुन् । त्यसैले आफुखुसी रोज्नुहोस् । भर्खरै जेठ १४ गते रातीको दृष्यलाई कैद गरेको मेरो आँखाले भने यो भवनलाई निद्रालय नाम राख्न सुझाव दिएको छ । त्यहाँबाट उल्लेख्य काम नभएकाले यसलाई यही नाम दिनु उचित होला ।
(स्केच/स्रोत : नागरिक द्धैनिक)




7 comments:

ज्ञान लिम्बु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो विचरा भवनको के दोष थियो र ? बरा, अरु अगतिलाले गर्दा मानिसहरु यसमै दोष खोज्न थालेका छन् । यो भवनको नाम नफेरौं । बरु ति ६०१को चै नाम फेर्ने तिर ध्यान दिऔं ।

सन्देश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अल्छिआलय भनौं । सबै अल्छिहरु त्यही छन् ।

रामगीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खाली दिमाग भएपछि मानिसहरु के के मात्र सोच्छन् है ।

मोहन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन हौ, लेखकज्यू किन खनिनु भको नाममा । आखिर नाममा के छ र ?

अनिकेश शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो भवनमा जति खर्च लगाइएको छ । त्यो भन्दा ठुलो कार्यभार यसले पाएको छ । देशको कायापलट गर्ने भनिएको संविधान लेख्न पाउँनु यो भवनको मुख्य कार्यभार भएको छ । तर सभासदहरुको गैरजिम्मेवारीपन मात्रले होइन, दलगत स्वार्थका कारण यो भवनप्रति नै नागरिकको मनमा वितृष्णा उब्जिएको छ । यसैले भवनको नाम फेर्नु भन्दा संविधान बनाउँन र सहमतिमा आउँन दलहरुलाई दबाब श्रृजना गरौं ।

राशीराम अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ज्योतिषीले भनेको यो भवनको वास्तु नमिलेकोले संविधान नबनेको रे । नाम फेर्नु अगाडी ति ज्योतिषीलाई सोधौं न केहि भन्लान् कि ? फेरि राजा ल्याउँनु पर्छ भने भने हैरान ।

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

sarwapratham ta nagarikma 6apieko yo mero byangya lekh yaha rakhnu vaekoma thanks, maile ball aaj vetae, dhilai vae pani mitraharuko jawaf din chahan6u, yo lekhko style hernus, yo byangyatmak lekh ho, savasad haruko chartikala lai aadhar manera lekheko lekh ho, tyasaile maile yaha vaban lai dos din khojeko 6aina, thanks to all.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।