सहर घुम्न निस्किएकी छोरीले एक रातपछि फोन गरिन् । आमा म अपहरणमा परेँ, मलाई दुई चार जना केटाले बाटैबाट लिएर गए, मीना मगरकी आमा अत्तालिदै महानगरीय प्रहरी अपराध महाशाखामा आइन् । १६ बर्षीय छोरी अपहरणमा परेको ठाडो उजुरी दिइन् । प्रहरी पनि गम्भिर भएर अनुसन्धान थाल्यो । अपहरणमा परेकी मीनाको खोजीका लागि दुई दिन प्रहरी सक्रिय रह्यो । तेस्रो दिनमा प्रहरीले छोरी र अपहरणकर्ता भनिएका १७ बर्षीय युवकलाई नियन्त्रणमा लियो ।
तर मीनाले अपहरण नभई आफ्नो प्रेमीको घरमा गएर बसेकी उनले आमालाई फोन गरि अपहरणको नाटक गरेर घर फर्कन खोजेको बयान दिइन् । यो एउटा उदाहरण मात्र हो, नक्कली अपहरणको । अचेल महानगरीय प्रहरी अपराध महाशाखामा परेका ६० प्रतिशतभन्दा बढी अपहरणका उजुरी नक्कली हुने गरेका छन् । नाटकीय अपहरणको कारण अपराध महाशाखाका प्रहरीहरु हैरान हुन थालेका छन् ।
थोरै जनशक्तिमा काम गरिरहेको अपराध महाशाखालाई नक्कली अपहरणका उजुरीले अनुन्धान गर्न प्रहरीको वास्तवमै भएका अपराध अनुसन्धानमा असर परिरहेको महाशाखा प्रमुख एसएसपी हेमन्त मल्लले बताए । "लौ न मेरी छोरी अपहरणमा परी भन्दै उजुरी आयो, १०/१२ जना प्रहरी खोजतलास र उद्धारका लागि पठाएर पत्ता लगाउँदा नाटकीय अपहरण रहेछ । अपराध महाशाखाका एक प्रहरीले भने जनशक्ति र साधनको अनावश्यक खर्च भयो ।"
२ महिना अघि बंगलादेशी नागरिक अब्दुल हलिलले तीन साथीहरु अपहरणमा परेको उजुरी दिए । विदेशी नागरिक अपहरणमा परेको सूचना पाएको प्रहरीले सक्रियरुपमा अपहरणमुक्त गराउँनतर्फ लाग्यो । दुई दिनपछि अपहरण परेका भनिएका बंगलादेशीहरु विमानस्थलमा फेला परे । सलिम राजा, हसिबुल अन्सारी र इसुबु अली आफ्नो देश फर्कन लागेको अवश्थामा प्रहरीले फेला पा¥यो । यथार्थ बुझ्दा अपहरणको नाटक भएको खुल्यो ।
नेपाल हुँदै खाडी मुलुकमा रोजगारीका लागि पठाईदिने आश्वासन दिएर नेपाल ल्याएका हलिलले चार महिनासम्म हाउजिङको काममा लगाएपछि उनीहरु आफ्नो देश फर्कन लागेका थिए । "उता गएर आफ्ना बारेमा सूचना दिए भने असजिलो पर्ने भएकाले तीनजनालाई नेपालमै रोक्न उसले अपहरण भएको गलत सूचना दिएको रहेछ", घटनाको अनुसन्धान गर्ने एक प्रहरी अधिकृतले भने, "नेपालीले त झुटो बोल्थे नै विदेशीले पनि गर्न थाले ।"
प्रहरीले अपहरणको उजुरी दिने ती व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलायो । "अति हुन थालेपछि हामीले नक्कली अपहरणको उजुरी दिने र अपहरणमा परेको भन्दै बेपत्ता हुने व्यक्तिलाई सार्वजनिक मुद्दा दायर गर्न थालेका छौ", एसएसपी मल्लले भने, "झुटा मुद्दा लगाएर प्रहरीलाई गुमराहमा राख्न खोजेको अभियोगमा मुद्दा दायर गर्छौ ।" एउटा अपहरणको उजुरी परेपछि अनुसन्धानका लागि कम्तीमा ७ प्रहरी, एउटा गाडी र फोन प्रयोग गर्नुपर्ने हुन्छ ।
वैदेशिक रोजगारसम्बन्धी लेनदेन नमिलेपछि पनि अपहरण भएको गलत उजुरी आउँने गरेका छन् ।
अपराध महाशाखाको तथ्यांक अनुसार आर्थिक बर्ष २०६६/६७ मा ३१ वटा अपहरणका उजुरी परे । त्यसमा १६ वटा नक्कली थिए । यो बर्ष उजुरी परेका १० वटामा ५ अपहरण नाटकीय रहेका थिए ।
-प्रतिमा बाँस्कोटा-
1 comments:
Santaan thari tharika.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।