जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

एसएलसीको रिजल्ट त भयो तर हेर्ने कसरी ?

आज एसएलसी २०६७ को परिक्षाफल प्रकाशित भएको छ । हुन त, नेपालमा एसएलसीको इतिहास निकै पुरानो भइसक्यो । टुँडिखेलमा थोरै मानिस बिचमा माइकबाट नतिजा सुनाउँन सुरु गरिएको एसएलसीको नतिजा प्रकाशनको प्रविधिले निकै ठुलो फड्को मारिसकेको छ । अहिले न त रेडियो नेपाल सुन्न रेडियोमा कान थापेर बस्नु पर्छ, न नै एकाबिहानै आँखा मिच्दै पत्रिका पसलबाट पत्रिका आउँने बाटो नियाल्नु पर्छ । व्यवश्थापकले अलिकतिमात्र बुद्धि पु¥याउँन सके भए कुनै परिश्रम र दिक्दारी बिना नै सजिलै नतिजा पाउँने प्रविधिको आगमन नेपालमा पनि भइसकेको छ । तर यस पटक परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको रिजल्ट पहिले जस्तो न्युज र एजुकेसनल पोर्टल लगायत धेरै वेबसाइटहरुलाई प्रकाशन गर्न नदिई आइएसपीहरुलाई मात्र दिने निर्णय गरेको छ । पनिकाको यो निर्णयले भने सास्ती पक्कै थप्ने छ । एक त नेपालका कम गतिका इन्टरनेट, त्यसमाथि आजको बोझ ।
एसएलसीको परिक्षाको तथ्याकं र हेर्ने तरिकाको विवरण यस्तो छ

यसपालीको नतिजाको सामान्य तथ्याकं



प्रवेशिका परीक्षा एसएलसी २०६७ को नतिजा सोमबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् ।

जसमध्ये नियमिततर्फ ५५ दशमलव ५ प्रतिशत अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो । नियमिततर्फ विशिष्ट श्रेणीमा २० हजार १ सय ११, प्रथम श्रेणीमा ८२ हजार, ६ सय १९, दितृय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तेस्रो श्रेणीमा ८ हजार २ सय ४१ जाना उतिर्ण भएका छन् ।

यसैगरी यसवर्ष एक्जामटेडतर्फ ९ हजार ७ सय ३३ अर्थात १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । एक्जामटेडतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन भने प्रथम श्रेणीमा १ सय ८०, द्धितृय श्रेणीमा ७ हजार ३ सय ६६ र तेस्रो श्रेणीमा २ हजार १ सय ८७ जना परीक्षार्थी उतिर्ण भएका छन् ।

२०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा एक्जामटेडतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभरबाट नियमित र आंशिकतर्फ गरी ४ लाख ५६ हजार २२ जनाले परीक्षा दिएको थिए ।


तलका साइटबाट परिक्षाफल हेर्न पाउँनु हुनेछ ।




नेपाल टेलिकमको साइटबाट एसएलसीको नतिजा हेर्न क्लिक गर्नुस्।


परीक्षा नियन्त्रण कार्यालयको साइटबाट मार्कसिटसहितको नतिजा हेर्न क्लिक गर्नुस्

पोहोरको एसएलसीको परिक्षामा यस्तो भएको थियो

1 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो एसएलसी यति ठुलो किन मान्छन् होला मान्छेहरु ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।