जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चिठ्ठाको टिकट र कम्युनिष्ट पार्टीको सदस्यता


Photobucket

नेपालमा कम्युनिष्ट पार्टीको इतिहास जति पुरानो छ, त्यसको अनुपातमा नेपालमा कम्युनिष्ट पार्टीको संख्या निकै ठुलो छ । संविधानसभामा मात्र हेर्ने हो भने पनि ६०% भन्दा बढि सभासदहरु कम्युनिष्ट नामधारी पार्टीहरुबाट आएका छन् । तर पनि नेपालका सबै कम्युनिष्ट पार्टीहरुबाट त्यहाँ प्रतिनिधित्व भएको छैन । यसैले संविधानसभामा प्रतिनिधित्व नगरेका वा राष्ट्रिय राजनीतिमा पहिचान नबनाएका कम्युनिष्ट पार्टीहरुको संख्या पनि उल्लेखनिय नै छ । यति धेरै कम्युनिष्ट पार्टीहरुको भिडमा कुनै कम्युनिष्ट पार्टीलाई सदस्य भेट्न पनि कम चुनौतीपुर्ण छैन । यसैले जोसुकैलाई कम्युनिष्ट पार्टीको सदस्यता दिइन्छ, अझ भनौं भिडाइन्छ पनि, दशैमा चिठ्ठाको टिकट भिडाए जसरी । तर हाम्रै छिमेकी मुलुक चिनमा भने कुरा अर्कै छ ।


चिनको कुरा



भर्खरै मात्र प्रकाशित भएको तथ्याकं अनुसार विश्वकै सबैभन्दा ठुलो राजनीतिक दलका रुपमा रहेको चिनिया कम्युनिष्ट पार्टीको सदस्य संख्या यसबर्ष देखि ८ करोड २ लाख पुगेको छ । जुलाई १ मा पार्टीको ९० औं स्थापना मनाउँने तयारी भइरहेको बेला सो तथ्याकं बाहिर निकालेको हो । यसकारण यो तथ्याकं उसको आधिकारिक घोषणा हो । हामीलाई लाग्छ, त्यती ठुलो जनसंख्या भएको मुलुकमा भर्खर ८ करोड सदस्य मात्र पुगेको छ । पक्कै पनि चिनमा कम्युनिष्टहरु लोकप्रिय छैनन् । कतै कम्युनिष्ट व्यवश्था लादिएको त होइन ?

वास्तवमा कम्युनिस्ट हुनु भनेको निकै कठिन कार्य हो । ठुलो अध्ययन, त्याग, परिश्रम र लगन पछि मात्र कम्युनिस्ट हुन सकिन्छ । कम्युनिष्टको आदर्श कठिन हुन्छ । व्यक्ति र परिवार भन्दा माथि उठ्न नसकेकाहरु कम्युनिष्ट बन्न सक्दैनन् । सामूहिकताका लागि मर्ने, बाँच्ने र केहि गर्ने शपथ लिइन्छ र, पुरा गरिन्छ कम्युनिष्ट आदर्शमा । यो आदर्शलाई चिनिया कम्युनिष्ट पार्टीले स्थापनाको ९० बर्षसम्म पनि कायम गराएकाले देशको जनसंख्याको ६ प्रतिशत मात्र रहेको छ ।

सन् २०१० मा मात्र २ करोड १० लाखले आवेदन भरेका रहेछन् कम्युनिष्ट पार्टीको सदस्यताका लागि । तर त्यसमध्येमा १४ प्रतिशत मात्र छनौट भएका रहेछन् । कठिन परिक्षणबाट मात्र त्यहाँ कम्युनिष्ट पार्टीको सदस्या दिइदो रहेछ ।

हाम्रो नेपालमा



नेपालमा कम्युनिष्ट नामधारी पार्टीहरुले बुझ्न गा¥हो हुने कम्युनिष्ट सिद्धान्तका कुरा गरे पनि व्यवहारमा त्यसको प्रयोग एकदम कम रहेको छ । च्याउ झै रहेका कम्युनिष्ट पार्टीमा भएको अमिबा गुण (फुट्दै संख्या बढाउँने) ले गर्दा बदनाम पनि छन् । यसका अतिरिक्त कोही केही निकट हुने बित्तिकै सदस्य बनाइहाल्ने प्रवृतिले गर्दा वास्तविक कम्युनिष्टका विद्यार्थीहरुलाई अफ्ठ्यारो पारिरहेको त छ नै, कम्युनिष्टमा हुनुपर्ने गुणहरु पनि हराउँदै गएका छन् ।

माथि भनिए जसरी दशैमा चिठ्ठाको टिकट भिडाए जसरी सदस्यता भिडाउँने बित्तिकै कम्युनिष्ट पार्टी सफल हुन सक्दैन । भिडमा भन्दा विचारमा जोड दिएमात्र नेपालका कम्युनिष्ट पार्टीहरु दह्रो हुनसक्छन् । नत्र अनावश्यक भिडमात्र जम्मा पार्नाले पार्टी फुट्ने सम्भावनामात्र बढाउँछ ।

चिठ्ठाको टिकक भन्दा फरक बनाउँने हो कि कम्युनिष्ट पार्टीको सदस्यतालाई ! यसका लागि नजिकैको छिमेकी चिनबाट यतिकुरा सिक्ने हो कि !

3 comments:

रमन सिंह said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालमा सिद्धान्त भन्दा भिड प्यारो मानिन्छ । सिद्धान्तलाई व्यवहारमा लागु गर्ने भन्दा भिडजम्मा पारेर तिनकै तारिफ पाउँनु नै राजनीतिको मूल्य मानिन्छ । यसैले त नेपालका कम्युनिष्ट पार्टीहरु फुटमा रमाउँछन् ।

मीरा काप्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कम्युनिष्ट मात्र होइन नेपालमा सबै पार्टीहरु यस्तै छन् । गच्छेदारहरुले त पाँच बर्षमै पार्टी प्रवेश गराएछन् ।

सुनिल राउत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कहाँको चिनिया कम्युनिष्ट पार्टी अनि कहाँका हाम्रा कम्युनिष्ट पार्टी । नेपालमा कुनै पनि पार्टी कम्युनिष्ट छैनन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।