जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हिमाल शर्माको त्याग वास्तविक थियो कि नाटक !

चीनमा छात्रवृतिमार्फत एमबिबिएस पढिरहेका छोरालाई पढाई छुटाएर नेपाल बोलाए पछि अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माका बारेमा फरक फरक टिप्पणी भए । उनको यो कदमलाई महान् त्यागका रुपमा एउटा पक्षले खुलेर समर्थन तथा सम्मान गर्‍यो । त्यस्तै, अर्को पक्षले यो त्याग नभएर मुख्र्याइ मात्र हो भनि हिमाल शर्मा असल पिता नभएको टिप्पणी गर्‍यो । अनि, यसलाई विशुद्ध राजनीतिक कदमका रुपमा मात्र व्याख्या गर्नेको समूह पनि सानो थिएन । धेरैको अनुमान थियो, हिमाल शर्माले छोरा सरललाई कुनै बहानामा पुनः पढ्न चीन पठाउँछन् भन्ने, आखिर भयो पनि त्यस्तै आज माओवादी अध्यक्षको निर्देशनमा उनले छोरालाई पुनः चीन पठाउँने भएका छन् । यो घटनाक्रमसँगै हिमाल शर्माको यो कदम साँच्चैको त्याग थियो कि नाटक, भन्ने प्रश्नसँगै चर्चामा आएको छ । आखिर के हो त वास्तविकता ?


घटनाक्रम यसरी अगाडि बढेको थियो 
अखिल क्रान्तिकारीले नेताका छोरा छोरी निजी विद्यालयमा नपढाउन अभियान सुरु गर्ने निर्णय गर्‍यो । यसको सुरुवात हिमाल शर्माले चीनमा पढिरहेका छोरा सरल शर्मालाई फिर्ता बोलाएर गरे । यसबाट अरु नेतामा नैतिक दबाब पर्ने उनको विश्वास थियो । तर आज हिमाल शर्मालाई छोरा र क्रान्तिकारीका पदाधिकारी सहित प्रचण्डले बोलाएर सरललाई पुनः चीनमा पढ्न पठाउँन निर्देशन दिए । त्यसपछि क्रान्तिकारीले संस्थागतरुपमा सोही निर्देशनमा समर्थन जनायो । र, हिमाल शर्माले छोरालाई पुनः चीन पठाउँने भए ।

अब हिमाल शर्मा नैतिक चेपुवामा 

आफ्नो संगठन तथा पार्टी अध्यक्षले दिएको निर्देशन मान्दै हिमाल शर्माले छोरालाई चीनमा पुनः पठाएपछि उनमा दबाब भने बढेको छ । उनले जुनै कारणले छोरालाई फिर्ता पठाएपछि उनको यो कदम राजनीतिक प्रपोगोण्डामात्र हो भन्नेलाई थप बल पुगेको छ नै, स्वयम् हिमाल शर्मालाई पनि आफ्नो कदम प्रपोगोण्डामात्र थिएन भनेर पुष्टि गर्न दबाब परेको छ ।

उनले प्रष्ट भनेका छन्, ‘मलाई चौतर्फी घरामा पारियो । मैले छोरालाई फिर्ता पठाएपछि पार्टीले हाम्रो अभियान अनुसारको निर्णय गरेन भने मसँग पदमा रहने नैतिकता रहँदैन, त्यस्तो अवस्थामा मैले अझै अप्रिय निर्णय लिनुपर्ने हुन्छ ।’ अतः हिमाल शर्माले आफ्नो अभियान सफल बनाउँछन् या त्यसै मत्थर हुन दिन्छन् । हिमाल शर्माले आफ्नो कदमलाई सही प्रमाणित गर्न उनीसँग दुई विकल्प मात्र छन् । या उनले अभियान सफल बनाउँन सक्नुपर्छ या त उनले भने झै अप्रिय कदम जुन राजिनामा पनि हुनसक्छ, गर्नसक्नु पर्छ ।

हिमाल शर्माको यही कदमले उनको कदम त्याग थियो कि नाटक भन्ने पुष्टि गर्छ । यसका लागि भविष्य पर्खिनुको विकल्प सायद छैन ।

4 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लाटो लड्छ १ बल्ड्याङ, बाठो लड्छ २ बल्ड्याङ !

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब थाहा भई हाल्छ नि । किन हतार ? यदि छोरो पठाएर चुप लागेर बसे भने नाटक होइन भने त्याग ।

ललिता सुनुवार said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खोइ के खोइ के ।

अमर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छोरीको थर हुदैन, नेताको भर हुदैन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।