जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

माछो माछो भ्यागुतो बनाईदिए झलनाथले

डेढसाता अघि प्रधानमन्त्री झलनाथ खनाललाई दिक्क लाग्यो, कांग्रेसले संसद रोकिरहने अनि बेलाकुबेला ठाँउकुठाँउ राजिनामा मागिरहने । उनलाई उपाय सुझ्यो, प्वाक्क बोलिदिए, लौ साउन २८ गतेसम्म शान्तिप्रक्रियाको काम भएन भने राजिनामा दिन्छु । भनिसकेपछि उनलाई कति नजिकैको मिति भनेछु भनेर सायद थकथकी लाग्यो । उनले त्यसपछि राजिनामा गरिहाल् भन्नेबाट केही दिनका लागि मुक्ति पाएको अनुभव गरे अनि थकथकी मेटाए । तर जनै फेर्ने अनि क्वाटी खाएर रमाईलो गर्नेदिनमा फेरि राजिनामाको पिलो बल्झियो । आफ्ना नजिकका दलहरु भेला गराएर उनले खुसुक्क भने राजिनामा नदिए हुदैन ? नेताहरुले के भने कुन्नी, हामी भए भन्ने थियौ, राजिनामा दिए पनि के अनि नदिए पनि के । अन्त्यमा, झलनाथले राजिनामा दिएनन् । राजिनामा पर्खिएकाहरुलाई माछो माछो भ्यागुतो बनाईदिए ।


किन भने होलान् राजिनामा दिन्छु भनेर
साउन २८ गते बिशेष दिन केही पनि होइन । साउन २८ मा राजिनामा गरेर २८मै नयाँ सहमतिको सरकार बनेपनि यो थपसमयमा संविधान बन्दैन । न त शान्तिप्रक्रिया नै टुंगोमा पुग्छ । त्यैपनि उनले २८ नै किन भने ? कारण एउटै छ, उनलाई घुक्र्याउँनु थियो माओवादीलाई अनि सँगै कांग्रेस लगायतका दलहरुलाई केही दिन भएपनि चुप लगाउँनु थियो । ठ्याक्क मुखमा त्यही मिति आयो भनिदिए । उनले एकैतिरले दुई निशान लगाउँने चेष्टा गरे । होला नि त भनेर सबैले त्यसलाई पत्याईदिए । तर आज २८ गते आएपछि दुधको दुध पानीको पानी भयो । जे होस् यतिका दिन राजिनामाको कर्कश आवाज प्रधानमन्त्रीले सुन्नु परेन ।

आफ्नैले पनि माग्दैछन् राजिनामा
कांग्रेसले मात्र होइन, झलनाथ खनालले प्रधानमन्त्रीबाट राजिनामा दिनु पर्ने भन्दै उनकै दलबाट पनि चर्को आवाज उठिरहेको छ । अझ केपी ओलीलाई सभासद नियुक्त गरेर अबको प्रधानमन्त्रीका लागि केपी ओलीलाई उभ्याउँने खेल पनि एमाले भित्र चलिरहेको छ । तर प्रचण्डले मज्जाले काँध थामिरहेकाले प्रचण्डले नचाहुञ्जेल जो सुकै जति उफ्रिए पनि प्रधानमन्त्रीबाट झलनाथले मरिगए पनि राजिनामा दिदैनन् । अब प्रचण्डले ने काँध हटाईदिए भने चै उनीसामू राजिनामा बाहेक कुनै पनि विकल्प बाँकी रहदैन ।


राजिनामा दिए चै के नै हुन्छ र ?
झलनाथले राजिनामा दिए पनि केही हुदैन । बरु अझ कुरा बिग्रिन्छ । पदकै लागि नमिलेका नेताहरु फेरि चुनावी र गणितिय खेलमा लाग्नेछन्, कोही मरेर प्रधानमन्त्री हुनेछ । र, कुनै सहमतिमा संविधान सभाको म्याद थप्ने छन् । अनि फेरि उही राजिनामा राजिनामाको खेल सुरु हुनेछ । आखिर राजिनामा राजिनामाको खेल हुनु नै छ भने झलनाथकै राजिनामाको खेल खेले पनि भइहाल्यो । यसैले यो राजिनामाले पनि कुनै चामत्कारिक नतिजा ल्याउँने छैन । खाली समय कटाउँने कुरा मात्र । हामीलाई अल्मल्याउँने बहानामात्र । संविधान बनाउँनलाई अमुक नेता नै प्रधानमन्त्री हुनु पर्छ भन्ने केही छैन अनि नबनाउँने संविधानको जे बहाना जति पटक बनाए पनि भइगयो ।


2 comments:

रोशनी लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मलाई चै पैले नै झलनाथले सबैलाई उल्लु बनाउछन् भन्ने लागिरकोथ्यो । भयो पनि त्यस्तै । राजिनामा दिएर चै के हुन्छ र ? दिनु हुदैन राजिनामा । यही सरकारलाई सहमतिको सरकार बनाए भएन ?

Radharaman said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

J.N.Khanal did the good jokes to all nepalese citizens.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।