किन भने होलान् राजिनामा दिन्छु भनेर
साउन २८ गते बिशेष दिन केही पनि होइन । साउन २८ मा राजिनामा गरेर २८मै नयाँ सहमतिको सरकार बनेपनि यो थपसमयमा संविधान बन्दैन । न त शान्तिप्रक्रिया नै टुंगोमा पुग्छ । त्यैपनि उनले २८ नै किन भने ? कारण एउटै छ, उनलाई घुक्र्याउँनु थियो माओवादीलाई अनि सँगै कांग्रेस लगायतका दलहरुलाई केही दिन भएपनि चुप लगाउँनु थियो । ठ्याक्क मुखमा त्यही मिति आयो भनिदिए । उनले एकैतिरले दुई निशान लगाउँने चेष्टा गरे । होला नि त भनेर सबैले त्यसलाई पत्याईदिए । तर आज २८ गते आएपछि दुधको दुध पानीको पानी भयो । जे होस् यतिका दिन राजिनामाको कर्कश आवाज प्रधानमन्त्रीले सुन्नु परेन ।
आफ्नैले पनि माग्दैछन् राजिनामा
कांग्रेसले मात्र होइन, झलनाथ खनालले प्रधानमन्त्रीबाट राजिनामा दिनु पर्ने भन्दै उनकै दलबाट पनि चर्को आवाज उठिरहेको छ । अझ केपी ओलीलाई सभासद नियुक्त गरेर अबको प्रधानमन्त्रीका लागि केपी ओलीलाई उभ्याउँने खेल पनि एमाले भित्र चलिरहेको छ । तर प्रचण्डले मज्जाले काँध थामिरहेकाले प्रचण्डले नचाहुञ्जेल जो सुकै जति उफ्रिए पनि प्रधानमन्त्रीबाट झलनाथले मरिगए पनि राजिनामा दिदैनन् । अब प्रचण्डले ने काँध हटाईदिए भने चै उनीसामू राजिनामा बाहेक कुनै पनि विकल्प बाँकी रहदैन ।
राजिनामा दिए चै के नै हुन्छ र ?
झलनाथले राजिनामा दिए पनि केही हुदैन । बरु अझ कुरा बिग्रिन्छ । पदकै लागि नमिलेका नेताहरु फेरि चुनावी र गणितिय खेलमा लाग्नेछन्, कोही मरेर प्रधानमन्त्री हुनेछ । र, कुनै सहमतिमा संविधान सभाको म्याद थप्ने छन् । अनि फेरि उही राजिनामा राजिनामाको खेल सुरु हुनेछ । आखिर राजिनामा राजिनामाको खेल हुनु नै छ भने झलनाथकै राजिनामाको खेल खेले पनि भइहाल्यो । यसैले यो राजिनामाले पनि कुनै चामत्कारिक नतिजा ल्याउँने छैन । खाली समय कटाउँने कुरा मात्र । हामीलाई अल्मल्याउँने बहानामात्र । संविधान बनाउँनलाई अमुक नेता नै प्रधानमन्त्री हुनु पर्छ भन्ने केही छैन अनि नबनाउँने संविधानको जे बहाना जति पटक बनाए पनि भइगयो ।
2 comments:
मलाई चै पैले नै झलनाथले सबैलाई उल्लु बनाउछन् भन्ने लागिरकोथ्यो । भयो पनि त्यस्तै । राजिनामा दिएर चै के हुन्छ र ? दिनु हुदैन राजिनामा । यही सरकारलाई सहमतिको सरकार बनाए भएन ?
J.N.Khanal did the good jokes to all nepalese citizens.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।