जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

त्यो एकदिन जसले सँधै संसारलाई तर्साउँछ

कसैले सोचेको पनि थिएन, यो आणविक युगमा बिना हतियार त्यस्तो त्रासद आक्रमण हुन सक्छ । तर भयो । आजको ठिक दश बर्ष अगाडी सन् २००१ सेप्टेम्बर ११ ले संसारमा हतियार र आतकंको नयाँ र गहिरो भय सृजना गरिदियो । हेर्दाहेर्दै आँखाकै अगाडी ११० तलाका भवनहरु आगो र धुँवामा छोपिदै धुलोमा बिलिन भए । तिनहजार भन्दा बढि मानिसको ज्यान गयो । धेरै अंगभंग भए । र, यो घटना त्यहाँ भयो, जसलाई संसारकै सबैभन्दा बढि सुरक्षित मुलुक मानिन्थ्यो । त्यसपछि सृजना भएको युद्धमा लाखौंले ज्यान गुमाई सकेका छन् । अझ क्रम  जारी छ । अरबौं डलरको खर्चपछि बल्लतल्ल अमेरिकाले त्यो आक्रमणका मुख्य योजनाकारका रुपमा रहेका तत्कालिन अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेको छ । तर अलकायदा ज्युँदै छ । संसारमा भयको मात्रा बढ्दो छ । विकशित वा अविकशित कुनै मुलुक सुरक्षित छैनन् ।

निराशा र सन्त्रासको विश्वमा आउँनुहोस् एक पटक त्यो दिनलाई सम्झौं । मृत आत्माको चीरशान्तिको कामना गरौं । विश्वमा शान्ति र अमनचैनको लागि आफ्ना आफ्ना इश्वरसँग प्रार्थना गरौं । आउँनुहोस्, हातेमालो गरौं । र भनौं, त्यस्तो दिन फेरि आउँने कुनै पृष्ठभुमी नबनोस् ।


आक्रमण भन्दा अगाडी ट्वीन टावरहरु

दोस्रो टावर आक्रमणका लागि गईरहेको हवाईजहाज


त्रसिद मानिसहरु ज्यान बँचाउँन भाग्दै ।


आक्रमणबाट त्रसित महिला आफन्तसँग मोवाइलबाट कुराकानी गर्दै

आक्रमणबाट मारिएका आफन्तको तस्विर प्रदर्शन गर्दै बालक
एउटा च्यानलबाट प्रसारित आक्रमणको लाईभ रेकर्ड हेर्नुहोस्


3 comments:

विन्देश दहाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आज सेप्टेम्बर ११ । सन् २००१ मा आजकै मितिमा अमेरिकाको न्युयोर्कस्थित ट्विनटावरमा आतंकवादी आक्रमण भएको थियो । त्यो आक्रमणमा ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धांजली । यो घटनाले विश्व राजनीतिमा ठूलै परिवर्तन ल्यायो । धार्मिक अतिवादले डरलाग्दो रूप लिएको पुष्टि भयो । अमेरिकाको विश्वव्यापी प्रभावमाथि प्रश्नचिह्न उठ्यो । मनोवैज्ञानिकहरूले यो आक्रमणलाई अमेरिकाको ठडिएको पौरुषमाथिको प्रहारका रूपमा चित्रण गरे ।

संसारले आफूहरूलाई कति घृणा गर्दो रहेछ भन्ने महसुस गरे अमेरिकीले । आफ्नै भूमिमा भएको आक्रमणले उनीहरू स्तब्ध भए । भियतनाममा युद्ध हारेको भन्दा बढी पिडादायी रह्यो यो प्रहार उनीहरूका लागि । यसपछिका अमेरिकी प्रत्याक्रमणले अफगानिस्तान र इराक ध्वस्त भए । तत्कालीन अमेरिकी सरकारले मानवाधिकारको चरम उल्लंघन गर्‍यो । गुवान्टानामो बे तथा अबु घ्राइब त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यो अवधिमा बनेका चलचित्रले अमेरिकीहरूले अब आत्मानुसन्धान गर्न थालेको भनी चित्रण गर्न थाले । चरम राष्ट्रवादी डाङ्डुङभन्दा पनि अमेरिकाबाट कहाँनिर गल्ती भो र धार्मिक अतिवाद कसरी पैदा भो भन्ने कुरा दर्साउन थाले चलचित्रले । "रिड्याक्टेड", "सिरियाना" जस्ता चलचित्र तथा "२४" जस्ता टिभी शृंखलाले अमेरिकाको गल्ती देखाएका छन् ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Oh God! save us from those bastards.

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yo kehi had samma ta thik pani thiyo. natra american harule sansar pelne vaka the.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।