जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'दाई छिटो गर्नुस् है मलाई ढिलो हुन्छ'

हामी देउता पुज्छौ । महानवाणीहरु प्रति नतमस्तक हुन्छौं । तर यथार्थमा हामी मानव हौं । त्यो पनि चरम भौतिकवादी युगका । लोभ, लालच र दरिद्रता त हाम्रो नसा नसामा छ । साना भन्दा साना कुराले पनि हामीमा यत्ति धेरै लोभ उत्पन्न हुन्छ कि हामी आफुलाई रोक्नै सक्दैनौं । यो त सामान्य कुरा हो । तर यसको अपवाद पनि प्रशस्त पाईन्छ । यस्ता अपवादहरु मनमा गहिरिएर बस्छन् । खास गरि तब, जब यस्तो अपवाद हामी आफैले अनुभव गर्न पाउँछौ । कुरा सामान्य हो, तर अर्थपुर्ण लाग्यो । यसैले यहाँ पोस्ट गरेको छु ।


म हतार हतार अफिस जाँदै थिए । घरबाट निस्कन केही ढिलो भएको थियो अनि अफिस टाइममा काठमाण्डौका सडकमा सवारीको अवश्था, थप केही भनिरहनु नपर्ला । मनमा कति बेला अफिस पुग्ने हो भन्नेमात्र लागिरहेको थिए । यसैले हतारमै गाडीबा ट ओर्लिएर अफिस लागेँ । बाटामा थाहा पाएँ गोजीको मोबाइल गोजीमा छैन । मन झसक्क भयो । मोबाइल अति नै महगों त होइन तर हरायो भनेर थुकथुकाउँन काफी थियो ।

तर एक पटक लाग्यो । फोन गरिहेर्ने हो कि । पाइएला भन्ने भर त थिएन । माइक्रोमा हराएको मोबाइल भेटिएला भन्ने कसले सोच्छ र ? त्यै पनि सास रहुञ्जेल आश हुन्छ भने जस्तो फोन गर्न मन लाग्यो । नजिकैको टेलिफोन बुथबाट कल गरेँ । पहिलो पटकमा कल उठेन । दोस्रो पटक कल उठ्यो तर उता पट्टिको आवाजले मलाई बोल्न सम्म दिएन । एकोहोरो हेल्लो हेल्लो मात्र गरिरह्यो ।

तेस्रो पटकमा फेरि कल उठेन । चौथो पटक कल उठ्यो । मान्छे बोल्यो । मैले सकेसम्म नम्र हुँदै बोलें, मेरो मोबाइल माइक्रोमा छुटेछ । तपाईले भेट्नु भएछ है । उसले म भन्दा बढि नम्र हुँदै बोल्यो, म तपाईकै कल पर्खेर बसिरहेको थिएँ । म लगनखेल बसपार्कमा हुन्छु । बरु छिट्टो गर्नुस् है । मलाई ढिलो हुन्छ । उनले थपे, दाई मैले मोबाइल भेट्टाउँने बित्तिकै सम्झिएँ, हराउँनेलाई कति टेन्सन भएको होला ।


बाँकी के थियो । ट्याक्सी चढेर हुँइकिएँ । लगनखेल पुगे पछि थाहा पाएँ, मोबाइल भेट्ने मधेसी मुलका थिए (माथि तस्विर हेर्नुहोस्) । हर्षले विभोर हुँदै केही पैसा दिएँ, उनको इमान्दारिताको कदरस्वरुप । उनले लिएनन् । उनले भने मानवता भनेको यही हो नि, एउटाको आपतमा अर्कोले सहयोग गर्ने । वाह पढेको कुरा लागू गर्ने मान्छे पनि हुँदा रहेछन् ।

यो घटना एकदमै सामान्य हो । तर उनको लालचविहिन कार्यको प्रशंसा गर्न यो ब्लग लेखेको हुँ । उनलाई धेरै धेरै धन्यवाद । यो भौतिकवादी युगमा मानवता बोकेर हिड्ने उनकै जस्ता मानिसले गर्दा यो संसार अझसम्म बाँच्न र बस्न लायक छ ।

उनको नाम : चेतनारायण शाह
स्थायी ठेगाना : सप्तरी राजविराज




2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो जमानामा पनि यस्ता मानिसहरु हुँदा रहेछन् है । धन्यवाद चेतनारायणजी ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@विकाश

kohi kasta huncha kohi kasta
ajhai pani ramra mancheharu chan bhanne dekhiyo

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।