जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

काठमाण्डौमै बेचिदो रहेछ गाईको मासु ! सञ्चालक प्रहरी नियन्त्रणमा

वाणिज्य विभागले आज काठमाण्डौका बालाजु वनस्थलीमा रहेको कन्ट्री फर्म हाउसमा छापा मार्दा त्यहाँ गाईको मासु बेचिने गरेको खुलासा भएको छ । विभागले गाईको मासु बिक्री गरेको खुलासा भएपछि सञ्चालक हसना मानन्धरलाई प्रहरीको जिम्मा लगाएको छ । तर हसना भन्छिन्, यो के को मासु हो मलाई थाहै थिएन ।
हामी नेपालीको वास्तविक संस्कृति भने यस्तो हो ।
हामीलाई थाहा छ, गाई हाम्रो राष्ट्रिय जनावार हो । र, कानुनीरुपमा गाई मार्नु अपराध हो । कानुनीरुपमा मात्र होइन, हाम्रो जीवन र सभ्यताका लागि पनि गाई अति नै महत्वपुर्ण रहिआएको छ । यसैले अन्य जनावार भन्दा गाईको महत्व विशेष मानिन्छ । नेपाली कानुनले पनि यसको महत्वमा जोड दिएको छ भने गाईको महत्वको विषयमा अमेरिकी मानवशास्त्री मार्विन ह्यारिसले गरेको खोज निकै रोचक र तथ्यपरक छ । जुन यस्तो छ


पहिले नेपालको कानुनका बारेमा जानौं
नेपालको कानुनमा यस्तो छ


परिच्छेद २७
चौपाया सम्बन्धी कसूर२९१ गाई गोरु मार्न वा कुट्न नहुनेः १) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु हुँदैन।
२) उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो काम गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ।
३) कसैले गाई वा गोरुलाई कुटी अंगभंग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
४) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्‍याउन लागेको क्षति बचाउन आवश्यक परेमा कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गए वा त्यस्तो गाई वा गोरुलाई चोट पुगेको रहेछ भने यस दफा बमोजिम कसुर गरेको मानिने छैन।
२९२ चौपाया प्रति निर्दयी ब्यबहार गर्न नहुनेः १) कसैले कुनै चौपायालाई कुटी हिर्काइ वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्र्य भन्दा बढी दौडाई वा रोग घाउ खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन।
२) उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तीन महिनासम्म कैद वा जरिवाना वा दुवै हुनेछ।
२९३ सार्वजानिक स्थलमा चौपाया मार्न नहुनेः १) यस संहितामा अन्यथा ब्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै चौपायलाई परम्परा देखि बलि दिँदै आएको धार्मिक स्थलमा बाहेक अन्य कुनै पनि सार्वजानिक स्थलमा मार्न हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि सार्वजनिक स्थल भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवतजावत गर्ने ठाउँ सम्झनु पर्दछ।
२) उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई १ महिनासम्म कैद वा जरिवाना वा दुवै हुनेछ।
२९४ हद म्यादः दफा २९२ अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको मितिले र यस परिच्छेद अन्तरगतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले ३ महिना नाघेपछि उजुर लाग्ने छैन।

के भन्छन् मानवशास्त्री ?
मानवशास्त्रीहरुले भारतिय लगायतका समाजमा गाई पुजा गरिनुलाई विभिन्न कोणबाट अध्ययन र व्याख्या गर्ने गरेका छन् । हामीलाई सेतो छाला खास गरि अमेरिकनहरुले भनेको कुरा निकै भरपर्दो लाग्ने गर्छ । यसैले यहाँ एक अमेरिकन मानवशास्त्री मार्विन ह्यारिसले गरेको अनुसन्धान र व्याख्यालाई साराशंका रुपमा राखेको छु ।

अमेरिकन मानवशास्त्री मार्विन ह्यारिसले आफ्नो पुस्तक काउज्, पिग्स्, वार्स एन्ड विचेज (cows, pigs, wars and witches) मा भारतिय लगायत पुर्विय समाजमा गाईको महत्वको बारेमा लेखेका छन् । वास्तवमा अमेरिकन गाईहरु भन्दा भारतिय गाईहरुले निकै नै कम दुध दिने गर्दछन् । कम दुध दिने गाईलाई पुजा गरेकोमा अमेरिकनका नजरमा भारतियहरु उल्लु मानिन्थे । ह्यारिस नै पहिला पश्चिमेली मानवशास्त्री हुन् जसले भारतिय गाईहरुको फाईदालाई नजरअन्दाज गरेका थिएनन् ।


उनले तथ्यपरक अनुसन्धानबाट भारतिय समाजमा गाईका निम्न भावका विशेषताहरु उल्लेख गरेका छन्
१) सिमेन्ट उद्योग : गाईको गोबरबाट गरिब किसानहरुले घर बनाउँने र घरको मर्मत गर्ने गर्दछन् । यसैले गरिब भारतिय लगायतका लागि गाई सिमेन्ट उद्योगको रुपमा रहेको हुन्छ ।

२) मल तथा बिषादी उद्योग : गाईको मलमुत्र नै मलका रुपमा प्रयोग हुन्छ । गाईको मुत्रलाई जैविक बिषादीको रुपमा पनि प्रयोग गरिन्छ ।

३) ट्याक्टर उद्योग : पश्चिमा कृषिमा प्रयोग हुने ट्याक्टर गरिब कृषकको पहुँचभन्दा बाहिर हुन्छ । तर गाईले कृषिका लागि आवश्यक गोरु जन्माउँछ । गोरुबाट सामान ओसारपसार गर्न बयलगाडा तान्ने काम पनि गरिन्छ । भारतिय गाईबाट जन्मिने गोरु अमेरिकन गाईहरुको तुलनामा साना र होचा कदका हुन्छन् । यसले गर्दा भारतिय गोरुहरु कम खान्छन् र थोरै खानामा धेरै काम गर्न सक्छन् ।

४) फरक खाना : अमेरिकन गाईहरु जस्तो भारतिय गाईहरुलाई त्यस्ता खाना चाहिन्न । फल कृषकले लिन्छन् भने त्यसको अन्य उत्पादकहरु जस्तै धानको पराल, मकैको बोट आदि गाईले खान्छ । यसैले कृषक र गाईको खानामा प्रतिस्प्रधा हुदैन । दुबैलाई एकअर्काको संख्याले प्रत्यक्ष असर पुग्दैन ।

माथि उल्लेखित सन्दर्भहरुले बताउँछन् गाईको रक्षा गर्नु भनेको आफ्नो सभ्यता बचाउँनु हो, आफुलाई बचाउँनु हो । यसका विपरित गाई गोरु खानमा प्रयोग भयो भने यसले तिनीहरुको संख्या कटौति गर्छ । यसको असर भोग्नु पर्ने त आखिरमा गरिब किसानले नै हो ।






3 comments:

Tika Ram Pyakurel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepal government should kill the person who killed the cow.

Rupa Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त सुरु मात्रै हो के के मा के के मिक्स छ खुल्न बाकी छ जे पनि लिमिट हुन्छ धेरै भयो भने सबै कुरा पोल्छ ।

Dkhaling said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Beside being National animal of Nepal , Cow is worshiped as Goddess Laxmi in Hindu culture.Cow slaughtering in the country is the result of misinterpretation of the announcement of NEPAL being Secular Country. People those who are responsible for doing so knowingly for their vested interested and killing National animal should be punished as per the applicable law of Nepal, such that nobody in the future nobody dares to commit such inhuman act

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।