जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बाटो हिड्दा तर्साउँने काठमाण्डौका घर (तस्विर हेर्नुहोस्)

 
काठमाण्डौ उपत्यकाका पुराना घरहरुमा विचित्रका इतिहास र कला लुकेका छन् । यीनीहरुको उपस्थितीले नेपालको विगतको सभ्यतालाई पुष्टि मात्र गर्दैन, यसले पर्यटकहरुलाई पनि आकर्षित गरिरहेका हुन्छन् । तर यीनै घरहरुमा लुकेका छन् बाटोमा हिड्दा पनि तर्साउँने वास्तविकताहरु ।

काठमाण्डौ सुन्दर शहर भनेर चिनिए पनि अब काठमाण्डौको पहिचान त्यो हुन सक्दैन । काठमाण्डौको सौन्दर्यलाई इटका जंगलहरुले ढाकिसकेका छन् । जताततै कुरुप र अव्यवश्थित घरहरुले काठमाण्डौलाई कुरुप मात्र बनाएका छैनन्, खतराको चरमतामा पनि लगेका छन् ।

एक पटक सम्झनु होस् त, हिजोको भुकम्प आईरहदा तपाई कहाँ हुनुहुन्थ्यो ? तपाईले आफुलाई सुरक्षित राख्न कहाँ जान पाए हुन्थ्यो भन्ने सोच्नु भयो ? काठमाण्डौका एकाध स्थान बाहेक कतै पनि त्यस्ता ठाउँ छैनन्, जहाँ भुकम्पको अवश्थामा सुरक्षित महसुस गराउँन सकुन् । खोइ त्यस्ता सुरक्षित ठाउँहरु ?

त्यो भन्दा खतरनाक भएर उभिएका छन् महलहरु । यसरी टेकोको सहारामा उभिएका घरहरुले भुकम्पको अवश्थामा मात्र होइन, सामान्य अवश्थामा पनि ढलेर किच्लान् भन्ने डर पैदा गर्छन् । थाहा छैन यस्ता घरहरु कहिलेसम्म बाटो हिड्नेलाई तर्साइरहलान् ।

हेर्नुहोस् बाटो हिड्दा तर्साउँने यस्ता घरका नमुनाहरु


 यसरी टेको लगाएर थामिएका घरको छेउबाट हिड्दा कसको मुटु डरले ढक्क नफुल्ला र ?







3 comments:

anoj magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I dont believe people still live there .

आशिष said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन मान्छेलाई ज्यानको माया हुदैन कि क्या हो । यस्तो घरमा कसरी बस्नु ?

Basanta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुन्नि के गरे पछि बाटो देख्छन् भन्ने उखान छ नि त्यस्तै हो । भुइँचालोले घर भत्केपछि बल्ल चेत पस्छ, हामी नेपालीहरुमा !!!!

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।