जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'भिम रावल'हरु कुनै हालतमा महंगा गाडी नछोड्ने !

बाबुराम भट्टराईले प्रधानमन्त्री भएपछि मितव्ययिता कायम गर्ने भन्दै 'सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका-२०६८’ ल्याएर उच्च पदस्थ कर्मचारीमात्र होइन, मन्त्री तथा राष्ट्रपति सबैलाई मितव्ययी हुन बाध्य बनाउँन चाहे । उनले महगां गाडी चढ्नेलाई अकुंश लगाउँनु पूर्व नै आफु सस्तो नेपालमा बनेको गाडीमा चढ्न थाले । यसलाई 'फलो-अप' गर्दै अर्थमन्त्री बर्षमान पुन अनन्तले महगों गाडी बेचेर सस्तो किन्ने प्रक्रिया सुरु गरे । तर महंगा गाडीमा मरिमेट्ने भिम रावलप्रवृतिका सौखिनहरुलाई यसले सुइरा रोपे झै रोपिरहेको थियो । उनीहरु कुनै हालतमा महंगा गाडी नछोड्ने बाटो खोजिरहेका थिए । 'कहाँ कमजोर हुन्छ र च्यातुम्' भनेर कुरेकाहरुले सोही निर्देशिकाको हवाला दिदै पुराना महंगा गाडीहरुलाई नबेच्ने बताउँन थालेका छन् । आखिर कहाँ कमजोर रहेछ, बाबुरामले ल्याएको मितव्ययिता निर्देशिकामा ? हेर्नुहोस्



भिम रावल प्रवृतिहरु एकापट्टि मुख फर्काएर भन्दैछन्, यो निर्देशिकाले नयाँ गाडी किन्नमात्र रोक्छ । पुराना गाडी महंगै भएपनि चढेकालाई छुदैन । तिनै प्रवृतिहरु फेरि अर्कोपट्टि फर्केर भन्छन्, यो निर्देशिकाले पुराना गाडीको हकमा पनि केही सम्बोधन गर्नु पथ्र्यो । नत्र यो निर्देशिका नै फेल हुन्छ । यसो भनिरहदा उनीहरुको मुहारमा निर्देशिका प्रतिको वितृष्णा देख्न सकिन्थ्यो सायद ।


हो । निर्देशिकामा प्रत्यक्ष पुराना गाडीका सम्बन्धमा केही भनिएको छैन । तर यसको अर्थ यो होइन कि पुरानाहरु आडम्बर सहित महंगा गाडीमा चढुन् जब कि कार्यकारी राष्टप्रमुख भने सस्तो गाडीमा चढ्छन् । नैतिकवानहरुका लागि यो भन्दा ठुलो निर्देशिका के चाहिन्छ र ?

निर्देशिकामा यस्तो छ गाडीको सम्बन्धमा व्यवश्था
· कुनैपनि एकजना सरकारी कर्मचारीले एकभन्दा बढी सरकारी गाडीको सुविधा लिन मिल्दैन । यदि कसैलाई एकभन्दा बढी सरकारी गाडी उपलब्ध गराईयो भने प्राप्त गर्ने र दिने दुवैजना विभागीय कार्वाहीको भागेदारी हुन्छन् ।

· सहसचिव स्तरसम्मको व्यक्तिलाई गाडी खरिद गर्दा २० लाख रुपैंया भन्दा बढीको खरिद गर्न हुँदैन । यस्तै विशिष्ट श्रेणी र त्योभन्दा माथिका पदाधिकारीलाई ३० लाख रुपैंयासम्मको मात्र गाडी खरिद गर्न सकिन्छ । तर जिल्ला स्तरमा खासगरी ग्रामिण क्षेत्रमा धुलेबाटोमा हिंड्नुपर्ने स्थिति हुँदा त्यस्तोमा पिकअप र बलियो खालको गाडी किन्न पर्यो भने ४० लाख रुपैंयासम्मको किन्न सकिन्छ । य

· कुनै पनि सरकारी पदाधिकारीले सार्वजनिक विदाको दिन गाडी चलाउन मिल्दैन । विशेष परिस्थितिमा कामको लागि चलाउनु परेमा तोकिएको पदाधिकारीबाट लिखित अनुमति लिएर मात्र संचालन गर्नुपर्छ ।

· सरकारी गाडी कुनैपनि असम्बन्धित व्यक्तिले चलाउन मिल्दैन । कसैले चलाउन दिएमा त्यसरी चलाउन दिने सरकारी अधिकारीमाथि कार्वाही हुन्छ ।

· सरकारी गाडीलाई निजी नम्बर प्लेट राखेर चलाउन पनि मिल्दैन । त्यो गरेको पाइएमा पनि विभागीय कार्वाही हुन्छ ।

· आर्थिक वर्षमा सुरक्षा निकायबाहेक कसैलाई पनि नयाँ गाडी खरिद गर्न रोक लगाईएको छ । यदि नयाँ गाडी नकिनी नहुने अवस्था छ भने पुरानो गाडी लिलाम गराएर मात्र नयाँ गाडी खरिद गर्न सकिनेछ ।

· कुनै पनि सरकारी निकाय र सार्वजनिक संस्थानले आफ्नो अड्डाको नाममा रहेको गाडी बाहेक अरु कुनै गाडीमा इन्धन राख्न मिल्दैन ।

· दैवी प्रकोपको उद्धार र शान्ति सुरक्षाको विशेष परिस्थिति बाहेक अरु कुनै पनि बेला हेलिकोप्टर प्रयोग गर्न मिल्दैन ।




6 comments:

Hari Gole said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साला थाल चाट्ने बानी भको कुकुर अनि कहाँ छोड्छ त यती सजिलै ? तैसलाई के थाहा तेल्ले चड्ने गाडिले लाखौ साधारण नेपाली को गास- बाँस अनि कपास पुग्छ भन्ने

Jivan Poudel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गाडी के तेस्का बाउ को सम्पती हो र त ?

Ekindra Kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भिम रावलमात्रै चढेका छन् महङा गाडी ? पुर्वाग्रहको पनी हद हुन्छ नी के प्रचन्डहरुले त्यो महँगो गाडी छाडेर साइकल चढ्न थाले ? अनी भिम रावलले मात्रै हो र त्यो गाडी छोड्न न मानेको यहाँको जानकारीकालागि सरकारले गाडीको बैकल्पिक ब्यबस्था गरेपछी त्यो गाडी सबै भन्दा पहिले भिम रावलले नै फर्काउनुहुने छ । साथै तपाइलाई मेरो प्रश्न के सरकारी सुबिधामा गाडी उपयोग गर्ने एक्लो भिम रावलमात्रै छन् त ?

मुस्ताङको सस्तो लोकप्रियतालाई भन्दा बाबुरामहरुले चढ्ने चोरीको गाडीको कर छलीको बिशय अनी त्यो मुस्ताङ चढदा मिचियको आर्थिक नियमावलीको बिशयमा यहाँलाई जानकारी छ की छैन् ?

Newah Buddhijibi Guthi Nepalmandal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Aba sarkarle khosnu par6a.

Prakash Ghatane said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Kutta sala !

Giri Babukaji said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जुनैपनि नियम सच्चा मान्छे होभने मात्र उस्कोलागी लागु हुन्छ, पसुहरुलाई कुनै नियम कानूनले छुदैन।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।