मुसा देखिएर सोमबार १२ घन्टा काठमाडौंमा 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको जहाज मंगलबार फेरि हङकङमा ग्राउन्डेड भएको छ। कारण- त्यही मुसा। अन्तर्राष्ट्रिय मान्यताअनुसार जहाजभित्र मुसा पसे बाहिर निस्किएको पुष्टि नभएसम्म उडाउन मिल्दैन। निगमले भने सोमबार दिनभरि खोज्दा पनि फेला नपरेपछि जोखिम मोलेरै उडान अनुमति दिएको थियो। उक्त जहाज सोमबार राति मलेसियाको क्वालालम्पुर उड्यो। त्यहाँबाट मंगलबार बिहान काठमाडौं फर्केर फेरि हङकङ गएको थियो ।
भन्नलाई त सानो मुसो भनिन्छ । मुसो शब्द लघुतावाची हो जसले हेला वा सानो सम्झिएर गरेको सम्बोधन भन्ने बुझाउँछ । तर यही मुसोले हामीलाई नेवानीको बारेमा जान्न काफी प्रमाण छोडेको छ । हवाईजहाजमा मुसा देखिनु भनेको सामान्य कुरा मान्न सकिएला तर खानाको ट्रे बाट मुसा निस्कनुलाई कसरी सामान्य मान्ने ? यात्रुलाई दिन राखिएका खानाबाट मुसा निस्कन सक्छ भने त्यो खानाले स्वास्थ्यमा कस्तो असर पार्ला ? मुसा देखिएर नभेटिए पछि पनि जहाज उडाउँनुले के सन्देश जाला ? तर हामीलाई न त त्यो तिर सोच्ने फुर्सद रह्यो न आधिकारिक संस्थाहरुलाई नै फुर्सद छ ।
यो त अलिक अप्रत्यक्ष सम्बन्ध राख्ने कुरा भयो मानिसको मृत्युसँग । तर जहाजमा मुसा बोकेर, पाइलटलाई नक्कली फोटो देखाएर जहाज मलेसियासम्म लगियो । भाग्यवश कुनै दुर्घटना भएन । तर के यस्ता कुरामा भाग्यको भर परेर जोखिम उठाउँन ठिक हुन्छ ? के यो कानुनले मान्ने कुरा हो ? नेवानी दलिल पेश गर्छ मिडियामा, हामीले जोखिम मोलेर उडान अनुमति दियौं । के नेवानीले अरुको जिन्दगी दाउमा राखेर जोखिम लियौं भन्न पाउँछ ?
हामी पर्यटन बर्ष मनाउँदैछौ । पर्यटकलाई देश भित्राएर मात्र होइन । देश भित्राउँन प्रयोग गरिने वाहनबाट नै उनीहरुलाई विशेष सुरक्षाको प्रत्याभुति दिन सक्नु पर्छ । तर कानुन मिच्दै जबरजस्ती उडाएर हङकङ पु¥याएको हवाईजहाज त्यहाँ मुसाको कारण ग्राउन्डेड हुँदा त्यसले पयर्टकले चाहने सुरक्षाको प्रत्याभुति दिन सक्छ ? विदेशमा नेपालको साख कहाँ पुग्ला ? यो घटना सानो होला तर यसले नेवानीका टिकट काट्नलाई झड्का दिदैन र ? यसले लापरवाहीको पुष्टि गर्दैन र ?
मुसा सानो छ । तर यसले नेवानीमा हुने गरेका लापरवाहीलाई सतहमा ल्याइदिएको छ । नेवानी नेपालमा मात्र होइन, विदेशी भुमीमा पनि नांगो भएको छ । साँच्चै एउटै मुसो काफी रहेछ, नेवानीको लापरवाहीको हदलाई बाहिर ल्याउँन ।
फोटो नागरिकन्यूज

4 comments:
तेई ता म याँ मुसालाई कारबाहि गर्ने आवाज उठाउदै छु । कल्ले साथ देला मलाई ख्वै ?
कस्ता कस्ता कहाँ गए मुसाका बच्चा पिलेनमा
ha ha ha vanera hasne pani man nalagne news ho yo. tetro passengerlai maarna lageko ho? musole taar kateko vaye k hunthyo?
साला एक मछ्यडले मान्छेलाई हिजडा बनाउँछ भनेको सुनेको थिएँ । एउटा मुसाले पनि संस्थालाई नै हिजडा बनाउँदो रहेछ । था पाइयो ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।