जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हनुमानढोका लज - कँही छ यस्तो सुबिधा !

-नरेन्द्र सुवेदी-
लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।

पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो ।


यस लजमा मानिस आफ्नो इच्छाले आउँदैनन् । लजले आफ्नो एजेन्टहरुले मानिसलाई यस लजमा उपस्थित गराउँदोरहेछ । मलाई पनि त्यस्तै एजेन्टले त्यहाँ पुर्‍यायो । मैले कुरा बुझ्न खोज्दा, अपशब्द र एजेन्टलाई सिकाइएको कुसंस्कार मतर्फ आक्रामक भए । जसोतसो तेस्रो दिनसम्म एउटा छेउ न टुप्पाको कारण बनाई मलाई हनुमान ढोका लज पुर्‍याईयो । अर्थात १२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा बिनाप्रमाण, बिनादोष हनुमानढोका पुर्‍याइयो । त्यही बसाईको अनुभवका आधारमा लजका केही बिशेषता उल्लेख गरेको छु ।



१) गेट प्रवेश गर्ने बित्तिकै नाकमा ठोकिन आउँने पाँच चर्पीका भयावह दृष्य र दुर्गन्ध ।

२) साँघुरा कोठा साइज अनुसार तीनजना भन्दा बढी मान्छे सुत्न मिल्दैन तर कम्तिमा १३ जना जसरी पनि सुत्नैपर्ने व्यवश्था ।

३) लजको कर्मचारीबाट आमा, बाउ, दिदी, बहिनी सबैका नाम अश्लील गाली निरन्तर सुन्न पाइने ।

४) पटक पटक चमेरो बनी (टाउको तल, खुट्टा माथि) मनोरञ्जन लिन पाउँने व्यवश्था ।

५) लजको कर्मचारीबाट बिनाकसुर सुतेकै ठाउँबाट उठाई पिटाई खान पाउँने सुबिधा ।

६) अत्यन्त गुणस्तरहीन खाना पाइने ।

७) अत्यन्त महँगो आन्तरिक बजार, पाँच रुपियाँको पत्रिका १० रुपियाँमा किन्न पाइने ।

८) लज कर्मचारीले गर्नुपर्ने काम, लजका पाहुनाले गरिदिनु पर्ने व्यवश्था, कसैकसैले त लज कर्मचारीको लुगा समेत धुनुपर्ने ।

९) लजका पाहुनाले लजको सुरक्षामा छाडेको सामान हराउँने ग्यारेन्टी ।

१०) लजबाट बाहिरिदा नमिठो सम्झना र पुनर्जन्म भएको अनुभव गराउँने ग्यारेन्टी ।




2 comments:

Mohan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepali jelko halat astai ho. aru k vannu ra yo barema.

अनिल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हनुमान ढोका लजको बयान त साँच्चै राम्रो रहेछ । मलाई मन राम्रो लाग्यो । झुक्किएर पनि हनुमान ढोका लज पस्न पनि नपरोस् । मा कसम ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।