जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रभु साहले राजिनामा दिए, के गर्लान् शरदसिंहले ?

हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्याको आरोप खेपिरहेको भूमिसुधार मन्त्री प्रभु साहले आज पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा माग्दै प्रतिपक्षी एमाले र कांग्रेसले सदन अवरुद्ध गर्न थाले पछि सरकारलाई यही कारणले घेराबन्दीमा पार्न खोजेको भन्दै माओवादीले आजैमात्र साहलाई फिर्ता बोलाउँने निर्णय गरेको थियो । यसैअनुरुप मन्त्री साहले पदबाट राजिनामा गरेका हुन् । आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने माओवादीको यो निर्णयले तराईका २२ जिल्ला अलग्गिन सक्छ भनेर भाषणबाजी गर्ने अर्का विवादित मन्त्री शरत्‌सिंह भण्डारीलाई पनि राजीनामा दिन नैतिक रुपमा बाध्य पार्नेछ। तर के देलान् त शरदसिंहले राजिनामा ? तपाईलाई के लाग्छ ?



अब कारबाही होला त प्रभु साहलाई ?
यो कानुनी राज्य हो । यसैले कानुनी प्रक्रियामा दोषी ठहरिएकालाई कसुर बमोजिमको कारवाही हुनै पर्छ । तर प्रभु साहमाथि मुद्दा नै दर्ता नभएको कारणले उनी माथिको आरोपको कानुनी प्रक्रिया के हुने हो भन्न गार्‍हो छ । त्यसमाथि अहिलेको स्थिती हेर्ने हो भने उनीमाथि कानुनी कारबाही चल्ने अवश्था देखिन्न ।  किनभने मन्त्रीबाट फिर्ता बोलाए पनि माओवादीले उनी दोषी नभएको भन्दै डिफेन्स गर्न रोकेको छैन। प्रभुलाई फिर्ता बोलाउने निर्णय सार्वजनिक गर्न प्रचण्डले निकालेको वक्तव्यमा ‘कानुनी उन्मुक्ति हुँदाहुँदै पनि संसदमा भएको अवरोधले संविधानको मूल विषयबाट ध्यान विकेन्द्रित हुने र अनावश्यक समय नाश हुने भएकोले’ मात्र यस्तो निर्णय गरिएको उल्लेख छ।
वक्तव्य हेर्नुहोस्



फोरम लोकतान्त्रिकले भोलि निर्णय गर्ने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले विवादमा परेका रक्षामन्त्री शरदसिंह भण्डारीको राजीनामाबारे भोलि निर्णय गर्ने भएको छ । फोरम लोकतान्त्रिकले यसअघि नै भाषगत त्रुटी भएको भन्दै यसलाई नउचाल्न आग्रह गरेको थियो । 

3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के देलान् र राजिनामा । कुकुरले भेटेको हाड पनि छोड्छ र ?

मदन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मरि गए दिदैनन् राजिनामा । उनले भनेको कुरा पनि सुनियोजित हो । कसैले बिरोध नगरे त्यही कुरालाई पार्टीको एजेन्डा बनाउँने छन् । यसैले यस्ता कुराको बिरोध गरौँ । मन्त्रालय घेरेर राजिनामा दिन बाध्य बनाऔं ।

अनिल फुँयाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्रभु शाहले राजिनामा ढिलै भएपनि दिए । आखिर नैतिकताको सवाल हो । माओवादीले नैतिकता प्रदर्शन गरेको छ । यसका लागि उसलाई साधुवाद ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।