जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कसैले भनिदिन्छ, यसमा अश्लिलता के छ !

अहिले शहरमा होर्डिङको खुब चर्चा छ । किनकि प्रधानमन्त्री बाबुराम भट्टराईले निर्देशन दिएका थिए, शहरमा भएका अश्लिल र उत्तेजक होर्डिङ हटाउ । आजदेखि सो काम सुरु भएको छ । तर, कार्यन्वयनमा आईपुग्दा केही फरक परेको छ । प्रधानमन्त्रीले अश्लिल होडिङ हटाउँन भने पनि धेरै किसिमका होडिङ हटाइएको छ । अश्लिल होर्डिङ निकाल्न प्रधानमन्त्रीले निर्देशन दिए पनि जनचेतना फैलाउने होर्डिङ बोर्ड हटाएको भन्दै नेपाल विज्ञापन संघले आपत्ति जनाईसकेको छ ।
अब तस्विरमा हेर्नुहोस् त यसै बहानामा एस ट्राभल डट कम को होर्डिङ पनि हटाइदैछ । अब मलाई कसैले भनिदिन्छ, यसमा अश्लिलता के छ ! सरकारले होडिङप्रति यस्तो व्यवहार किन गर्दैछ भनेर बुझ्न सजिलो छैन किनभने होर्डिङबाट सरकारले पनि केही रकम त पाउँछ । कति पाउँछ त ?


सरस्वती ढकाल
काठमाडौं महानगरपालिकामा विशुद्ध विज्ञापन गर्ने उद्देश्यले सडकका दायाँ–वायाँ तथा घरका छतमा राखिएका विज्ञापनमध्ये ९० प्रतिशतले कर तिर्छन् । बर्सेनि होर्डिङ बोर्डको संख्या थपिँदै गए पनि हालसम्म ९० प्रतिशतभन्दा धेरैले कर तिरेको रेकर्ड महानगपालिकासँग छैन । बाँकी १० प्रतिशत होर्डिङ बोर्डलाई महानगरपालिकाले आर्थिक वर्ष सकिएपछि अनुगमन गरी हटाउँछ ।

चालू आव ०६७/६८ मा ७ सयभन्दा धेरै होर्डिङ बोर्ड प्रयोगमा आएको जानकारी महानगरपालिकाले दिएको छ । यसको चार गुणाभन्दा धेरै साना आकारका बोर्डलाई ‘परिचय पाटी’का नामले प्रयोग गरिएको छ । सरकारले ठूला होर्डिङ बोर्डलाई करको दायरामा ल्याए पनि परिचय पाटीलाई भने छुट दिएको छ ।

महानगरपालिकाले चालू आवमा होर्डिङ बोर्डबाट ८० लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ । मंगलबार अपराह्नसम्म ५५ लाख रुपैयाँ संकलन भएको जानकारी महानगरपालिकाको राजस्व महाशाखाले जनाएको छ ।

सरकारले गत वर्षदेखि मदिरा तथा सुर्तीजन्य विज्ञापनमा रोक लगाएपछि होर्डिङ बोर्डबाट उठ्ने राजस्व घटेको छ । गत वर्ष करिब ६ सय ५० होर्डिङ रहेकोमा यस वर्ष खासै वृद्धि हुन सकेको छैन । ०६४÷६५ मा साढे ५ सयको हाराहारीमा थिए । सरकारले यिनै ठूला होर्डिङ बोर्डबाट कर उठाउँदै आएको छ । होर्डिङ बोर्डको दस्तुर अन्यको भन्दा झन्डै दोब्बर हुन्छ । व्यावसायिक क्षेत्र फस्टाउन नसक्दा प्रचारप्रसारका लागि होर्डिङ बोर्ड राख्ने व्यवसायीको संख्या बढ्न नसकेको हो ।

खाली रहेको क्षेत्रमा होडिङ बोर्ड राख्न दिएबापत व्यावसायिक कम्पनीले सम्बन्धित व्यक्ति वा संस्थालाई रकम बुझाउने गर्छन् । आव ०६५/६६ मा १ करोड ५३ लाख ६४ हजार ७ सय रुपैयाँ विज्ञापन कर संकलन भएको थियो । यस वर्षको लक्ष्य गत वर्षको भन्दा झन्डै आधा कम छ ।

सरकारले गत वर्ष विज्ञापनका लागि राखिएका वस्तु तथा सामग्रीका लागि मासिक ६० रुपैयाँ प्रतिवर्गफिट कर तोके पनि यस वर्ष खुकुलो गरी ५० रुपैयाँ कायम गरेको छ । दरभन्दा दायर बढाउने लक्ष्यअनुरूप खुकुलो व्यवस्था गरिएको महाशाखा प्रमुख नूरनिधि न्यौपानेले बताए । महानगरपालिकामा विशेषगरी जिङ्क बक्स, ग्लो साइज मुभिङ स्क्रिन, झुन्ड्याउनेलगायतका ठूला होर्डिङ बोर्ड प्रयोगमा छन् ।

सार्वजनिक क्षेत्र वा धार्मिक क्षेत्रको सौन्र्दय घटाउने गरी नियमविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन महानगरपालिकाले सात दिनको सूचना जारी गर्छ । समयावधि सकिँदासम्म सम्बन्धित कम्पनीले होर्डिङ बोर्ड नहटाए महानगरपालिका स्वयंले हटाउँछ । होडिङ वोर्ड हटाउन लाग्ने खर्च विज्ञापनदाताले नै तिनुपर्ने कानुनी प्रावधान छ ।

महानगरपालिकाले होडिङ बोर्डको संख्या र आकारसम्बन्धी मापदण्ड नभएको बताएको छ । अनावश्यक र विकृतिजन्य तस्बिर भएका होडिङ बोर्डले सवारी दुर्घटना पनि बढाएको महानगरपालिको तथ्यांक छ ।

होर्डिङले कति व्यवसायिकता कमाएको छ, यी तस्विरहरु हेरेर अनुमान लगाउँनुहोस् ।






तस्विरहरु : साभार

7 comments:

सँकल्प पोख्रेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सफा सुन्दर हरियाली महानगरपालिकामा रंग मात्र हरियो भए'सी भएन त अश्लितता!!! रूप रोपौँ, अश्लिलता भगाऔँ!!!! :P hehe

Swayambhu Nath Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालको सबैभन्दा पछेलेखेका प्रधानमन्त्रीलाई नगरपालिकाको मेयर र प्रधानमन्त्री विचको कार्यजिम्मेवारी र मर्यादाक्रम थाहा नभएको झै लाग्छ, कि गोकर्ण बिष्टले ख्याती कमाएको देखेर काम त यस्तो पो गर्नुपर्ने रहेछ भन्ने लागेको हुन सक्छ ।
नेपालका कुनै पनि प्रधानमन्त्री यत्तिको प्रचारमूखी भएनन् भारतका राजिव गान्धी भने थिए, त्यसैले उनको पालामा दूरदर्शनलाई राजिव दर्शन भनिने गरेको थियो

Gopal Prasad Bhandari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

tasto haina hola ho ........................

Swayambhu Nath Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

४५ दिन त प्रधानमन्त्रीको रुपमा नभई कहिले ट्रफिक हवल्दर त कहिले नगर प्रहरी भएर बित्यो । फेरी युएनको महासभा र भारत भ्रमण, अर्को ४५ दिनमा पनि भद्रकालिको बाटो खोल्नुछ , तिहार र छटलाई राहत प्याकेज घोषणा गर्नै छ अझ साथिहरू त्यस्तो त हैनहोला भन्नुहुन्छ ।
यो सबै अनन्तकालसम्म आफ्नो म्याद थप्ने चालाहो । यी दलहरू झगडा गरेझै गर्नेछन , अनि केके न जित्यौ भन्दै लौ फेरी सम्विधान सभको म्याद थप्ने छन, त्यसवेला सरकारले गरेको उल्लेख्य कामको रुपमा गणेश जीले औल्याउनु भएको (अश्‍लिल )होर्डिङ हटाएको पनि गणणा हुने छ, शँका नगरी हेर्दै रहनु होला यो भविष्यवाणी नै हो

Gopal Prasad Bhandari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ठोकुवा गरेर भन्नसकिन्छ उहाँ देशको खाका कोर्ने बुध्दिजिवि हुनुहुन्छ आशा गरौ अब केहि हुन्छ है

Swayambhu Nath Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मैले एक भविष्यवाणी गरें गोपाल जी तपाईले अर्को , म पनी तपाई कै भविष्यवाणी ठिक निक्ल्योस भन्ने चहान्छु । हेरौ कस्को मिल्छ । भेटघाट भै राख्‍ने भए जुन तातो पेय तपाई खानुहुन्छ त्यसैको बाजी राख्‍ने थिएँ । सित्तैमा तातो पेय पिउन त पाईन्थ्यो

ashis said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

[im]http://4.bp.blogspot.com/-dPpjjCBUKWs/Tp20O9ZJlpI/AAAAAAAAAEQ/ls8o2ds5TYE/s1600/toilet_hording.jpg[/im]

Like

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।