जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हाम्रो गाई पुजालाई अमेरिकी मानवशास्त्री के भन्छन् ?

आज गाईतिहार । गाईको धुमधाम पुजा गरियो ।
तस्विर टंक मिश्र
हामी हिन्दुहरु गाईलाई माता (आमा) भन्छौँ । तिहारमा आजको दिनमा गाई पुजा गर्छौ । हाम्रो नजरमा गाईको जुन उच्च स्थान छ, त्यो धार्मिक आस्था हो । तर के गाई पुजा भनेको पुर्णत: धार्मिक आस्था मात्र हो ? के भन्छन् कहिलै गाई नपुज्ने अमेरिकी मानव शास्त्रीहरु ?



अमेरिकन मानवशास्त्री मार्विन ह्यारिसले आफ्नो पुस्तक काउज्, पिग्स्, वार्स एन्ड विचेज (cows, pigs, wars and witches) मा भारतिय लगायत पुर्विय समाजमा गाईको महत्वको बारेमा लेखेका छन् । वास्तवमा अमेरिकन गाईहरु भन्दा भारतिय गाईहरुले निकै नै कम दुध दिने गर्दछन् । कम दुध दिने गाईलाई पुजा गरेकोमा अमेरिकनका नजरमा भारतियहरु उल्लु मानिन्थे । ह्यारिस नै पहिला पश्चिमेली मानवशास्त्री हुन् जसले भारतिय गाईहरुको फाईदालाई नजरअन्दाज गरेका थिएनन् ।

उनले तथ्यपरक अनुसन्धानबाट भारतिय समाजमा गाईका निम्न भावका विशेषताहरु उल्लेख गरेका छन्
१) सिमेन्ट उद्योग : गाईको गोबरबाट गरिब किसानहरुले घर बनाउँने र घरको मर्मत गर्ने गर्दछन् । यसैले गरिब भारतिय लगायतका लागि गाई सिमेन्ट उद्योगको रुपमा रहेको हुन्छ ।

२) मल तथा बिषादी उद्योग : गाईको मलमुत्र नै मलका रुपमा प्रयोग हुन्छ । गाईको मुत्रलाई जैविक बिषादीको रुपमा पनि प्रयोग गरिन्छ ।

३) ट्याक्टर उद्योग : पश्चिमा कृषिमा प्रयोग हुने ट्याक्टर गरिब कृषकको पहुँचभन्दा बाहिर हुन्छ । तर गाईले कृषिका लागि आवश्यक गोरु जन्माउँछ । गोरुबाट सामान ओसारपसार गर्न बयलगाडा तान्ने काम पनि गरिन्छ । भारतिय गाईबाट जन्मिने गोरु अमेरिकन गाईहरुको तुलनामा साना र होचा कदका हुन्छन् । यसले गर्दा भारतिय गोरुहरु कम खान्छन् र थोरै खानामा धेरै काम गर्न सक्छन् ।

४) फरक खाना : अमेरिकन गाईहरु जस्तो भारतिय गाईहरुलाई त्यस्ता खाना चाहिन्न । फल कृषकले लिन्छन् भने त्यसको अन्य उत्पादकहरु जस्तै धानको पराल, मकैको बोट आदि गाईले खान्छ । यसैले कृषक र गाईको खानामा प्रतिस्प्रधा हुदैन । दुबैलाई एकअर्काको संख्याले प्रत्यक्ष असर पुग्दैन ।



माथि उल्लेखित सन्दर्भहरुले बताउँछन् गाईको रक्षा गर्नु भनेको आफ्नो सभ्यता बचाउँनु हो, आफुलाई बचाउँनु हो । यसका विपरित गाई गोरु खानमा प्रयोग भयो भने यसले तिनीहरुको संख्या कटौति गर्छ । यसको असर भोग्नु पर्ने त आखिरमा गरिब किसानले नै हो ।

2 comments:

Lava Kafle said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

cool

मीरा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के भन्लान् र ? बढी भने बेकामको काम त भन्लान् नि भने जस्तो लाग्यो, जब तपाईको लेखको शिर्षक पढें । तर होइन रहेछ, गोरा छालाले राम्रा काम पनि गरेछन् खुसी लाग्यो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।