-ओम थापा-
गैरआवासीय नेपाली (एनआरएन)लाई सम्भवत अहिलेसम्म यति धेरै आलोचना कहिल्यै गरिएको थिएन । एनआरएनले प्रतिवद्धता गर्ने पुरा नगर्ने विषयले मात्र अहिले प्राथमिकता पाएन त्यस भित्रको व्यवस्थापकीय कमजोरी पनि आलोचनाको विषय बन्यो । एनआरएनको एक दशकको इतिहासमा अध्यक्ष चयनका लागि सहमति गर्नु अघि ककस कार्यक्रममा पाखुरा सुर्कने काम समेत भयो । भलै अघिल्लो दिन मन माझेका अध्यक्षका दुई प्रत्यासी भोलिपल्ट ङिच्च हाँस्दै सहमति भयो भनेर पत्रकार सामु उपस्थित भए ।
एनआरएनका विषयमा कति धेरै आलोचना भयो भने, केही मिडियाले सरकारी खर्चमा एनआरएनको दशैं वा छुट्टीमा घर आउँदा फाइभस्टार पिकनिक समेतका हेडलाइन बनाए । विभिन्न फोरममा नेताले, मिडियामा पत्रकारले र चिया चोकमा सर्वसाधरणले हावा गफ गरेर एनआरएनलाई हावामा उडाए । यति धेरै आलोचनाको पछिको एउटा मात्र कारण थियो, एनआरएनको पुरा नभएको प्रतिवद्धता । त्यो प्रतिवद्धता थियो, नेपाललाई समृद्ध बनाउन एनआरएनको लगानीको प्रतिवद्धता ।
एनआरएनको पहिलो सम्मेलनदेखि नै उठेको विषय थियो, लगानी । त्यसका अनेक मोडेलमा धेरै ठूला र भब्य चर्चा भए । विशेष गरी सामुहिक लगानी कोष खडा गर्ने र त्यसबाट नेपालको कायापलट गर्ने विषय पहिलो सम्मेलनदेखि पाँचौं सम्मेलनसम्म बस्नै नसक्ने गरी निरन्तर उठिरह्यो । १० मिलियन डलरको लगानी कोष खडा गर्ने, ७५ जिल्लामै एउटा/एउटा व्यवसायिक परियोजना बनाउने, समाजसेवाका काम पनि गर्ने अनेक अनेक विषयमा दश वर्षदेखि चर्चा भैरहेको छ । परियोजनाको मोडेलदेखि विश्वभरका एनआरएनबाट कसरी पैसा उठाउने भन्ने विषयमा नेपाली र एनआरएनका विशेषज्ञको दिमागले मात्र नपुगेपछि विदेशी विशेषज्ञको दिमाग समेत सापटीमा ल्याएर १०० इन्चभन्दा ठूला पर्दामा प्रोजेक्टरबाट देखाइयो ।
विश्वासयोग्य प्रतिवद्धताले सरकार मात्र होइन सर्वसाधरण समेत एनआरएनबाट आशावादी भए । प्रत्यक्ष लगानी नगरेका सर्वसाधरणको आशा अब मरिसक्यो तर सरकारका लागि एनआरएन नखाउँ भने दिनभरीको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार जस्तै भएको छ । पाँच तारे होटलमा एनआरएनको सम्मेलन गर्न सरकारले अहिलेसम्म करोडौं रुपैयाँ लगानी गरेको छ, प्रतिफल झण्डै शुन्य बराबर छ । अझै पनि एनआरएन भने हाम्रो लगानीका लागि यो व्यवस्था गर, त्यो व्यवस्था गर भन्दैछन् ।
दश वर्ष अघि एनआरएनको हैसियत थिएन, सरकारले अहिले हैसियत दिएको छ, दश वर्ष अघि एनआरएन नेपाली थिएनन, अहिले त कम्तिमा सरकारले नागरिकता नभएका नेपालीको परिचयपत्र दिएको छ, दश वर्ष अघि एनआरएनसम्वन्धी कानून थिएन, अहिले सरकारले उनीहरुकै लागि छुट्टै कानून बनाइदिएको छ । दश वर्ष अघि एनआरएनले नेपालमा घर किन्न पाउँदैन्थे, शेयर किन्न पाउँदैन्थे, अब उनीहरु एनआरएनको हैसियतमा घर किन्न पाउँछन्, शेयर किन्न पाउँछन । तर पनि खै त एनआरएनको लगानी ?
सभा सम्मेलनमा उनीहरु देखाउने गर्छन, एनआरएनको लगानीमा एनसेल खुलेको छ, सानिमा हाइड्रो छ, सानिमा विकास बैंक छ, डिस होममा लगानी छ, शिखर इन्सोरेन्स छ । लगानी त छ तर कसको छ ? लगानी त छ उपेन्द्र महत्तोको छ, उपेन्द्रको छातामा भएका अरु व्यवसायीको छ । एउटा उपेन्द्र महत्तोले लगानी गर्ने हो भने सारा एनआरएनलाई बोलाएर सरकारले किन मेजमानी गर्नुपर्यो । एउटा उपेन्द्रले मात्र लगानी गर्ने हो भने हामी एनआरएन भनेर किन डिङ हाँक्नुपर्यो । एउटा उपेन्द्रले मात्र लगानी गर्ने हो भने सबै राजनीतिक दलको दैलोमा पुगेर हामीलाई दोहोरो नागरिकता चाहियो भनेर किन निवेदन हाल्नुपर्यो ?
एनआरएनका नाममा उपेन्द्रको मात्र लगानी नेपाल आउने हो भने सरकारले उपेन्द्रलाईलाई विशेष निर्णय गरेर दोहोरो नागरिकता दिए भयो, मेजमानीका लागि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलदेखि सिंहदरवारसम्मै रातो कार्पेट विछ्याइदिए भयो, कतारका राजकुमार अल वालिद विन तलाललाई किन प्रथम श्रेणीको महाप्रज्जवल राष्ट्रद्विप विभूषण दिनुपर्यो, यो विभूषण उपेन्द्रलाई दिए भयो । उपेन्द्रलाई नेपालले कमर्शियल्ली एण्ड डिप्लोम्याटिकल्ली इम्पोटेन्ट पर्सन भनेर विशेष सम्मान दिए भयो । अरु गैरआवासीय नेपालीले विना फोकट धेरै कुरा किन माग्नुपर्यो ? सरकारले किन दिनुपर्यो ?
अहिले देशमा बसेका नेपालीले जे सुविधा पाएका छन्, त्यही सुविधा एनआरएनलाई किन दिने ? उनीहरु त अवसर पाएर आˆनो जीवनस्तर उकास्न विदेश गएका हुन्, देशको स्तर उकास्न गएका होइनन्, उनीहरु आफ्ना मायाले विदेश गएका हुन, देशको मायाले गएका होइनन् । अवसर नपाए पनि देशमै बस्ने, अरु नभए पनि चुनावमा मतदान गरेरै भए पनि देशप्रति आफ्नो हक जमाउने नेपाली र व्याक्तिगत अवसरका लागि विदेश गएका नेपालीवीच तुलना हुन सक्दैन । हो, एनआरएन नागरिकता नभएका नेपाली हुन्, उनीहरुसँग नेपालको भावनात्मक सम्वन्ध छ, त्यसैले नेपालीको भावनात्मक सम्वन्ध पनि उनीहरुसँग छ । उनीहरुप्रति नेपालीको मनैदेखि आत्मियता छ । यो नै उनीहरुप्रतिको ठूलो सम्मान हो ।
त्यसो भए के अब एनआरएनको औचित्य सकियो ? होइन । एनआरएनको औचित्य सकिएको छैन, मात्र अब एनआरएनका प्राथमिकताहरु परिवर्तन गर्नुपर्दछ । नेपालले एनआरएनलाई लगानीको स्रोतका रुपमा हेर्नु हुन्न, उनीहरुले पनि आफूलाई लगानीकर्ताका रुपमा देखाउनुहुन्न । यसलाई नेपाल र उनीहरुले सामाजिक सञ्जालका रुपमा बुझ्नुपर्दछ । एनआरएनले अबदेखि लगानीका मुद्धालाई उठाउनु हुँदैन । एनआरएनले विदेशमा बसेका नेपालीलाई संगठित गर्ने, उनीहरुलाई दुःख, सुखमा साथ दिने, अलि अलि पैसा बचत भए नेपालमा सामाज सेवाका काम गर्ने मुद्धालाई उठाउनुपर्दछ । एनआरएन लगानीको हावा गफबाट मुक्त हुनुपर्दछ । यसलाई शुद्ध समाजसेवाको संगठनका रुपमा विकास गर्नुपर्दछ । विदेशमा रहने सबै नेपालीलाई अझ बढी संगठित गर्नुपर्दछ ।
अब एनआरएनको सञ्जालबाट लगानीलाई छुट्टाउनुपर्दछ । यसका लागि सरकारले विलिनियर्स क्लव बनाउनुपर्दछ । कम्तिमा पनि १० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने गैरआवासीय नेपालीलाई यो क्लवको सदस्य बनाउनुपर्दछ । यी सदस्यले दोहोरो नागरिकताको सुविधा मात्र होइन त्योभन्दा बढी सुविधा दिनुपर्दछ । नेपालमा लगानी ल्याएवापत त्यस्ता एनआरएनलाई सिमिति कर छुट दिने मात्र होइन, नाफा गरेको केही रकम विदेशमा लैजाने सुविधासम्म दिनुपर्दछ । त्यतिमात्र होइन विलिनियर्स क्लवका सदस्यलाई सम्मानसहित नेपालको गुडविल एम्बास्डरसम्म बनाउनुपर्दछ ।
मात्र कुरा के हो भने, जसको हैसियत जे हो, त्यही हैसियतमा बस्नुपर्दछ, तिनै विषयमा मात्र गफ गर्नुपर्दछ । अन्यथा नौ सय गैरआवासीय नेपालीलाई बोलाएर लगानीको गफ गर्नु, नेपालीहरु नेपालमा पनि गफ गर्न जानेकै हुन, विदेशमा गएर पनि त्यो वानी परिवर्तन भएन भन्नु बाहेक अर्को केही हुनेछैन । यसले न त एनआरएनलाई हित गर्छ, नत नेपालमा लगानी गर्न चाहनेलाई भलो गर्छ, नत नेपालले नै केही पाउँछ ।
जे होस्, पाँच तारे होटलमा तीन दिनसम्म बिहान हाई-टी, दिउँसो लन्च र बेलुका ककटेल डिनर खाएपछि गैरआवासिय नेपालीहरुको पाँचौं विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । गैरआवासिय नेपालीले तय गरेको नारा, ‘हाम्रो सञ्जाल-हाम्रो पहिचान : समृद्ध नेपाल’ नारामा मात्र नरहोस्, त्यो एउटा भावना बनोस्, त्यो एउटा हकिकत बनोस् । हामीले मात्र शुभकामना दिन सक्छौं, काम गर्ने जीवा लामिछाने र उनको टिमले हो, साथ दिने गैरआवासिय नेपालीले हो ।
अनलाईनखबरबाट

4 comments:
yo NRN vaneko sabai natak matrai ho. Paisa dine vaye tesai di halthe ni.
upendra mahato is a great man.
एनआरएन नेपाली नै होइनन् । लगानी गर्ने भए गरुन् न । के को नाटक बेकारमा ।
NRN can change our nation. So government should do their favor.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।