जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नयाँ बर्षमा मुर्गा हुनुहोला है ! नमुना हेर्नुहोस्

इन्टरनेटमा सामाजिक साईटहरु वरदान भएका छन् । खासगरी फेसबुक, ट्विटर, युट्युब जस्ता साईटहरुले इन्टरनेट जुनसुकै वर्गका इन्टरनेट प्रयोगकर्ताहरुलाई आफ्नै तरिकाले प्रयोग गर्ने छुट दिएको छ । हिजोआज यी साईटहरु सबैथोक भेला हुने र सबै कुरा देखाउँन सकिने ठुला प्रदर्शनीस्थल भएका छन् । अब प्रदर्शनीस्थल नै भईसके पछि त सबै किसिमका मानिसहरु जम्मा हुने नै भए, चोर, फटाहा, ढाँट, मुर्ख सबै । यस्ता बहुरुपीहरुले हामीलाई थाहै नपाई मुर्गा बनाउँछन् । अझ चाडपर्व र उत्सवको समयमा त यो चर्को हुन्छ । आउँदै गरेको अंग्रेजी नयाँबर्षको अवसर भन्दै फेसबुकहरुमा सुरु भईसकेको छ मुर्गा बनाउँने खेलहरु । एउटा उदाहरण हेर्नुहोस्



मेरो फेसबुकमा एउटा लिंक आयो अंग्रेजीमा लेखिएको थियो कि यो लिंकमा क्लिक गर्नुहोस् र पाउँनुहोस् ५०० बराबरको मोबाईलको रिचार्ज कार्ड । मैले थाहा पाएसम्म यस्तो कही पनि छैन, उपहारहरु हुनसक्छ । तर एउटै लिंक क्लिक गरेको भरमा ५०० को रिचार्ज कार्ड, अँह कुनै पनि हालतमा सम्भव छैन । यो मुर्गा बनाउँने काईदा हो, प्रस्ट थियो । कसरी बनाउँदा रहेछन् भनेर क्लिक गरे । लिंकले लग्यो एउटा ब्लगमा ।

ब्लग भरी नानाथरीका लिंकहरु थिए, जसमा फेसबुकका पेजहरु थिए । आग्रह भनौं या के, लेखिएको थियो सबै पेजहरुलाई लाईक गर्नुहोला अनि पाउँनुहुन्छ ५०० को रिचार्ज ।

अझ त्यती मात्र होइन, सबै पेजका लिंकहरु आफ्नो फेसबुक प्रोफाईलमा पनि अपडेट गर्नु पर्ने रे ।

अपडेट गर्दा पनि बेग्ला बेग्लै पेजमा रे ।

अनि यो गरि नसक्नुको काम गर्न तपाईलाई घण्टौ लाग्छ । लौ गर्नु पनि भो रे, त्यहाँ एउटा फोटो छ, जसमा लोडिङ लेखेको छ र त्यो घुमिरहन्छ (सबैभन्दा माथिको फोटो हेर्नुहोस् ) । सो फोटोको तल लेखिएको छ, 'तपाईले अझै गरिसक्नु भएको छैन ।' तपाईलाई त्यती बेला लाग्ला, ओहो मुर्ख भईसकिएछ ।

यो एउटा उदाहरण मात्र हो । यस्ता धेरै लिंकहरु आउँलान् । जोगिनु होला । बेकारमा समयको बर्बाद किन गर्नु ? होस गर्नु कुनै लिंकहरुमा यस्ता एप्लिकेसन हुन्छन् जुन तपाईले क्लिक गर्नु भएमा तपाईको प्रोफाईलमा पुग्छ र तपाईको बेइज्जत हुन सक्छ ।

तर सबै लिंकहरु यस्ता मुर्गा बनाउँने खालका पनि हुँदैनन् नि ।


3 comments:

Mahesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दुर्घटना बाट-पहिले-आफु बचौ__
__अनि-अरुलाई पनि-बचाऊँ__

___इन्टरनेटमा हिजो आज नक्कली फेसबुक आइडीको बिगबिगी छ |शुरुमा मायालु सब्दहरुले मेसेज गरेर फकाई-फकाई साथी बन्छन् |तेस्पछि त्यो व्यक्तिको प्रोफाइ (ढुकुटी) बाट केहि फोटो चोर्छन् |अनि तेही मान्छेको नाममा उसैको फोटो राखेर नक्कली आइडीबाट उसैलाई एड पठाउछन् | फेसबुकमा नचिनेको मान्छे लाई साथी बनाउनु भनेको आफुले आफैलाई दुर्घटना गराउनु सरह हो |त्यो अपरिचित मान्छेले तपाईलाई कुनै पनि बेला >कुनै पनि अवस्थामा >बिभिन्न कोण बाट तपाईको जिबन लाई हानि नोक्सान पुर्याउन सक्छ |तर यसो भनेर पनि त हुदैन नी |कुनै परिस्थितिमा त्यो नचिनेको मान्छे लाई साथी बनाऊनु पर्ने बाध्यता पनि पर्न सक्छ |त्यो अपरिचित लाई साथी बनाउनु अघि निम्न कुरा अनिवार्य रुपमा पालना गर्नु होस् |

(१).त्यो अपरिचित मान्छे र तपाइको साझा साथी (mutul friend) को-को छन् चेक गर्नु होस् |
(२).त्यो नचिनेको मान्छेको-प्रोफाइल >वाल >अनि फोटोहरु चेक गर्नुहोस |धेरैजसो ले साथी नबनाई हेर्न नमिल्ने बनाएको हुन्छ |तर कसै-कसैले सबैले हेर्न सक्ने बनाएको पनि हुन्छ |
(३).अब आफु सँग भएको र त्यो मान्छे सँग भएको साँझा साथी (mutul friend) मध्ये कसैलाई फोन गरेर अथवा मेसेज गरेर त्यो नचिनेको मान्छेको बारेमा बुज्ने कोसिस गर्नुहोस |
(४).र अन्तमा सबै कुरामा सन्तुस्ट हुनु भयो भने मात्र त्यो अपरिचित मान्छे लाई साथीको रुमा स्वागत गरि आफ्नो फेसबुकमा स्थान दिनुहोस |This is copied hai.

sagar thapa magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

bikas sangai binas bhannu sayad yehi hola facebook ko marfat duniya njikiyeko ta chha tra kasai kasile yesko galat use gari rakheka chhan sachet garayekoma pani photo .comlai alot of thans.

bikash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

be careful

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।